
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
ताप्लेजुङ, २३ मंसिर । ताप्लेजुङमा आयोजना भएको अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो कञ्चनजङ्घा (सेसेलुङ) गोल्डकप फुटबल प्रतियोगिताको उपाधि धरानले जितेको छ । शनिबार भएको फाइनल खेलमा इलामको रेड डेभिल्स माईजोगमाईलाई ४–१ गोलअन्तरले पराजित गर्दै धरानले उपाधि जितेको हो । खेल प्रचारप्रसार संयोजक दिनेश लिङखिमका अनुसार उपाधि जितेसँगै धरानको गोधुली फुटबल क्लबले रु तीन लाख दुई हजार ८१ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र पाएको छ । उपविजेता बनेको रेड डेभिल्सले रु एक लाख ५१ हजार ८१ नगदसँँगै ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ । विजेता टोलीलाई जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामा, फुङ्लिङ नगरपालिकाकी उपप्रमुख भीमादेवी ओझालगायतले पुरस्कार वितरण गर्नुभयो ।…
झापा, २३ मंसिर । जल तथा मौसम विज्ञान, मौसम पूर्वानुमान महाशाखाले आइतबार आज साँझदेखि मौसम बदली हुने जानकारी दिएको छ । विभागले विशेष बुलेटिन जारी गर्दै पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीका कारण आज साँझदेखि नेपालका धेरै स्थानमा आंशिकदेखि साधारण बदलीको सम्भावना रहेको जानकारी दिएको हो । जुन प्रणालीको प्रभावका कारण आज साँझदेखि भोलि रातिसम्म सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा तथा गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी…
झापा, २२ मंसिर । झापाको कनकाई नगरपालिका–८ स्थित लक्ष्मीपुरमा छोटा हात्ती गाडीको ठक्करबाट आज एक जना पैदल यात्रीको मृत्यु भएको छ । कनकाई नगरपालिका–८ लक्ष्मीपुर पूर्व बस स्टेनस्थित हाइवेमा बिर्तामोडबाट सुरुङ्गा तर्फ जाँदै गरेको ना ४ च ४०८४ नं. को छोटा हात्ती गाडिले बाटो क्रस गर्दै गरेको पैदलयात्रीलाई ठक्कर दिँदा पैदलयात्री कनकाई–८ का ६५ वर्षीय गर्बसिंह राई घाइते भएका थिए । ृउनलाई उपचारका लागि बिर्तासिटी अस्पतालमा लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको हो । गाडी र गाडी चालक पर्सा विरगञ्ज महानगरपालिका–१६ का ३० वर्षीय दिपक गुप्तालाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको छ ।
द्रोण अधिकारी गुहेँली‘हामी सबैको प्रतिबद्धता : लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता’ राष्ट्रिय नाराका साथ नेपालभरी यही मङ्सिर १० गतेदेखि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको छ । उक्त अभियानअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले विगतमा जस्तै गैरसरकारी सङ्घसस्थासँग सहकार्य गरेर नेपालमा यो अभियान चलाइरहेको छ । सन्सारभरी चल्ने यो अभियान हरेक वर्ष महिला हिंसा विरूद्धको १६ दिने अभियान नेपाल देशभरी भव्य रूपमा मनाउने गरिएको छ । प्रत्येक वर्ष मंसीरमा १६ दिनसम्म मनाइने यस अभियानले कति सफलता पायो भन्ने हिसाब किताव नभए पनि बिरालो बाँधेर श्राद्ध गरेकै शैलीमा निरन्तर मनाइदै आइरहेको छ । नेपालमा वि सं २०५४ सालदेखि लैंगिक…
झापा, २२ मंसिर । निर्माण व्यवसायी संघ झापाले १७ औं राष्ट्रिय निर्माण दिवस मनाएको छ । संघले शनिबार झापाको कनकाईधामस्थित श्रीकृष्ण प्रणामी मन्दिर आश्रममा आश्रय लिएर बसिरहेका दुई दर्जनजति बृद्धबृद्धालाई जाडोमा न्यानोका लागि ओढ्ने कम्बल (ब्ल्यााङ्केट) वितरण गरेर दिवस मनाएको हो । शनिबार विहानै आश्रम पुगेका संघका अध्यक्ष मिलन वस्नेत, कोशी प्रदेश अध्यक्ष मोहनप्रसाद अधिकारी, अग्रज निर्माण व्यवसायी शेरबहादुर थापा, संघका पदाधिकारी–सदस्यलगायत निर्माण व्यवसायीहरुले कम्बल वितरण गरेका थिए । आश्रम परिसरमा आयोजित संक्षिप्त कार्यक्रमका बीच कम्बल वितरण गरिएको थियो । संघका अध्यक्ष वस्नेतको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन महासचिव पुष्पराज निरौलाले गरेका थिए । संघले सामाजिक उत्तरदायित्वअन्तर्गत आश्रममा आश्रित बृद्धबृद्धालाई कम्बल…
