jhapaonline add

झापा, २७ कात्तिक । आज हरिबोधिनी एकादशीको अवसरमा झापाका पाँच वटा पालिकाले स्थानीय बिदा दिएका छन् । जिल्लाका भद्रपुर, कचनकवल, हल्दिबारी, झापा र गौरीगञ्ज गाउँपालिकाले आज स्थानीय बिदा दिएका हुन् । आदिवासीहरूले ठूलो एकादशीलाई महान् पर्वको रुपमा मनाउने गरेका छन् । आदिवासीहरूको बाहुल्यता रहेको पालिकाहरुले बिदा दिएका हुन् । हिन्दु धर्मावलम्बीहरूले हरिबोधनी एकादशीलाई सबैभन्दा ठुलो एकादशीका रूपमा लिने गर्दछन् ।

Read More

झापा, २७ कात्तिक । प्रेस काउन्सिल नेपालले विभिन्न ४ वटा सञ्चारमाध्यमलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ । काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिको आइतबारको बैठकले आचारसंहिता प्रतिकुल कार्य गरेको भन्दै एक साप्ताहिक, एक टेलिभिजन र २ अनलाइन सञ्चारमाध्यमलाई कालोसूचीमा राखी थप कारबाही गर्ने निर्णय गरेको हो । यस्तो छ निर्णय

Read More

झापा, २६ कात्तिक । ऊर्जा मिश्रणको अवधारणालाई व्यवहारिक रूपमा कार्यान्वयन गर्ने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले ६४ वटा ऊर्जा कम्पनी छनोट गरेको छ । प्राधिकरणले प्रतिस्पर्धाका आधारमा ती कम्पनी छनोट गरेको जनाएको छ । ऊर्जा मिश्रण अवधारणा कार्यान्वयन गर्ने र हिउँदको ऊर्जा माग सम्बोधन गर्ने लक्ष्यका साथ सौर्य परियोजनालाई व्यवहारिक रूपमा कार्यान्वयन गर्न मार्ग प्रशस्त गरेको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार तराईका विभिन्न जिल्लामा सौर्य परियोजनालाई अगाडि बढाउन लागिएको हो । प्राधिकरणले एक हजार मेगावाट क्षमता बराबरका आयोजना अगाडि बढाउन लागेको हो । प्राधिकरणले यसअघि आठ सय मेगावाट बराबरको सौर्य परियोजना अगाडि बढाउने निर्णय गरेको थियो ।…

Read More

झापा, २६ कात्तिक । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु एक हजारले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाला सुन तोलामा रु एक लाख ६६ हजारमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ६५ हजार निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्य तोलामा रु पाँचले घटेको छ । आइतबार प्रतितोला रु एक हजार नौ सय ६० मा कारोबार भएकामा आजका लागि भने रु एक हजार नौ सय ५५ निर्धारण भएको छ ।

Read More

झापा, २६ कात्तिक । गत आर्थिक वर्ष २०८०–८१ मा सङ्घ र प्रदेश सरकारको बेरुजु रु २१ अर्ब ५१ करोडभन्दा बढी देखिएको छ । महालेखा नियन्त्रक कार्यालयले महालेखापरीक्षकको कार्यालयलाई बुझाएको ‘केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण’अनुसार सङ्घ तथा प्रदेश सरकारको गत आर्थिक वर्ष २०८०र८१ मा आन्तरिक लेखापरीक्षणबाट कायम भएको बेरुजु रकम रु २१ अर्ब ५१ करोड ९६ लाख छ । जसमा नियमित गर्नुपर्ने बेरुजु रू एक अर्ब १३ करोड ५० लाख, असुल गर्नुपर्ने बेरुजु रू एक अर्ब ९२ करोड ९६ लाख र पेश्की बेरुजु १० अर्ब ४५ करोड ४९ लाख रहेको जनाइएको छ । महालेखा नियन्त्रक कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार सरकारको…

Read More

झापा, २६ कात्तिक । झापाको कमल गाउँपालिकामा आज आगलागी हुँदा करिब तीन लाख रुपैयाँ बराबरको क्षति भएको छ । आज दिउँसो कमल गाँउपालिका–१ गडुमारीका खगेन्द्र थापाको बासको भाटाको टाटीबेरा, टिनको छानो भएको एक तले भुई घरमा अचानक आगलागी हुदाँ उक्त क्षति भएको हो । घर, नगद ५० हजार, भाडा वर्तन, अन्नपात, लता कपडा गरी करिब ३ लाख बराबरको क्षति भएको हो । आगो प्रहरी चौकी तोपगाछीबाट खटिएको प्रहरी टोली, स्थानीयबासी र कमल गाँउपालिकाको दमकलको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

