
झापा, २२ मंसिर । झापाको कनकाई नगरपालिका–८ स्थित लक्ष्मीपुरमा छोटा हात्ती गाडीको ठक्करबाट आज एक जना पैदल यात्रीको मृत्यु भएको छ ।
कनकाई नगरपालिका–८ लक्ष्मीपुर पूर्व बस स्टेनस्थित हाइवेमा बिर्तामोडबाट सुरुङ्गा तर्फ जाँदै गरेको ना ४ च ४०८४ नं. को छोटा हात्ती गाडिले बाटो क्रस गर्दै गरेको पैदलयात्रीलाई ठक्कर दिँदा पैदलयात्री कनकाई–८ का ६५ वर्षीय गर्बसिंह राई घाइते भएका थिए ।
ृउनलाई उपचारका लागि बिर्तासिटी अस्पतालमा लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको हो । गाडी र गाडी चालक पर्सा विरगञ्ज महानगरपालिका–१६ का ३० वर्षीय दिपक गुप्तालाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको छ ।
Facebook Comments Box