ताप्लेजुङ, २२ मंसिर । पाथीभरा क्षेत्र विकास समितिले पाथीभरा मन्दिरमा सङ्कलन भएका पुराना घण्टी बिक्री प्रक्रिया स्थगित गरिएको छ । घण्टी बिक्रीको विषयलाई लिएर विभिन्न टीकाटिप्पणी आएपछि समितिले सो घण्टी बिक्री प्रक्रिया स्थगन गरेको हो । समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले शुक्रबार जारी विज्ञप्तिमा भक्तजन, बुद्धिजीवी, सरोकारवाला र समुदायबाट प्राप्त सुझावका आधारमा घण्टी लिलामी रोक्ने निर्णय गरिएको जानकारी दिए । समितिले लिलामी प्रक्रिया स्थगित भए पनि यसबारे थप निर्णय आगामी बैठकमा गरिने विज्ञाप्तिमा जनाएको छ । यही मङ्सिर १४ गते गोखरखापत्र दैनिक पत्रिकामा पुराना घण्टी लिलामी बिक्रीका लागि सर्वजनिक सूचना प्रकाशित गरेको थियो । विभन्न भक्तजनहरुले पाथीभरामा चढाएका १६ हजार…
भद्रपुर, २२ भदौ । भट्टराई कुलवंश प्रतिष्ठान भद्रपुर नगर समितिले अग्रज पत्रकार गोपाल गिरीलाई सम्मान गरेको छ । प्रतिष्ठानले साधारणसभा तथा गोठधुप पूजाको अवसरमा मंसिर २२ गते महर्षि वशिष्ठ पत्रकारिता पुरस्कारबाट पत्रकार गिरीलाई नगदसहित सम्मान गरेको हो । प्रतिष्ठानले यसै वर्षदेखि वितरण गर्न थालेको महर्षि वशिष्ठ पत्रकारिता पुरस्कार भद्रपुर–८ निवासी गणेशप्रसाद भट्टराई र शकुन्तला भट्टराईले स्थापना गरेका हुन् । प्रतिष्ठानले साधारणसभाकै अवसरमा सामाजिक व्यक्तित्व भट्टराई कुलवंश प्रतिष्ठानका पूर्व केन्द्रीय अध्यक्ष शेरबहादुर भट्टराई र श्रीकृष्ण द्वैपायन गुरुकुल वेद विद्याश्रमका पूर्वअध्यक्ष रेमनाथ चुडाललाई सम्मान गरेको छ । त्यस्तै, प्रतिष्ठानले ज्येष्ठ नागरिक ९१ वर्षीय मुक्तिनाथ घिमिरे र ८१ वर्षीया अम्बिका भट्टराईलाई सम्मान गरेको छ । यसैगरी, गत वर्षको…
झापा, २२ मंसिर । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा आज पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स तथा दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किङ्ग्स बीच प्रतिस्पर्धा हुँदैछ । पहिलो खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ९ः१५ बजे सुरू हुनेछ भने दोस्रो खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो सवा १ बजे सुरू हुनेछ । जारी एनपिएलमा दुुवै टोलीको यो तेस्रो खेल हो । एनपिएलमा दुई खेल खेलेको लुम्बिनीले दुवै खेलमा हार ब्यहोरेको छ । लुम्बिनीले आफ्नो पहिलो खेलमा विराटनगर किङ्ग्ससँग दुई विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग पराजित भएको थियो । सुदूरपश्चिम रोयल्सले भने दुईवटै खेल…
झापा, २२ मंसिर । यही मङ्सिर २८ गते हुने नेपाल पत्रकार महासङ्घको अध्यक्ष पदका लागि पाँचजनाले उम्मेदवारी दिनुभएको छ । सूचीअनुसार अध्यक्षका लागि कमल गिरी, देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश बिष्ट र लालसिंह ९एलएस० लामाको उम्मेदवारी परेको छ । गिरी प्रेस सेन्टर नेपाल नेतृत्वको संयुक्त प्यानलबाट उम्मेदवारी दिनुभएको हो भने शर्माले प्रेस चौतारीसहित प्यानलबाट उम्मेदवारी दिनुभएको छ । त्यसैगरी, बिष्टले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । त्यसैगरी, वरिष्ठ उपाध्यक्षमा गोविन्दप्रसाद चौलागार्इं, दामोदरप्रसाद दवाडी, दीपक आचार्य र रोशन पुरीसहित चारजनाको उम्मेदवारी परेको छ । चौलागाई चौतारी नेतृत्वको प्यानलका उम्मेदवार हुनुहुन्छ । पुरी प्रेस सेन्टर नेतृत्वको प्यानलका उम्मेदवार हुनुहुन्छ । उपाध्यक्ष महिलामा गङ्गा…
झापा, २२ मंसिर । पश्चिमी न्यून चापीय प्रणालीको कारण एकाएक काठमाडौं उपत्यकासहित देशभरको मौसममाआंशिक तथा साधारण बदली आएको छ । शुक्रबार साँझै नेपाली आकाशमा त्यसको संकेत देखिएको मौसमविदले जानकारी दिएका छन् । मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै पश्चिमी न्यून चापीय प्रणालीको असरले आइतबार साँझदेखि नेपालका धेरै स्थानमा थप बदलीको सम्भावना रहेको जनाएको छ । आइतबार साँझदेखि सोमबार साँझसम्म सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका धेरै स्थानहरूमा तथा गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको छ। साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र…