jhapaonline add

भद्रपुर, २१ पुस । प्रतिकुल मौसममा आएको सुधारका कारण झापामा धान उत्पादनमा बृद्धि भएको छ । २०८१ सालमा धान उत्पादनमा वृद्धि भए पनि उत्पादकत्वमा भने कमी भने कमी आएको छ । बाली लगाएको क्षेत्रफलको आधारमा धान उत्पादनमा बृद्धि भएको पाइए पनि उत्पादकत्वमा भने राह्र आएको हो । विगत बर्षमा झापामा ८० हजारको हाराहारीमा लगाईएको धान खेति यस बर्ष भने ७५ हजार चारसय ५९ क्षेत्रफलमा मात्र लगाईएको हो । यस वर्ष झापामा तीनलाख ८२ हजार आठसय १२ टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिनुभयो । मौसमी दृष्टिकोणले उपयोगी भएका कारण प्रतिहेक्टर ५।०७ टनका दरले धान…

Read More

काठमाडौँ, २१ पुस । त्रिभुवन विश्वविद्यालयले अंग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउन थालेको छ। विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको परीक्षामा दुवै भाषामा प्रश्नपत्र बनाउन थालेको हो। अंग्रेजी भाषामा मात्रै प्रश्नपत्र बनाउँदा विद्यार्थीहरूलाई प्रश्न बुझ्न गाह्रो भएको जनाउँदै त्रिविले दुवै भाषामा प्रश्नपत्र बनाउने निर्णय गरेको थियो। सोही आधारमा पहिलो पटक दुवै भाषामा प्रश्नपत्र सोध्न थालेको हो। अहिले सञ्चालनमा रहेको स्नातक तह प्रथम वर्षको परीक्षामा दुवै भाषाबाट प्रश्नपत्र बनाएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

Read More

उपत्यका सहित देशका सबै भागमा चिसो बढेको छ । यो मौसममा केटाकेटी र बुढाबुढीको स्वास्थ्यमा विशेष ख्याल राख्नु पर्छ । केटाकेटी र बुढाबुढीले मात्रै होइन दम तथा मुटुरोगबाट ग्रसित विरामीले पनि यो मौसममा विशेष सावधानी अपनाउनुपर्छ । चिसो सुरू भएसंगै अस्पतालहरूमा मुटुजन्य समस्या लिएर आउनेको संख्या बढदै गएको छ । हार्टएट्याक , हार्टफेल, व्लडप्रेसर तथा स्ट्रोकका विरामीहरूको संख्यामा निकै बृद्धि भएको अस्पतालको तथ्याङ्कले प्रष्ट पार्छ । कसरी गर्छ असर ? बरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मी भन्छन्, चिसोले सबैभन्दा पहिले हाम्रो शरीरको बाहिरी भाग छालालाई असर गर्छ । त्यसपछि छालाबाट भित्र घुस्ने चिसोले छालासंगै टासिएको रक्तनलिलाई असर पार्छ । चिसो…

Read More

काठमाडौँ,२१ पुस । साताको कारोबारको पहिलो दिन सेयर बजार परिसूचक (नेप्से) सामान्य अंकले बढेको छ । समग्र बजार ५.३२ अंकले बढ्दा परिसूचक २५९१.५६ बिन्दुमा पुगेको छ । आज कुल १४१ कम्पनीको मूल्य बढेको छ । ९४ कम्पनीको घट्दा ८ कम्पनीको मूल्य स्थिर रह्यो । बजार सामान्य अंकले बढे पनि उपकार लघुवित्त, दोर्दीखोला जलविद्युत् र ग्रिन भेन्चर्स लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । डोल्टी र ग्रिन डेभलपमेन्ट बैंकको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । आज जलविद्युत् र व्यापारतर्फका कम्पनीको लगानी बढ्यो । यी दुई उपसमूहको सूचक क्रमशः १.६७ र १.१४ प्रतिशतले बढेको छ । कारोबार रकमका हिसाबले…

Read More

नयाँ दिल्ली, २१ पुस । भारतको गुजरातमा तटरक्षक बलको हेलिकप्टर दुर्घटना भएको छ । राज्यको पोरबंदर विमानस्थलमा सो हेलिकप्टर दुर्घटना भएको भन्दै स्थानीय सञ्चार माध्यमहरूले समाचार छापेका छन् । दुर्घटनामा तीन जनाको मृत्यु भएको तथा अरू कयौँ मानिस घाइते भएको बताइएको छ । हेलिकप्टर एएलएच ध्रुव नियमित उडानको क्रममा दुर्घटनामा परेको बताइएको छ। उद्धार कार्य जारी रहेको छ । दुर्घटनासम्बन्धी थप जानकारी आउन बाँकी छ ।एजेन्सी

Read More

मोरङ, २१ पुस । मोरङका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उर्लाबारी नगरपालिका–५ स्थित सडकमा प्रदेश १–०२–०४५ प २४६० स्कुटर अनियन्त्रित भई शुक्रबार साँझ दुर्घटना हुँदा स्कुटर चालक उर्लाबारी नगरपालिका–५ झुम्राहा बस्ने ४५ वर्षीय नरेन्द्र गुरूङ, रंगेली नगरपालिका–३ रंजनीस्थित सडकमा को. २ त ५५९६ नम्बरको ट्याक्टर अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा सहचालक सोही नगरपालिका–३ दक्षिण टोल बस्ने १८ वर्षीय सुरज पासवान र विराटनगर महानगरपालिका–१४ स्थित सडकमा जेएच १५ जे ७१०३ नम्बरको ट्रक र प्र १–०२–०४१ प १३२१ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शुक्रबार साँझ दुर्घटना हुँदा सोही महानगरपालिका–१५ मिल्स एरियाका बैजनाथ…

