jhapaonline add

सन्तोष शर्माझापा, १६ मंसिर । झापामा उत्पादित बेसारले मागको ३० प्रतिशत मात्र माग धान्ने गरेको छ । भान्सामा दिनहुँ प्रयोग हुने बेसार जिल्लामा उत्पादनका हिसाबले हेर्दा एक तिहाइ मात्र पूर्ति हुने कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिनुभयो । झापामा गत वर्ष दुई सय ३० हेक्टरमा करिब एक हजार आठ सय ५६ टन बेसार उत्पादन भएको थियो । “उत्पादित बेसारलाई प्रशोधन गरेपछि झण्डै चार लाख केजी धुलो बेसार हुन्छ”, उहाँले भन्नुभयो, “जिल्लामा बेसार खपतका हिसाबमा हेर्ने हो भने यो ३० प्रतिशतको हाराहारीमा पुग्छ ।” झापामा इलाम र सुनसरीबाट बेसार आउने गरेको विष्ट बताउनुहुन्छ । जिल्लामा स्थानीय जातका बेसार…

Read More

झापा, १६ मंसिर । झापाको कनकाई वडा नं. ६ मा वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा ७१.५१ प्रशित मत खसेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बेलुका ५ बजेसम्म १ हजार ५ सय १३ मत खसेको हो ।

Read More

शिवसताक्षी, १६ मंसिर । झापाको शिवसताक्षी नगरपालिका भरी भोलि मंसीर १७ गते स्थानीय विदा हुने भएको छ । शिवसताक्षी नगरपालिकाले नेपालको प्रशिद्ध धार्मिक स्थल सताक्षीधाममा नेपाल कै पहिलो ५१ फिट अग्लो रुद्राक्षबाट बनेको पार्थिव शिवलिङ्गको अनावरण तथा गोरक्षा महोत्सवको उद्घाटनका लागि नगरभरी विदा स्थानीय विदा दिएको हो । नगरका प्रबक्ता बहादुर आङ्गबाले सताक्षीधाम नेपालकै प्रशिद्ध तीर्थ स्थल र यसले यस शिवसताक्षी नगरपालिकाको गरिमा उच्च राखेको बताए छ । उनले नगरले उक्त स्थानमा भोलिबाट हुन गोरक्षा महोत्सव र नवनिर्मित पार्थिव शिवलिङ्गको अनावरणका लागि नगरपालिकाले स्थानीय विदा दिने निर्णय गरेको बताए । एनका अनुसार नगरपालिककाले बोर्ड बैठकबाट अत्यावश्यक सेवा बाहेक नगरका सबै…

Read More

भद्रपुर, १६ मंसिर । झापाको झापा गाउँपालिका–४ बाट छ वटा आइफोनसहित एक भारतीय नागरिकलाई सशस्त्र प्रहरीले निन्त्रणमा लिएको छ । हिजो दिउँसो झापा–४ सुकुम्बासी सीमा इलाकामा बिओपी पन्थपाडाबाट खटिएको पैदल गस्ती टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका भारत किशानगञ्ज–१ जानकी चोकका २८ वर्षीय ईस्त्राफिललाई छ वटा आइफोनसहित नियन्त्रणमा लिएको हो । BR37Z8101 नम्बरको होण्डा कम्पनीको भारतीय मोटरसाइकलमा सवार उनीमाथि शंका लागेर चेक जाँच गर्दा निम्न नौ लाख बराबरको आइफोन बरामद भएको थियो । मोटरसाइकल तथा बरामद सामानसहित उनलाई नियन्त्रण लिएर भन्सार कार्यालय बुझाउने तयारी भइरहेको छ भने ईस्त्राफिललाई वडा प्रहरी कार्यालय भद्रपुरमा राखिएको सशस्त्र प्रहरी बल नेपाल नं २ गण हेडक्वाटर…

Read More

झापा, १६ मंसिर । जिल्लाका विभिन्न स्थानमा गएराति आगलागी हुँदा लाखौंको क्षति भएको छ । झापाको अर्जुनधारा नगरपालिकामा धानको कुन्यू, झापा गाउँपालिकामा घरमा र दमक नगरपालिकामा किराना कस्मेटिक र खाद्यान्न पसल आगलागी हुँदा रू १९ लाख ६० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिनुभयो । अर्जुनधारा–११ सालबारीका ४७ वर्षीय भुमिनाथ बरालको र सोही स्थानका अमर राउतको १ बिघा धान काटेर जम्मा गरी राखेको धानको कून्यूमा अचानक आगलागी हुँदा २ लाख १० हजार बराबरको धान र कून्यू जलेर नष्ट भएको छ । उक्त आगो नेपाल प्रहरी, स्थानीय, बिर्तामोड, मेचीनगर र भद्रपुरको दमकलको सहयोगमा राति १२…

