
झापा, २० असोज । पश्चिम नवलपरासीको सुनवल नगरपालिका–७ स्थित ज्यामिरेमा माइक्रोबसको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
ज्यामिरे चोकमा बुटवलबाट बर्दघाटतर्फ जाँदै गरेको लु १ ख ८४५३ नम्बरको माइक्रोले लु ७९ प ९१४० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक तिलोत्तमाका ३२ वर्षीय ऋषि लम्तरीको उपचारको क्रममा भलुही मेडिकल कलेजमा मृत्यु भएको हो । दुर्घटनामा परी मोटरसाइकल पछाडि सवार विवेक गुरुङ घाइते भएका छन् ।
Facebook Comments Box