सुनसरी, २६ कात्तिक । सुनसरीको धरान उपमहानगरपालिका वडा नं. ८ र ९ बाट नियन्त्रित औषधी सहित ६ जनालाई पक्राउ गरिएको छ । हिजो राती सँवा ११ बजे अस्थाई प्रहरी पोष्ट तिनकुने धरानबाट खटिएको प्रहरी टोलीले सेउती पुल नजिकबाट स्कुटरमा सवार सुनसरी धरान १५ बस्ने २४ बर्षीय मौषम लिम्बु, २३ बर्षीया सृजना राई र २५ बर्षीया निशा श्रेष्ठलाई नियन्त्रित औषधी ट्रामानिल २ सय क्याप्सुल र स्पास्पेन २ सय ट्याब्लेट सहित पक्राउ गरिएको थियो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान गर्ने क्रममा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले सिरहा चन्द्रअयोध्यापुर घर भइ धरान ९ दौलत थुलुङको घरमा डेरा गरि बस्ने २३…

Read More

झापा, २६ कात्तिक । मोरङ र सुनसरीबाट खटिएको प्रहरी टोलीले लागुऔषध ब्राउनसुगरसहित ५ जनालाई पक्राउ गरेको छ । हिजो दिउँसो अस्थायी प्रहरी पोष्ट भेडियारीबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका–१७ मटेर्वाबाट विराटनगर–११ पिचरा बस्ने ३७ वर्षीय राजेन्द्र पोखरेल र विराटनगर–१० तिनटोलिया बस्ने बर्ष ४२ का कुशल थापालाई ब्राउन सुगर ५९० मिलिग्राम सहित पक्राउ गरिएको छ । यसैगरी, हिजो बेलुका साँढे ५ बजे लागुऔषध व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर १६ हुलास चौकबाट ब्राउन सुगर ३ ग्राम ६४ मिलिग्राम सहित सुन्दरहरैचा नगरपालिका ६ का ३२ बर्षीय युवराज खड्कालाई पक्राउ गरिएको थियो । यसैगरी, हिजै राती सँवा ८ बजे इलाका प्रहरी कार्यालय धरानबाट…

Read More

झापा, २६ कात्तिक । नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धींको केन्द्रीय अध्यक्षमा चितवनका पवन तमू निर्विरोध निर्वाचित भएको छ । तनहुँको दमौलीमा सम्पन्न १२ औं राष्ट्रिय महाधिवेशनबाट पवन तमूको अध्यक्षतामा ५५ सदस्सीय नयाँ कार्य समिति चयन भएको हो । नव निर्वाचित कार्य समितिको बरिष्ठ उपाध्यक्षमा विष्णुराज तमू, उपाध्यक्ष गौचन तमू, महिला उपाध्यक्षमा सिर्जना तमुस्यो, महासचिवमा युवराज तमू, उप–महासचिव अनिल तमू, सचीवमा बिकास तमू, नेहा तमूस्यो, युवराज तमू, प्रकाश तमू र ईना तमूस्यो, कोषाध्यक्षमा अनुपम तमू, सह–कोषाध्यक्षमा अन्जु तमूस्यो, संगठन बिभाग प्रमुख सबिन तमू, प्रचारप्रसार सचीव प्रमुख मनोज तमू, भाषा, साहित्य सस्कृतिक तथा अतिरिक्त बिभाग प्रमुख ईशा गुरुङ बिदेश बिभाग प्रमुख…

Read More

शान्तिनगर, २६ कात्तिक । श्री चुल्ठे शान्तिनगर सामुदायिक वन उपभोक्ता समूह बुद्धशान्ति ५, ६ झापा र रोङ ५ इलामको ३२ औँ वार्षिक साधरण सभा शनिबार सम्पन्न भएको छ । रोङ ५ इलामका वडाध्यक्ष दल बहादुर पुलामिको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न कार्ययोजना प्रस्तुत गरिएको छ । वनका अध्यक्ष प्रदिप देव खतिवडाले प्रस्तुत गरेको वार्षिक कार्ययोजनामा वन संरक्षण र पर्यापर्यटनको विकासलाई जोड दिइएको छ । कार्यक्रममा अध्यक्ष खतिवडाले वार्षिक कार्यप्रगति प्रतिवेदन, बजेट मस्यौदा समिति सदस्य आनन्द कोइरालाले आर्थिक प्रतिवेदन तथा लेखा समिति संयोजक गङ्गाराम राईले लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा बिशेष अतिथि बुद्धशान्ति ५ का वडाध्यक्ष डेगेन्द्र कार्कि,…

Read More