jhapaonline add

बिर्तामोड, १४ साउन । झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था लि.ले १४औं वार्षिकोत्सव विविध कार्यक्रमका साथ मनाएको छ । वार्षिकोत्सवका अवसरमा संस्थाले १० वर्षभन्दा बढी काम गर्ने कर्मचारीलाई दीर्घसेवा सम्मान, उत्कृष्ट सेवा केन्द्र, उत्कृष्ट कर्मचारी, उत्कृष्ट विद्यार्थीलाई सम्मान, नयाँ बचत योजना सार्वजनिक, १४ औं वार्षिकोत्सवको लोगो सार्वजनिक लगायतका कार्यक्रम गरी वार्षिकोत्सव मनाएको हो । उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष राजेन्द्र गौतमको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । आठ जनालाई दीर्घसेवा सम्मानसंस्थाले १४औं वार्षिक उत्सवको अवसरमा ८ जना कर्मचारीलाई दीर्घ सेवा सम्मान प्रदान गरेको छ । संस्थाले मुख्य कार्यालयका गोपाल मिश्र र भक्तिराम गौतम, लक्ष्मीपुर…

Read More

बिर्तामोड, १४ साउन । बिर्तामोड नगरपालिकाले सडक क्षेत्राधिकारभित्र रहेका अस्थायी तथा स्थायी संरचना हटाउने कार्य हाललाई स्थगित गरेको छ । नगरपालिकाले बिहीबार सार्वजनिक सूचना जारी गर्दै सर्वोच्च अदालतमा विचाराधीन रहेको मुद्दाको अन्तिम फैसला नआउँदासम्म यसअघि प्रकाशित सूचना बमोजिम संरचना हटाउने तथा भत्काउने कार्य रोकिएको जनाएको हो । नगरपालिकाका अनुसार २०८३ असार २७ गते सडक क्षेत्राधिकारभित्र रहेका संरचना हटाउने सम्बन्धी सूचना प्रकाशित गरिएको थियो । उक्त सूचनाविरुद्ध वडा नं. ५ का पवन अग्रवाल खेतिया, भवानीप्रसाद खेतेल, राधादेवी निरौला, लक्ष्मी उदास, दशरथ पराजुली, पुनमकुमारी साह, छविलाल अग्रवाल, बजरङ अग्रवाल, भीमकुमारी सिटौला तथा चन्द्रप्रसाद बजगाईंले संयुक्त रूपमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए…

Read More

फलको राजा भनेर चिनिने आँप गर्मी मौसममा पाइने फलफूल मध्ये एक हो । आँपमा प्रशस्त मात्रामा भिटामिन ए, भिटामिन सी का साथै कपर, जिंक, पोटाशियम, मिनरल्स पाइन्छ । यसको नियमित सेवन गर्नाले शरीरलाई निकै फाइदाजनक हुन्छ । आँपका फाइदाहरु १. आँपमा फाइबरका साथै भिटामिन सी पाइने हुनाले शरीरमा कोलेस्ट्रेरोलको लेवल कम गर्न मद्दत गर्छ । साथै मुटु सम्बन्धी समस्याबाट मुक्ति मिल्छ । २. आँपमा पाइने भिटामिन ए ले आँखा तेजिलो हुनुका साथै आँखा सम्बन्धी समस्याबाट छुटकारा पाउन सकिन्छ । ३. आँपको नियमित सेवनले पेटमा हुने कब्जियत, एसिडिटी तथा ग्याँस्ट्राइटिसको समस्याबाट मुक्ति मिल्छ । ४. आँपको सेवनले शरीरमा शक्ति प्रदान गर्नुका…

Read More

मुम्बई, १४ साउन । प्रतीक्षित बलिउड फिल्म ‘रामायण’ को ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण युनिटले हिन्दी, तमिल, तेलुगु, कन्नड र मलयालमलगायत विभिन्न भाषामा एकसाथ ट्रेलर रिलिज गरेको हो । नितेश तिवारी निर्देशित फिल्मको यो पहिलो भागको ट्रेलर हो । जसमा भगवान् राम र रावण दुवै पात्रलाई समान प्राथमिकता दिइएको छ । फिल्ममा रणवीर कपूर भगवान् रामको भूमिका छन् भने दक्षिण भारतीय सुपरस्टार यश रावणको भूमिकामा र साई पल्लवी माता सीताको भूमिकामा छन् । फिल्ममा सनी देओल हनुमान, रवि दुबे लक्ष्मणको भूमिकामा देखिनेछन् । अरुण गोविल, लारा दत्ता, रकुल प्रीत सिंह, विवेक ओबेरोय र कुणाल कपूरलगायतको समेत फिल्ममा अभिनय छ…

Read More

झापा, १४ साउन । झापाको भद्रपुर नगरपालिका–४, मायालु वन क्षेत्रमा हात्तीबाट बाली जोगाउन लगाइएको विद्युतीय तारबार फेरि एक जनाको ज्यान लिने मुख्य कारण बनेको छ । हात्तीको त्रासबाट खेतबारी जोगाउने उद्देश्यले लगाइएका अवैध विद्युतीय तारहरू अहिले मानिसकै लागि घातक बन्दै गएका छन् । बुधबार बिहान करिब ९ बजे भद्रपुर–४ मायालु वन क्षेत्रमा ६५ वर्षीया ज्योती लिम्बू आफ्नै बारीमा हात्ती धपाउन जडान गरिएको नाङ्गो विद्युतीय तारमा छोएपछि करेन्ट लागेर ढल्नु भएको थियो। केही समयपछि बुहारी सविता खड्काले उनलाई लडिरहेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता रन्जन अवाका अनुसार घटनाको विषयमा आवश्यक अनुसन्धान सुरु गरिएको…

