jhapaonline add

झापा, २७ पुस । पछिल्लो पाँच महिनाको अवधिमा नेपालबाट ७३ अर्ब ६६ करोडको वस्तु निर्यात भएको छ । चालू आर्थिक वर्ष २०८१–०८२ सो अवधिमा नेपालबाट कुल वस्तु निर्यात १६.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ६.१ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारत र चीनतर्फको निर्यात क्रमशः २३.७ प्रतिशत र ६८.९ प्रतिशतले वृद्धि भएको छ भने अन्य मुलुकतर्फ भएको नेपालको निर्यातमा १.२ प्रतिशतले कमी आएको छ । नेपाल राष्ट्र बैकले शुक्रवार जारी गरेको नेपालको पछिल्लो आर्थिक अवस्था सम्बन्धी प्रतिवेदनले वस्तुगत आधारमा सोयाविन तेल, चिया, पोलिस्टर यार्न तथा थ्रेड, पार्टिकल बोर्ड, ऊनको गलैँचा लगायतका वस्तुको निर्यात…

Read More

झापा, २७ पुस । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज पनि अमेरिकी डलरले अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड कायम गरेको छ। शुक्रबार एकदिन उच्च मूल्यमै स्थिर रहेको अमेरिकी डलर आज थप महँगिएको हो। अमेरिकी डलरले उच्च मूल्यको नयाँ नयाँ रेकर्ड कायम गरिरँदा अस्ट्रेलियन डलर, पाउन्ड, युरो, कुवेती, बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्रा पनि आज महँगिएका छन्। बहराइन र कुवेती दिनारको मूल्य पनि विगत केही दिनदेखि लगातार बढिरहेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ २६ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ८५ पैसा छ।…

Read More

मेष : लाभदायक भेटघाटलाई नकार्न सकिँदैन। धार्मिक कार्यमा सरिक भइनेछ। घुमफिर र सफल यात्राका विशेष अवसर मिल्नेछन्। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। पराक्रम बढ्नुका साथै कीर्ति वृद्धिको योग देखिन्छ। वृष : लामो समयदेखि रोकिएका कामको पुन: योजना बन्नेछ। धैर्य एवं लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। प्रेम तथा दाम्पत्य जीवनमा मधुरता छाउनेछ। कुनै कुराले मनमा शान्ति छाउला। धार्मिक कार्यमा रुचि बढ्नेछ। मिथुन : भोजभतेरमा सहभागी हुनुपर्ला। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ। व्यापारबाट फाइदा हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। कर्कट : बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। मनमा ठूलो उत्साह र…

Read More

झापा, २७ पुस । हाल देशमा पश्चिमी वायुको प्रभावका कारण कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । यी दुवै प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । आज सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा साधारणतया बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । साथै बिहानको समयमा देशका तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु र कुहिरोको…

Read More

झापा, २७ पुस । आज विविध कार्यक्रमका साथ ३०३ औं पृथ्वी जयन्ती मनाइँदै छ । तत्काली राजा पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम देशभर मनाइँदैछ । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण राजा हुनुभएको थियो । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा बिस्तार गर्न उहाँ सफल हुनुभएको थियो । पृथ्वीनारायणको शेषपछि उहाँका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई बिस्तार गरेको इतिहास छ । पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट विजय…

Read More

झापा, २६ पुस । चालु आर्थिक वर्ष २०८१–०८२ को पहिलो पाँच महिना (साउन–मंसिर) मा ६ खर्ब ४० अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । यो अघिल्लो आर्थिक वर्ष यसै अवधिको तुलनामा ४।४ प्रतिशतमात्र बढी हो । अघिल्लो वर्ष रेमिट्यान्स आप्रवाह २४।२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह वृद्धि २.५ प्रतिशतमात्र रहेको देखिन्छ । अमेरिकी डलरमा यस वर्ष ४ अर्ब ७३ करोड रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २१।१ प्रतिशत थियो । मंसिरमा १ खर्ब १९ अर्ब रुपैयाँ हाराहारी रेमिट्यास आएको छ । यस वर्ष वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या भने बढेको छ । समीक्षा अवधिमा वैदेशिक…