Read More

भद्रपुर, २१ पुस । नेकपा एमाले भद्रपुर वडा नम्बर ८ को दोस्रो वडा अधिवेशनले टंकनाथ पाण्डेको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटी गठन भएको छ । शनिबार द्रोणाचार्य स्मृति भवनमा भएको नेकपा एमाले भद्रपुर वडा नम्बर ८ को दोस्रो अधिवेशनको बन्द सत्रले पाण्डेको अध्यक्षतामा वडा कमिटी गठन गरेको हो । सो वडा कमिटीको उपाध्यक्षमा ख्याम न्यौपाने सचिव हिमाल खरेल, उपसचिवमा मुना निरौला खरेल र कृष्ण बहादुर कटुवाल सर्वसम्मत निर्वाचित हुनु भएको निर्वाचन कमिटीका संयोजक ब्रम्हलाल ढुङ्गानाले जानकारी दिनुभयो । अध्यक्ष मण्डलका अध्यक्ष माधव विद्रोहीको अध्यक्षतामा सम्पन्न बन्द सत्रले वडा कमिटीको सदस्यहरुमा निर्मल उप्रेती, रम्भा राजवंशी, खेचो राजवंशी, तुलाराम राजवंशी, मानबहादुर कार्की,…

Read More

चन्द्र बस्नेतकनकाई, २० पुस । झापाको कनकाई नगरपालिका–३ सुरुङ्गाको भीमसेन बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा तेजबहादुर श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । संस्थाको आज सुरुङ्गामा भएको १५ औं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा सर्वसम्मत चयन भएको हो । संस्थाको नयाँ सञ्चालक समितिको उपाध्यक्षमा दिव्यराज ढकाल, सचिवमा रुद्रबहादुर श्रेष्ठ, सह–सचिवमा अनिता श्रेष्ठ र सदस्यमा निता श्रेष्ठ, मैयाकुमारी चौहान, तीर्थराज खरेल, भोजकुमार श्रेष्ठ र तीर्थबहादुर श्रेष्ठ सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक खेमराज भट्टराईले जानकारी दिनुभयो । यसैगरी लेखा समितिको संयोजकमा कमलप्रसाद भट्टराई, सदस्यमा कुमार पाठक र उर्मिला खड्का सर्वसम्मत चयन भएका छन् । निर्वाचन समितिमा संयोजक खेमराज…

Read More

बिर्तामोड, २० पुस । अपाङ्गता भएका व्यक्तिहरुको लागि बिर्तामोड नगरपालिकामा आयोजित स्वास्थ्य शिविरमा २ सय १६ जनालाई नयाँ कार्ड वितरण गरिएको छ । गत पुस ५ देखि १४ गतेसम्म नगरका सबै वडामा आयोजित शिविरमा रातो, निलो, पहेँलो र सेतो गरी चार प्रकारका कार्ड वितरण गरीएको हो । रातो २५ जना, निलो ९२ जना, पहेँलो ६७ जना र सेतो २८ जनालाई कार्ड वितरण गरीएको हो । थप ४ जना प्रक्रियामा रहेको नगरपालिकाले जनाएको छ । अपाङ्गता परिचयपत्र गम्भीरताका आधारमा ४ भागमा वर्गीकृत हुने गरेको छ । क वर्गमा पर्ने अपाङ्गता भएका व्यक्तिका लागि रातो, ख वर्गमा पर्नेको लागि निलो, ग वर्गमा…

Read More

कचनकवल, २० पुस । साथी ‘सुखमा पनि, दुःखमा पनि’ संस्थाले झापाको कचनकवल गाउँपालिकाका दुई अपाङ्ग व्यक्तिलाई ह्विलचेयर वितरण गरेको छ। संस्थाले कचनकवल १ का पूर्ण अशक्त इमानसिंह लिम्बू र कचनकवल–२ का तुलसी गुरुङलाई ह्विलचेयर प्रदान गरेको हो। वितरण कार्य राष्ट्रिय युवा संघ कचनकवलका अध्यक्ष नवराज ढुंगानाको विशेष पहलमा सम्पन्न भएको हो। कार्यक्रममा कचनकवल अपाङ्ग संस्थाका सचिव जितबहादुर गुरुङलगायतको उपस्थितिमा ह्विलचेयर हस्तान्तरण गरिएको थियो। ‘सुखमा पनि, दुःखमा पनि’ संस्था भद्रपुर उच्च माविको २०५४/५५ सालको एसएलसी ब्याचका पूर्व विद्यार्थीहरूद्वारा स्थापित सामाजिक संस्था हो। यो समूहले विभिन्न सामाजिक काम गर्दै आएको छ। संस्थाका अध्यक्ष विश्वराज थापाले आफ्नो प्रयास अपाङ्गता भएका व्यक्तिहरूको जीवन सहज…

Read More