jhapaonline add

झापा, ३० साउन । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी मौरिसस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । काठमाडौँ महानगरपालिका–३ बस्ने ताप्लेजुङ सिरीजङ्घा गाउँपालिका–७ घर भएका ३० वर्षीय सुमन भट्टराईलाई प्रहरीले बुधबार पक्राउ गरी आज सार्वजनिक गरेको छ । सुमनले मौरिसस पठाइदिन्छु भन्दै दुई जना पीडितबाट एक लाख ९० हजार लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले निजलाई काठमाडौँ महानगरपालिका–२६ बाट पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । निजलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले…

Read More

झापा, ३० साउन । मिथिलाञ्चलका नवविवाहिता मिथिलानीले दाम्पत्य जीवनमा प्रेम, सुख र सौभाग्यको कामना गर्दै मनाउँदै आएको मधुश्रावणी पर्व आज समापन गर्दैछन्। साउन कृष्ण पञ्चमीका दिन सुरु भएको पर्व साउन शुक्ल तृतीयाका दिन समापन गर्ने मैथिल परम्परा छ। पर्वमा भगवान् शिव, देवी गौरी ९पार्वती० र विषहराको पूजा आराधना गरिन्छ। पर्व अवधिमा नवविवाहिताहरू सामूहिक रूपमा भेला भई गीत गाउने, हासपरिहास गर्ने तथा ‘फूललोढी’ विधिबाट फूल तथा बेलपत्र संकलन गरी पूजाआजा गर्ने गर्छन्। पर्वको १२औँ दिन राति ‘टेमी’ विधिअन्तर्गत घुँडामा बत्तीको लप्काले डाम्ने परम्परा रहे पनि पछिल्ला वर्षमा नयाँ पुस्ताले यसको सट्टा चन्दनको लेप लगाउने चलन बढेको छ। मधुश्रावणी पर्वले नवविवाहिताको दाम्पत्य…

Read More

बुद्धशान्ति, ३० साउन । बुद्धशान्ति प्रेस क्लब झापाले दसैँको अवसरमा पत्रकारहरूबीच सद्भाव बढाउने उद्देश्यले दोस्रो संस्करणको झापा मिडिया कप( २०८३ को आयोजना गर्ने भएको छ । शुक्रबार क्लबको कार्यसमितिको बैठकले आगामी असोज २४ र २५ गते बुधबारे स्थित खेल मैदानमा गर्ने निर्णय गरेको संस्थाका अध्यक्ष तीर्थ तिम्सिनाले बताउनु भएको छ । उहाँका अनुसार प्रतियोगितामा झापामा रहेका पालिकास्तरका प्रेस क्लबहरुको टिम सहभागी रहने छन् । प्रतियोगिता सम्पन्न गर्न क्लबका उपाध्यक्ष नारायण अर्याललाई संयोजक तोकिएको छ । उहाँका अनुसार अघिल्लो संस्करण भन्दा यस संस्करणमा पुरस्कार वृद्धि गरिने छ । पहिलो संस्करणमा प्रथम पुरस्कार नगद २५ हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र रहेको…

Read More

झापा, ३० साउन । देशभर मनसुन सक्रिय रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थान आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरतर्फ नेपालनजिक रहेको छ। महाशाखाका अनुसार कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा साधारणतया बदली रहेको छ। मधेस प्रदेश तथा गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहेको छ। कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थान, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही स्थान र गण्डकी प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर साधारणतया बदली रहनेछ। हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र…

Read More

झापा, २९ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोलि शनिबार झापा आउने भएका छन् । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि ओली पहिलोपटक झापा आउन लाग्नुभएको हो । प्रतिनिधिसभा निर्वाचनमा झापा–५ बाट उम्मेदवार बन्नुभएका ओली चुनावी प्रचारप्रसारका क्रममा लामो समय निर्वाचन क्षेत्रमा बस्नुभएको थियो । ओलीका सचिवालय प्रमुख निरुदेवी पालका अनुसार अध्यक्ष ओली शनिबार बिहान पहिलो उडानबाट झापा जाउने कार्यक्रम रहेको छ ।

Read More

झापा, २९ साउन । म्याद गुज्रिएका ग्यास सिलिण्डरमा सिल तोडी पुनः प्रयोग गरी बिक्रीको तयारी गरेको आरोपमा मोरङको एक ग्यास उद्योगलाई २ लाख ९५ हजार रुपैयाँ जरिबाना गरिएको छ। जिल्ला प्रशासन कार्यालय मोरङको नेतृत्वमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय, जिल्ला प्रहरी कार्यालयलगायतका प्रतिनिधि सम्मिलित संयुक्त बजार अनुगमन टोलीले बुढीगंगा गाउँपालिका–५ मा सञ्चालित रिजालको भान्छा ग्यास उद्योग प्रालिको अनुगमन गरेको थियो। अनुगमनका क्रममा उद्योग परिसरमा रहेका १९ वटा सिलिण्डरमध्ये ११ वटाको तौल परीक्षण गर्दा एउटा सिलिण्डरमा तोकिएकोभन्दा २४० ग्राम कम ग्यास भेटिएको थियो। यस्तै, मापदण्डविपरीत म्याद गुज्रिएका दुई वटा ग्यास सिलिण्डरमा समेत सिल लगाएर बिक्रीका लागि…