Read More

झापा, १४ साउन । स्थानीय बजारमा आज सुनको मूल्य केही बढेको छ भने चाँदीको भाउ घटेको छ । हिजो बुधबारको तुलनामा सुन तोलामा रु ८०० ले बढेको छ भने चाँदी रु १० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ८४ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ३१० कायम भएको छ । हिजो छापावाल सुन प्रतितोला रु दुई लाख ८३ हजार दुई सय र त्यति नै परिमाणको चाँदी रु चार हजार ३२० कायम भएको थियो । गत मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ८४ हजार २००…

Read More

मोरङ र झापाबाट ब्राउन सुगर, गाँजा र भरुवा बन्दुकसहित ६ जना पक्राउ झापा, १४ साउन । मोरङ र झापाका विभिन्न स्थानबाट प्रहरीले लागूऔषध, गाँजा र अवैध भरुवा बन्दुकसहित ६ जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार मोरङको रतुवामाई नगरपालिका–२ हरुचोकबाट इलाका प्रहरी कार्यालय डोरियाको टोलीले रतुवामाई–८ निवासी २३ वर्षीय समिर कट्वाल र २३ वर्षीय समिर भुजेललाई ६५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो। यस्तै विराटनगर महानगरपालिका–४ स्थित विराटनगर विमानस्थलमा कार्गो सामानको जाँचका क्रममा Expoxpress कुरियर मार्फत विराटनगरका राघव झाले काठमाडौंको तारकेश्वर–मनमैजु निवासी अशोक विश्वकर्माका नाममा पठाएको जुत्ताभित्र लुकाइएको १८ ग्राम ४८० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ। सोही…

Read More

विराटनगर, १४ साउन । मोरङको विराटनगर विमानस्थलबाट ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–५ निवासी २४ वर्षीय सुशान्त खड्का रहेका छन्। प्रहरीका अनुसार साउन १३ गते बेलुका करिब ७ बजे विमानस्थल सुरक्षार्थ खटिएको टोलीले प्रस्थान केन्द्रको एक्स–रे (X-Ray) मेसिन मार्फत कार्गो सामान जाँच गर्ने क्रममा शंकास्पद वस्तु फेला पारेको थियो। एक्स्पो एक्सप्रेस (Expo Xpress) कुरियर मार्फत विराटनगर–९ महेन्द्रचोकका राघव झाको नामबाट काठमाडौं पठाउन लागिएको स्पोर्ट्स जुत्ताभित्रको सोलमा प्लास्टिकमा पोको पारेर लुकाइएको अवस्थामा १८ ग्राम ४८ मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ। लागूऔषध बरामद भएसँगै ओसारपसारमा संलग्न रहेको आरोपमा कुरियरकर्ता सुशान्त खड्कालाई विमानस्थलबाटै पक्राउ गरिएको…

Read More

झापा, १४ साउन । नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल संरचनालाई समयानुकूल बनाउन पुनरावलोकन प्रक्रिया अघि बढाएको छ। बुधबार बसेको सञ्चालक समिति बैठकले १५ दिनभित्र नयाँ महसुल प्रस्ताव तयार गर्ने जिम्मेवारीसहित समिति गठन गरेको हो। सञ्चालक समिति सदस्य अंशुकिरण शाहीको संयोजकत्वमा गठित समितिले हालको महसुल संरचनाको समीक्षा गर्दै गार्हस्थ्य उपभोक्तालाई थप सहुलियत र उत्पादनमूलक उद्योगलाई सहज दरमा विद्युत् उपलब्ध गराउने विषयमा सुझाव दिनेछ। समितिको प्रतिवेदनका आधारमा नयाँ महसुल निर्धारणका लागि विद्युत् नियमन आयोगसमक्ष प्रस्ताव पठाइने प्राधिकरणले जनाएको छ। यस्तै, बैठकले विगतका खरिद प्रक्रिया, सञ्चालनमा रहेका परियोजना तथा उजुरीहरूको अध्ययन गर्न सञ्चालक समिति सदस्य शम्भु केसीको संयोजकत्वमा अर्को छानबिन समिति पनि गठन…

Read More

झापा, १४ साउन । झापाको बिर्तामोड नगरपालिका–५ पुरानो भद्रपुर रोडमा आज बिहान भएको आगलागीमा तीनवटा घर पूर्ण रूपमा जलेर नष्ट भएका छन् भने अन्य तीन घरमा आंशिक क्षति पुगेको छ। इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार बिहान करिब ४ः१५ बजे गणेश पोखरेलको काठको दुईतले घरबाट आगलागी सुरु भएको जानकारी प्राप्त भएपछि प्रहरी निरीक्षक लोकबहादुर दियालीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । शनिश्चरे बेस क्याम्पबाट समेत सशस्त्र प्रहरीको टोली परिचालन गरिएको थियो । बिर्तामोड, भद्रपुर र मेचीनगर नगरपालिकाका दमकल तथा स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । बिहान ५ः४० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो । प्रारम्भिक अनुसन्धानका…

Read More