
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
शिवसताक्षी, २० असोज । झापाको शिवसताक्षी नगरपालिकाले आज बोलोचोक बजार, पाराबारी बजार, मंगलबारे बजार अनुगमन गरेको छ । अनुगमनका क्रममा बोलोचोक बजारका अधिकांश पसलहरु बन्द गरेको पाइएको छ । नगरपालिकाको गाडी रोकेर अनुगमन सुरु गरेपछि भित्री बजारका पसलहरु एकाएक बन्द भएको हो । बोलोचोकका एक व्यापारीले भने, अगिसम्म सबै पसल खुल्लै थिए , अनुगमन आएको देखेपछि सबै पसल बन्द भए । त्यस्तै वडा नं. ३ को पाराबारी बजारका ढकाल स्टोर, क्ुमार किराना, नेपाल सप्लायर्समा म्याद गुज्रिएका पेय पदार्थ, कुरमुरे, चाट मसला, पापडलगायत खाद्य सामाग्रीहरु म्याद गुज्रिएको अवस्थामा फेला परेको थियो । त्यस्तै शिवसताक्षी नगरपालिका वडा नं. २ मंगलबारेको आर्यन होटलमा…
बनियानी, २० असोज । झापाको बिर्तामोड नगरपालिका–६ गिरीबन्धु टिस्टेटस्थित पूर्व–पश्चिम लोकमार्गमा गत असोज ७ गते आगजनी गरिएको भारतीय ट्रकका चालकको मृत्यु भएको छ । भारत इस्लापुरका ४० वर्षीय पोदो रायको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापोल जनाएको छ । घाइते राय दार्जिलिङस्थित नर्थ बंगाल मेडिकल कलेजमा उपचाररत थिए । उपचारको क्रममा शनिबार मृत्यु भएको जानकारी पाएपछि आज उनको शव नेपालमा ल्याएर पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको उहाँले बताउनुभयो । गत असोज ७ गते बिर्तामोडबाट काँकरभिट्टातर्फ जाँदै गरेको डब्यू बी ७३ ई ३०५६ नम्बरको भारतीय ट्रकमा अपरिचित चार÷पाँच जनाको समूहले रोकेर आगजनी गरेका थिए । उक्त समूहले चालक…
सुनसरी, २० असोज । महान् चाड विजयादशमी नजिकिएसँगै सुनसरीको विभिन्न हाट बजारमा खसीबोकाको माग बढ्दै गएको छ । विजयादशमीमा विभिन्न शक्तिपिठहरुमा बली प्रथा तथा चाडबाड मान्नको लागि स्थानीयवासीहरू खसीबोका किन्नमा व्यस्त देखिएका हुन् । सुनसरीका विभिन्न शक्तिपिठहरुमा खसीबोका बली दिने पुरानो परम्परा अझै पनि उत्साहपूर्वक मनाउँदै आइरहेको हो । सुनसरीका विभिन्न शक्तिपिठहरुमा इनरुवाको काली मन्दिर, दुहबीको काली मन्दिर, धरानको दन्तकाली मन्दिर, हरिनगरा गाउँपालिकाको जोगिनियाँ माई मन्दिर तथा इनरुवाको वबियामा रहेको भगवती मन्दिरमा खसीबोकाको वली दिने चलन हुँदै आइरहेको छ । दसैँको अवसरमा यी शक्तिपिठहरुमा भक्तजनहरूको घुइँचो बढेसँगै जसमा उनीहरूले देवीलाई खसीबोका चढाएर आफूले चिताएको मनोकामना पूरा हुने जनविश्वास रहेको इनरुवाका…
झापा, २० असोज । असोज महिनामा आएको अविरल वर्षा तथा बाढीका कारण पूर्वाधारतर्फ कोशी प्रदेशमा ४ अर्ब ६३ करोड ५० लाख बराबरको क्षति भएको छ । असोज महिनामा १० गतेदेखि तिन दिनसम्म आएको वर्षा तथा बाढीले भौतिक पूर्वाधार तथा विकास मन्त्रालय अन्तर्गत निर्मित सडक, पुल तथा झोलुङ्गे पुलमा क्षति पुर्याएको हो । मन्त्रालयले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै वर्षाका कारण सुनसरी, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, उदयपुर, सङ्खुवासभा, ओखलढुङ्गा तथा खोटाङ जिल्लाका सडक, पुल तथा झोलुङ्गे पुलमा अविरल वर्षाले पुर्याएको क्षतिका विवरण सार्वजनिक गरेको हो । भौतिक पूर्वाधार तथा विकास मन्त्री भुपेन्द्र राईले वर्षा र बाढीका कारण कोशी प्रदेशको विभिन्न जिल्लामा…
झापा, २० असोज । झापाको कनकाई नगरपालिका–३ स्थित सुरुङ्गामा सन्थाल मेला आयोजना हुने भएको छ । आज यहाँ पत्रकार सम्मेलन गरी लोपोन्मुख सन्थाल जातिको संस्कृति जगेर्ना गर्ने उद्देश्यले फुलपातिका दिन ‘कनकाई सन्थाल मेला’ आयोजना हुने जानकारी दिइयो । कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा हुने मेलामा प्रतियोगात्मक सन्थाल नृत्य हुने प्रतिष्ठानका अध्यक्ष छवि थपलियाले जानकारी दिनुभयो । प्रतिष्ठानले लोपोन्मुख जाति सन्थालको संस्कृति संरक्षण गर्ने उद्देश्यले २०७९ सालदेखि सन्थाल मेला आयोजना गर्दै आएको छ । “पछिल्लो समय सन्थाल जातिको संस्कार–संस्कृति लोप हुन थालेको छ”, अध्यक्ष थपलियाले भन्नुभयो, “सन्थाल संस्कृति जगेर्ना गर्नुपर्छ भनेर मेला शुरु गरेका हौं ।” उत्कृष्ट नृत्य टोली छनोटका लागि सन्थाल…