Read More

धनुषा, १६ मंसिर । जनकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव आजदेखि विधिवत सुरु भएको छ । त्रेता युगमा भगवान् राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष सप्ताहव्यापी रूपमा विवाहपञ्चमी महोत्सव मनाइन्छ । सीताराम विवाहपञ्चमी महोत्सवको पहिलो दिन आज नगरदर्शन कार्यक्रम छ । दोस्रो दिन भोलि सोमबार फूलबारी लीला, तेस्रो दिन मङ्गलबार धनुष यज्ञ, चौथो दिन बुधबार तीलकोत्सव, पाँचौ दिन मङ्सिर २० गते मटकोर र मङ्सिर २१ गते रामसीता स्वयंवर तथा विवाह कार्यक्रम हुनेछ । महोत्सवको अन्तिम दिन मङ्सिर २ गते रामकलेवा गरी अयोध्याबाट जन्तीको रुपमा आएका साधुसन्तको बिदाई गरेपछि विवाहपञ्चमी महोत्सव विधिवत् समापन हुनेछ । नगरदर्शनका…

Read More

झापा, १६ मंसिर । झापाको मेचीनगर–१० बाट प्रहरीले लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । आइतबार साँझ मेचीनगर नगरपालिका–१० मा लागुऔषध बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले शकाष्पद अवस्थामा रहेको सोहीका ३१ वर्षीय बब्लु भन्ने मनु मुर्मुलाई पक्राउ गरेको हो । उनलाई चेकजाँच गर्दा मिनि डिजिटल तराजु एक थान, मोबाइल एक थान, विभिन्न दरका नेपाली नगद १३ हजार ६५० र प्रतिबन्धित लागुऔषध ब्राउनसुगर प्लाष्टिक सहित १ ग्राम ३५० मिलिग्राम तथा प्लाष्टिक बाहेक १ ग्राम १५० मिलिग्राम फेला परेकोले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखी थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले…

Read More

कनकाई, १६ मंसिर । झापाको कनकाई नगरपालिका वडा नम्बर ६ मा मतदान सुरु भएको छ। ७ बजेबाट सुरु हुने भनिएको मतदान ७ः१० बाट सुरु भएको हो । वडा न ६ को चम्फापुर माद्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा २ वटा मतदास्थबाट मतदान सुरु भएको निर्वाचन कार्यलयले जनाएको छ। देशभका स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि मतदान शुरु भएको छ । बिहान ७ बजेदेखि शुरु भएको मतदान बेलुकी ५ बजेसम्म चल्नेछ । उपचुनावको लागि एक सय ६२ मतदानस्थल र दुई सय ९३ वटा मतदानकेन्द्र तोकिएको छ । एक मेयर, एक उपमेयर, दुई अध्यक्ष, चार उपाध्यक्ष र ३३ वडाध्यक्ष गरी ४१ पदका…

Read More

झापा, १६ मङ्सिर । हाल देशमा पश्चिमी वायुको सामान्य तथा बङ्गालको खाडीमा रहेको चक्रवात ‘फेनजल’को आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर मौसम सफा रहेको बताएको छ । साथै तराईका केही स्थानमा हुस्सु लागेको छ । विभागका अनुसार आज दिउँसो कोशी, मधेश, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । गण्डकी र कर्णाली प्रदेशका उच्च…

Read More

झापा, १६ मंसिर । आज झापाको कनकाई–६ को वडाध्यक्षसहित स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि मतदान सुरु भएको छ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि मतदान प्रारम्भ भएको हो । निर्वाचन आयोगका प्रवक्ता नीता पोख्रेल अर्यालका अनुसार अपराह्न ५ः०० बजेसम्म मतदानमा दुई लाख २६ हजार सात सय ९९ जनाले मताधिकार प्रयोग गर्नेछन् । यो उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन् । शान्त र सहिष्णु वातावरणमा मतदान भइरहेको छ । आयोगले सक्कल मतदाता परिचयपत्र, नागरिकता प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी…

Read More