
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
मेष : स्वास्थ्यमा खर्च बढ्ने योग छ। धेरै प्रयत्न गर्दा मात्र व्यावसायिक काम सम्पादन हुनेछ। विगतका समस्या बल्झिन सक्छन् तर साँझमा सल्टिन सक्छ। भ्रमणको योजना पनि बन्नेछ। वृष : आयव्यय बराबरी रहनेछ। बलले भन्दा बुद्धिले निर्णय लिनु उचित हुन्छ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। बेलुकीपख पारिवारिक जमघटमा मन रमाउनेछ। कामबाट फुर्सद मिल्नेछ। मिथुन : अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ। परीक्षामा उत्तीर्ण हुन सकिनेछ। प्रेमीको साथ र सहयोग मिल्नेछ। पुँजी बजारले साथ दिनेछ। लामो यात्रा सुखद र सफल रहनेछ। खानपिनमा सावधानी अपनाउनु होला। कर्कट : सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुनेछ। बन्धुबान्धवबाट सहयोग मिल्नेछ। दिनको…
झापा, २२ पुस । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले तोकेको विनिमयदर अनुसार, अमेरिकी डलरलगायत केही विदेशी मुद्राको मूल्य आज स्थिर रहेको छ । युरोपियन युरो, युके पाउन्ड स्टर्लिङ, स्वीस फ्र्याङ्क, डेनिस क्रोनर, ओमनी रियालको भाउ बढेको छ । त्यसैगरी क्यानेडियन डलर, सिङ्गापुर डलर, थाई भाट, बहराइन दिनारको भाउ भने घटेको छ । अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ९४ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ५४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ १७ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ…
झापा, २२ पुस । हाल देशमा पश्चिमी वायुसँगै पश्चिमी न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ। आज बिहान सुदूरपश्चिम प्रदेशको मौसम आंशिक बदली छ। बाँकी प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली छ। तराईका केही स्थानमा अहिले हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ, ‘सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानहमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा…
झापा, २१ पुस । नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले वर्तमान व्यवस्थाभित्रै रहेर संविधान संशोधन गरिने बताउनु भएको छ । एक सय दिने विशेष सांगठनिक अभियान अन्तरगत झापाको मेचीनगरमा आज कांग्रेस झापा क्षेत्र नं. १ को क्षेत्रीय भेलालाई सम्बोधन गर्नुहुँदै उहाँले संविधानमा संशोधन गर्नुपर्ने विषयलाई समेटेर संशोधन गरिने बताउनुभयो । झापा क्षेत्र नं. १ का सांसद समेत रहनुभएकाले महामन्त्री शर्माले पार्टी संगठनको नेतृत्व प्राप्त गर्ने व्यक्ति र जनप्रतिनिधिले प्राप्त मतको सम्मान हुने गरी काम गर्न सुझाव दिनुभयो । “पाएको मतको सम्मान हुने गरी काम गरौं”, उहाँले भन्नुभयो, “पार्टी संगठनभित्र जिम्मेवारी प्राप्त गर्नेले संगठन बलियो बनाउनुहोस्, जनप्रतिनिधि बनेकाले जनताको भावना अनुसारको गर्नुहोस्…
झापा, २१ पुस । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारको नीतिका कारण निर्माण व्यवसाय क्षेत्र संकटमा पर्दै गएको बताएका छन् । आज निर्माण व्यवसायी संघ झापाको बिर्तामोडमा सम्पन्न १६ औं साधारणसभा एवम् अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष सिंहले व्यवसायीले निर्माण कार्य गरेवापत विगतका आर्थिक वर्षमै भुक्तानी हुनुपर्ने ठूलो रकम अझै नपाउँदा निर्माण उद्योगमा विकराल अवस्था सिर्जना भएको बताए । त्यस्तै, महासंघका सल्लाहकार निकोलस पाण्डे, वरिष्ठ उपाध्यक्ष एडी लामा, उपाध्यक्ष मोहनप्रसाद अधिकारी, एशोसिएट उपाध्यक्ष रामजी पन्त, महासचिव रोशन दाहाल, निर्माण व्यवसायी महासंघ कोशी प्रदेश अध्यक्ष जनसेवक भण्डारी, निर्माण व्यवसायी संघ झापाका निवर्तमान अध्यक्ष गणेश बस्नेत, संघका मोरङ अध्यक्ष…