रेशम विरही जीवनको सुदूर वयमाछचल्किए मेरा आँखाहरुचल्मलाउँदै आए मनको धमिलो तलाउमा बाल्यकालका मोहक दृश्यहरुएउटा खुट्टा खोच्याउने मास्टर साहेबको बेतको छडीबेन्चमा उभ्याएर कुट्दाकुट्दातुरूक्क पिसाप चुहाएको रामकृष्णको अनुहार तिमीले चोरेको मेरो हात्तीछाप कापीर, मैले रूँदै मनिटर मार्फत क्लास टिचरलाई दिएको उजुरीभलिबल मैदानमा अग्ला खेलाडीले हेपेरफुच्चाहरुमाथि गरेको असमान व्यवहारत्यसविरूद्ध मसी लत्पतिएको मसिना अक्षरले लेखेरस्कुलको भित्तामा टाँसेको विद्रोहको पोस्टर र, स्कुल छेउको आलु–चना बेच्ने छाप्रे पसलमाशिक्षकहरुले उडाएको पर्वत चुरोटको धुवाँ‘गाउँछ गीत नेपाली’ बोलको राष्ट्रियगानर, प्रधानपञ्च थिरबहादुरको हुकुम तिमी र म टिफिनमा भागेरपौडी खेल्ने गरेको मूल नहरसुकमायाले तिमीलाई लेखेको लभलेटरराधिकाले पोल खोलेर हावा झैँ फैलिएकोअनर्गल हल्लार, अचानक भएको सुकमायाको विवाहदेवीलाल कामीले छोएको पानीको घैँटोर, हेडमास्टरले…
रेबिजको रोकथाम सम्भव छ । रोगको लक्षण देखिइसकेपछि भने रेबिज रोगको उपचार सम्भव छैन । कुकुरले टोक्नेबित्तिकै कतिपय मानिस निकै आत्तिएको र वरिपरि जे पाइन्छ, त्यही घाउमा लगाउने गरेको समेत देखिन्छ । रोगका बारेमा आवश्यक ज्ञान नहुँदा वा हेलचक्र्याइँ गर्दा यो रोगबाट धेरै मानिसले ज्यान गुमाउनुपरेको छ । कुकरले टोकिहालेमा घाउलाई तुरुन्तै १०–१५ मिनेटसम्म साबुनपानीले राम्ररी सफा गर्नुपर्छ । साबुन नभए पानीले मात्रै भए पनि पखाल्नुपर्छ । घाउलाई साबुनपानीले धुनु नै रेबिज रोगबाट बच्न गरिने प्रमुख प्राथमिक उपचार हो । सम्भव भएमा घाउलाई ७० प्रतिशत अल्कोहल वा पोभिडन आयोडिनले राम्रोसँग सफा गर्न सकिन्छ तर घाउलाई कुनै पनि ड्रेसिङ गर्ने वस्तु…
झापा, २० असोज । लीलालेखनका अभियन्ता कृष्ण बरालको सातौँ कृति नाति पुस्ताको खेलको लोकार्पण तथा कृतिमाथिको समूह छलफल शनिबार दमकमा गरिएको छ । कवि तथा स्थापित गजलकार केशव आचार्यले सो कृतिको विमोचन गर्नुभएको हो । पद्मजी पुरस्कार विजेता बरालको कृति नाति पुस्ताको खेलमा शक्तिशाली लेखन बिम्ब र पाठकको मन खिच्ने ओझ भएको विश्वास लोकार्पण कार्यक्रमका वक्ताको छ । बराल आख्यान पछि पुनः निबन्ध लेखनमा आएका हुन् । निबन्धमा खेल्ने ठाउँ अधिक हुने भएकोले आफू फेरि त्यता मोडिएको उनले बताए। उनको लेखनीमा फिक्सन छ । नाति पुस्ताको खेलमा पनि लेखकले लीलालेखन प्रविधिको भरपुर प्रयोग गरेका छन् । कार्यक्रममा प्रमुख अतिथि आचार्य,…
झापा, २० असाोज । झापामा बालिकालाई करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मेचीनगर नगरपालिका–१ का २१ वर्षीय एक युवालाई १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । बालिकालाई गत असोज १४ गते जवरजस्ती करणी गरेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाइएको छ ।
झापा, २० असोज । पश्चिम नवलपरासीको सुनवल नगरपालिका–७ स्थित ज्यामिरेमा माइक्रोबसको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । ज्यामिरे चोकमा बुटवलबाट बर्दघाटतर्फ जाँदै गरेको लु १ ख ८४५३ नम्बरको माइक्रोले लु ७९ प ९१४० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक तिलोत्तमाका ३२ वर्षीय ऋषि लम्तरीको उपचारको क्रममा भलुही मेडिकल कलेजमा मृत्यु भएको हो । दुर्घटनामा परी मोटरसाइकल पछाडि सवार विवेक गुरुङ घाइते भएका छन् ।