Read More

भद्रपुर, २६ पुस । निर्माणाधीन चन्द्रगढी—विर्तामोडसडक खण्ड अन्र्तगत झापा सदरमुकामको लेखनाथ चौकदेखि देउनियाँ खोलासम्म भइरहेको ग्राभेलिङ तथा माटो फिलिङबाट प्रदुषण बढिरहेको स्थानीयको आरोप छ । निर्माण व्यवसायीले सम्झौता अनुसार सो सडकखण्डमा पानी हाल्ने काम नगर्दा धुलो उडेकाले प्रदुषण बढिरहेको स्थानीयले आरोप लगाएका हुन् । निर्माण कम्पनीले सडक लथालिङ्ग अवस्थामा काम गरिरहेकाले सवारी साधन आवतजावत गर्दा अन्धकार हुने गरी धुलो धुवाँ उडेका कारण आसपासका क्षेत्रका बासिन्दाको स्वास्थ्यमा समस्या देखिनथालेको गुनासो छ । सडक निर्माण सम्पन्न गर्न निकै समय लाग्ने कारण त्यस क्षेत्रमा सडक निर्माण सम्झौता अनुसार नियमित पानी हाल्नु पर्ने माग स्थानीयको भए पनि सुनुवाइ नभएको गुनासो छ । सडक निर्माणको…

Read More

भद्रपुर, २६ पुस । चन्द्रगढी खानेपानी उपभोक्ता तथा सरसफाई समिति भद्रपुर १० को २२ औं परिषद भेला तथा साधारण सभा चन्द्रगढीमा सम्पन्न भएको छ । संघीय संसदका सभामुख देवराज घिमिरेले परिषद भेलाको उद्घाटन गर्दै खानेपानी मानिसको आधारभूत आवश्यकता भएकोले नेपालको संविधानले खानेपानिलाई मौलिक अधिकार भित्र राखेको बताए । उनले शुद्ध खानेपानीमा नागरिकको पहुँच स्थापित गर्न आफूले संसदमा सक्दो भूमिका निर्वाह गर्ने समेत प्रतिबद्धता व्यक्त गरे । संस्थाका अध्यक्ष पुरुषोत्तम अधिकारीले संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै ४ सय ४० वटा नयाँ धाराहरु जडान गर्दै गत असार मसान्तसम्ममा ४ हजार ४ सय ७ उपभोक्ता संख्या रहेको जानकारी दिए । झापाका खानेपानी उपभोक्ता…

Read More

कनकाई, २६ पुस । कनकाई सुरुङ्गा प्रेस क्लबले नयाँ नेतृत्व चयन गरेको छ । आज सम्पन्न तेस्रो अधिवेशनले कनकाई अनलाइनका सम्पादक लिलाराज झापालीको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन गरेको हो । उपाध्यक्षमा चूडामणि तिम्सिना ९सिएम शर्मा० र संगीता उप्रेती, सचिवमा मनोज बस्नेत, सहसचिवमा अनुप भण्डारी र कोषाध्यक्षमा चन्द्रकुमार बस्नेत चयन भएका छन् । सदस्यहरुमा आइपी भट्टराई, लेखनाथ (केशव) चापागाईं, सुष्मा कुमाल, जनक न्यौपाने र सूर्यप्रकाश अधिकारी चयन भएका छन् । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, नारी सञ्चार गृहकी अध्यक्ष रेजिना गौतमलगायतले शुभकामना मन्तब्य राखेका थिए ।कार्यक्रममा अमृत योङहाङलाई सम्मान गरिएको थियो । नेपाल पत्रकार महासंघको केन्द्रदेखि जिल्लासम्म निर्वाचित पदाधिकारी,…

Read More

सन्तोष शर्माझापा, २६ पुस । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे मुलुकमा देखिएका भूमि सम्बन्धी समस्या सरकार र भूमि अयोगले यथासक्य चाँडो समाधान गर्नुपर्नेमा जोड दिनुभएको छ । झापाको अर्जुनधारा नगरपालिकाले नगर क्षेत्रमा रहेको जग्गाको स्वामित्व सम्बन्धी समस्याका समाधानका लागि आज आयोजना गरेको सरोकारवाहरुसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सभामुख घिमिरे भूमिसम्बन्धी समस्या समाधान गर्न सरकार र आयोगले लाग्नुपर्नेमा जोड दिनुभयो । वि.सं. २०२०–०२१ सालदेखि भूमिसम्बन्धी समस्या भए पनि हालसम्म समस्या समाधान नभएको बताउँदै उहाँले भन्नुभयो, “व्यवस्था परिवर्तन भए पनि अवस्था उस्तै छ, तर पनि समाधानका लागि निरन्तर लाग्नुपर्छ, इमान्दार र जिम्मेवार भएर सबै लाग्नुपर्छ ।” “सरकार र आयोगले नीतिगत तथा अन्य…

Read More