झापा, २१ पुस । झापाको बाह्रदशी गाउँपालिका–१ स्थित ब्रोक्राझाडीमो रहेको अमृत माध्यमिक विद्यालयका करिब पाँच सय विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । सहारा नेपालको व्यवस्थापन, लीलामाया खड्का आदर्श फाण्डेशन, झापा एफसी र फ्रेन्सको सहयोग तथा अमृत माविको आयोजनामा आज यहाँका ४ सय ९६ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो । विपन्न, सिमान्तकृत र मदेशी समुदायका बालबालिका अध्ययनरत उक्त विद्यालयमा सहारा नेपालसहित सहयोगी दाता परिवारको उपस्थितिमा बाल शिक्षादेखि कक्षा–१० सम्मका ती विद्यार्थीलाई न्यानो कपडा (स्वीटर) वितरण गरिएको छ । झापा एफसीका संस्थापक अध्यक्ष अर्पणविक्रम खड्काले उपलब्ध गराउनुभएको न्यानो कपडा वितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भूमीराज थापाको अध्यक्षता रहेको…
विराटनगर, २१ पुस । उपनिर्वाचनको परिणामपछि उत्साहित भएर भुइँमा खुट्टा छोड्न खोजिएको भन्दै कोशी प्रदेश माओवादीले केन्द्रीय समितिको बैठक ध्यानाकर्षण गराएको छ । काठमाडौंमा आइतबारदेखि सुरु भएको नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठकमा प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्साले रिपोर्टिङ गर्दै उपनिर्वाचनको परिणामले पूर्ण सन्तुष्ट र धेरै उत्साहित हुने अवस्था नरहेको बताएका हुन् । ‘केही जिल्लाहरुमा नेतृत्व केन्द्रीकरण र एकरुपतामा समस्या रहेको छ । उप निर्वाचनमा नेतृत्वबीचमा एकता र केन्द्रीकरण भएको जिल्लामा विजय हासिल भएको छ भने नेतृत्वबीचमा एकता र केन्द्रीकरण नभएको जिल्लामा परिणाम हात पार्न सकिएन,’ रिपोर्टिङ गर्दै उनले भने, ‘त्यसकारण उपनिर्वाचनको परिणामले पूर्ण सन्तुष्ट हुने र धेरै उत्साहित हुने…
बिर्तामोड, २१ पुस । वीरता लेडी जेसीजले आज पत्रकार सन्तोष शर्मासहित विभिन्न विधामा वर्ष उत्कृष्ट व्यक्तिहरुलाई सम्मान गरेको छ । लेडी जेसीजले आज २० औं पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रमको अवसरमा उनीहरुलाई सम्मान गरेको हो । कार्यक्रममा पत्रकारिताको माध्यमबाट योगदान गरेको भन्दै पत्रकारिता अवार्डबाट पत्रकार सन्तोष शर्मा, उत्कृष्ट जेसी अवार्ड कविता ओलीलाई र मानार्थ सदस्यको अवार्ड सुमित्रा भट्टराई, रीमा भट्टराई, मिना घिमिरेलाई र यज्ञ–तीर्थ स्मृति उत्कृष्ट सम्मानबाट शिक्षासेवी निरा प्रधानलाई सम्मान गरेको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल जेसीजका निरूपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष गणेश सापकोटा, सन् २०२४ की अध्यक्ष मेनुका ओली, संस्थापक अध्यक्ष शारदा रिजाल लगायतले सम्मान पत्र हस्तान्तरण गर्नुभएको…
झापा, २१ पुस । झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा मोरङ जिल्लाको कानेपोखरीमा आजबाट पाँच दिने आधारभूत श्रृंगार तालिम सुरु भएको छ । संस्थाको शिक्षा उपसमितिको आयोजनामा मोरङ जिल्ला अन्तर्गतका सेवाकेन्द्रहरुका शेयर सदस्यलाई लक्षित गरेर तालिम आयोजना गरिएको संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले जानकारी दिए । संस्थामा आबद्ध महिला शेयर सदस्यलाई आत्मनिर्भर बनाउंदै उद्यममा जोड्न यस्ता किसिमका तालिम संस्थाले आयोजना गर्दै आइरहेको कार्यकारी प्रमुख बस्नेतको भनाई छ । उनले पुंजी अभावकै कारण हातमा सिप भएर पनि व्यवसाय सञ्चालनमा समस्या भोग्दै आएका शेयर सदस्यलाई संस्थाले लगानी गर्ने बताए । तसर्थ पनि तालिम सहि तबरले…
कचनकवल, २१ पुस । सशस्त्र प्रहरी बल नेपालले सीमावर्ती क्षेत्रको सुरक्षा मात्र नभई स्थानीय समुदायको सेवा र सहकार्यलाई प्राथमिकतामा राख्दै सीमावासी जनताको जीवन सहज बनाउन विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। यही क्रममा आज झापाको कचनकवल गाउँपालिका–४ मा सीमावर्ती जनताका लागि निर्माण गरिएको खानेपानी प्रयोजनको ट्युबवेलको उद्घाटन गरिएको छ। कार्यक्रममा कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशीले सशस्त्र प्रहरी बलको यो प्रयासले सीमावासी जनताको जीवनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे। साथै, उनले सशस्त्र प्रहरीको विकासमूलक कार्यक्रमहरूले सुरक्षा र समृद्धिको साझेदारी सम्बन्ध निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेलिरहेको बताए। कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपालका झापास्थित नं. २ गण हेडक्वाटर गणपति…