
भद्रपुर, १६ मंसिर । झापाको झापा गाउँपालिका–४ बाट छ वटा आइफोनसहित एक भारतीय नागरिकलाई सशस्त्र प्रहरीले निन्त्रणमा लिएको छ । हिजो दिउँसो झापा–४ सुकुम्बासी सीमा इलाकामा बिओपी पन्थपाडाबाट खटिएको पैदल गस्ती टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका भारत किशानगञ्ज–१ जानकी चोकका २८ वर्षीय ईस्त्राफिललाई छ वटा आइफोनसहित नियन्त्रणमा लिएको हो ।
BR37Z8101 नम्बरको होण्डा कम्पनीको भारतीय मोटरसाइकलमा सवार उनीमाथि शंका लागेर चेक जाँच गर्दा निम्न नौ लाख बराबरको आइफोन बरामद भएको थियो ।
मोटरसाइकल तथा बरामद सामानसहित उनलाई नियन्त्रण लिएर भन्सार कार्यालय बुझाउने तयारी भइरहेको छ भने ईस्त्राफिललाई वडा प्रहरी कार्यालय भद्रपुरमा राखिएको सशस्त्र प्रहरी बल नेपाल नं २ गण हेडक्वाटर झापाका सूचना अधिकारी स.प्र.ना.उ. महेशराज बिष्टले जानकारी दिनुभयो ।
यी हुन् बरामद आइफोन :
१. IPHONE 15 PRO MAX थान २ अन्दाजी मुल्य रु २,००,०००।-
२. IPHONE 13 PRO थान २ अन्दाजी मुल्य रु २,००,०००।-
३. IPHONE 12 थान १ अन्दाजी मुल्य रु १,००,०००।-
४. IPHONE 11 थान २ अन्दाजी मुल्य रु २,००,०००।-
५. IPHONE 16 थान १ अन्दाजी मुल्य रु १,००,०००।-
६. IPHONE 14 थान १ अन्दाजी मुल्य रु १,००,०००।-