Read More

तोमनाथ उप्रेती ईष्या आत्मस्वीकारको अभाव र आत्मसंतोषको क्षय हो। जब मानिसले आफूलाई अरूसँग तुलनाको आधारमा मूल्याङ्कन गर्न थाल्दछ, तब आत्मसन्देह जन्मिन्छ, जसले ईष्यालाई मलजल पुर्याउँछ। त्यो तुलना कहिल्यै निष्पक्ष हुँदैन, किनभने प्रत्येक व्यक्तिको चेतना, योग्यता, अवस्था र उद्देश्य फरक छन्। तथापि, तुलनाको यो सञ्जालमा अल्झिनु नै ईष्या उत्पत्तिको पहिलो चरण हो। ईर्ष्या, मानव मनोविज्ञानमा एक अदृश्य तर प्रचण्ड शक्ति हो, जसले मानिसको आत्मा, समाज र सम्बन्धहरूमाथि विषको वर्षा गर्दछ। यो भावना अरूको सफलता, सौभाग्य वा प्रतिभाप्रति उत्पन्न हुने मनोवैज्ञानिक अशान्ति हो, जसले आत्मसम्मानलाई कुण्ठित बनाउँछ। ईर्ष्याले मानिसलाई केवल अरूप्रति होइन, आफूप्रति पनि घृणायुक्त दृष्टिकोण बनाउने बनाउँछ, जहाँ तुलनाको फन्दामा परेर…

Read More

झापा, २९ साउन । लगातारको वर्षाका कारण आएको बाढी, पहिरो, सडक भासिने तथा कटानका कारण देशका विभिन्न प्रमुख राजमार्गमा यातायात प्रभावित भएको छ। नेपाल प्रहरीका अनुसार इलाममा मेची राजमार्ग, काभ्रेपलाञ्चोकमा बीपी राजमार्ग, मकवानपुरमा कान्ति लोकपथ र सिन्धुपाल्चोकमा अरनिको राजमार्ग बाढीपहिरोका कारण अवरुद्ध छन्। पछिल्लो विवरणमा यी राजमार्गका केही खण्ड पूर्ण रूपमा बन्द रहेको जनाइएको छ। त्यस्तै, रसुवामा त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडक, धादिङमा पृथ्वी राजमार्ग, लमजुङमा मध्यपहाडी लोकमार्ग, रुकुमपूर्वमा मध्यपहाडी लोकमार्ग तथा रुकुमपश्चिममा भेरी करिडोर पनि बाढीपहिरोका कारण प्रभावित भएका छन्। यसैगरी बागलुङमा कालीगण्डकी करिडोर, लमजुङमा बेँसीसहर–बेनी–जोमसोम सडक तथा भोजपुरमा मध्यपहाडी लोकमार्गमा एकतर्फी रूपमा मात्रै सवारीसाधन सञ्चालन भइरहेको प्रहरीले जनाएको छ। वर्षाका कारण…

Read More

झापा, २९ साउन । बाढी पूर्वानुमान महाशाखाले आज शुक्रबार देशका प्रमुख नदीहरूमा बहाव हालसम्म सतर्कता तहभन्दा तल रहे पनि दिउँसो र राति बहाव उल्लेख्य बढ्न सक्ने जनाएको छ। महाशाखाले बिहान ८ बजे जारी गरेको पूर्वानुमानअनुसार कोसी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तिनका सहायक नदीहरूका साथै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीमा दिउँसो र राति बहाव बढ्ने सम्भावना छ। महाशाखाका अनुसार आज ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, चितवन, नवलपरासीपूर्व, नवलपरासीपश्चिम, रूपन्देही, कपिलवस्तु, पाल्पा, तनहुँ, स्याङ्जा, लमजुङ, कास्की, पर्वत, म्याग्दी, रोल्पा, सल्यान, रुकुमपश्चिम, जाजरकोट, सुर्खेत, दैलेख, अछाम, कालिकोट, बाजुरा, हुम्ला, बझाङ, दार्चुला, बैतडी,…

Read More

सन्तोष शर्माकानकाई, २९ साउन । झापाको कनकाई नगरपालिका–४ कोटिहोमस्थित कनकाई नदीको पूर्वी तटमा निर्मित विद्युतीय शवदाह गृह सञ्चालन आउन सकेको छैन । निर्माण भएको लामो बितिसके पनि शवदाह गृह सञ्चालनमा आउन नसकेको हो । कोशी प्रदेश सरकार अन्तरगत खानेपानी, सिञ्चाइ तथा ऊर्जा मन्त्रालय, कनकाई नगरपालिका र दाताहरुको करिब २ करोड ५० लाख रुपैयाँको लागतमा विद्युतीय शवदाह गृहको निर्माण कार्य सम्पन्न भइसकेको छ । हालसम्म परीक्षणका रुपमा १०–११ वटा विद्युतीय शवदाह गृहमा दहन गरिसकिएको कनकाई घाट समितिका महासचिव गोपाल खरेलले जानकारी दिनुभयो । निर्माण पक्षले शवदाह गृह निर्माण पश्चात कनकाई नगरपालिकालाई हस्तान्तरण गर्नुपर्ने हुन्छ । निर्माण सम्पन्न भए पनि हालसम्म शवदाह…

Read More