
झापा, २६ कात्तिक । झापाको कमल गाउँपालिकामा आज आगलागी हुँदा करिब तीन लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
आज दिउँसो कमल गाँउपालिका–१ गडुमारीका खगेन्द्र थापाको बासको भाटाको टाटीबेरा, टिनको छानो भएको एक तले भुई घरमा अचानक आगलागी हुदाँ उक्त क्षति भएको हो ।
घर, नगद ५० हजार, भाडा वर्तन, अन्नपात, लता कपडा गरी करिब ३ लाख बराबरको क्षति भएको हो । आगो प्रहरी चौकी तोपगाछीबाट खटिएको प्रहरी टोली, स्थानीयबासी र कमल गाँउपालिकाको दमकलको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Facebook Comments Box


