jhapaonline add

झापा, २० मंसिर । बिर्तामोडस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ५० हजार क्विन्टल धान खरिद गर्ने भएको छ । कम्पनीका कार्यालय प्रमुख चुलमाया लोवाका अनुसार पहिलो चरणमा १५ हजार क्विन्टल सोनामन्सुली र पाँच हजार क्विन्टल रञ्जितमन्सुली धान खरिद गर्न लागिएको हो । “कम्पनीले धानको समर्थन मूल्य प्रति क्विन्टल रु तीन हजार पाँच सय ८० दशमलव ६२ तोकेको छ”, उनले भने, “कम्पनीले तोकेको मूल्य बजार भाउभन्दा माथि रहेकाले किसानले धान बिक्री गर्नेछन् ।”

Read More

पोखरा, २० मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सहारा सहकारीको रकम हिनामिना अभियोगमा चितवनमा बयान सकिएपछि राति ३ः३० बजे पोखरा ल्याइएको छ । लामिछानेलाई पुन म्याद थप गरेपछि पर्सा लैजाने प्रहरीको तयारी छ । लामिछाने र पूर्वडीआईजी छविलाल जोशीसहित १४ जनाविरुद्ध पर्साबाट सिन पक्राउ पुर्जी जारी भएको छ । सानो पाइला सहकारीको रकम अपचलन गरेको कसुरमा उनीहरुविरुद्ध प्रहरीले अनुसन्धान गरिरहेको छ । जीबी राई समूहले सञ्चालन गरेका पाँच सहकारीबाट करोडौँ रकम गोर्खा मिडियामा गएको थियो । लामिछाने गोर्खा मिडियाको सञ्चालक तथा प्रबन्ध–निर्देशक हुँदा उनले खर्च गरेका थिए । सोही आधारमा उनी अनुसन्धानको दायरामा तानिएका हुन् । हिजो…

Read More

जाजरकोट, २० मंसिर । जाजरकोटमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बुधबार राति करिब आठ बजे मध्यपहाडी लोकमार्ग अन्तर्गत भेरी नगरपालिका–१० नुवागाउँमा बोलेरो जिप दुर्घटन हुँदा चालकसहित २ युवाको मृत्यु भएको हो । दुर्घटनामा जिप चालक कैलालीका २४ वर्षीय मनोज केसी र जुम्लाका २३ वर्षीय मिथुम हमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । भेरी नगरपालिकाको कार्की गाउँबाट सोही नगरपालिकाको कुदुका लागि छुटेको कर्णाली प्रदेश ३०१०२३च ४७१९ नम्बरको बोलेरो जिप सडकबाट ७ सय फिट तल खसेको थियो ।

Read More

झापा, २० मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पनि दुई खेल हुँदैछ । पहिलो खेलमा पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्सबीच कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजेदेखि हुँदैछ भने दोस्रो खेलमा काठमाडौं गुर्खाज र सुदूरपश्चिम रोयल्सबीच दिउँसो १ बजेदेखि शुरु हुनेछ । एनपीएलमा लगातार दोस्रो जित निकालेको जनकपुर अपराजित यात्रालाई कायम राख्ने योजनामा मैदान उत्रिँदै छ । पोखरा कुशल भुर्तेलको कप्तानीमा मैदान उत्रिनेछ। जनकपुरको नेतृत्व भने अनिल शाहले गर्नेछन्। पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको पोखरा एभेन्जर्स भने दोस्रो खेलमा पहिलो जित निकाल्न चाहन्छ । एनपीएलको दुई खेलमध्ये एक खेलमा जित र १ खेलमा हार भोगेको काठमाडौँ दोस्रो…

Read More

झापा, २० मंसिर । काठमाडौँ। नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३४ रुपैयाँ २९ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ८९ रहेको छ । राष्ट्र बैंकका अनुसार युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ११ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ७८ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रुपैयाँ ४३ र बिक्रीदर एक सय ७२ रुपैयाँ १९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५२ रुपैयाँ ६५ पैसा र बिक्रीदर एक सय ५३ रुपैयाँ ३३…

Read More

झापा, २० मंसिर । हाल देशमा कुनै पनि विशेष मौसम प्रणाली रहेको छैन । हाल कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका थोरै स्थानहरूमा हल्का हुस्सु लागेको छ। आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । राति कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

Read More

बिर्तामोड, १९ मंसिर । दस दिनपछि हुने बिर्तामोड झापा कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मोफसलको चर्चित फुटबल क्लब झापा ११ एफसीको आयोजनामा हुन लागेको प्रतियोगिताका लागि अस्थायी प्यारापिट निर्माण सम्पन्न भएको छ । १० हजार दर्शक क्षमताको बाँसको अस्थायी प्यारापिट बनाइएको छ । त्यस्तै, प्रतियोगितालाई अझ उत्कृष्ट, भव्य र परिष्कृत बनाउनका लागि सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको क्लबका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए । छोटो समयमै खेलमैदान उत्कृष्ट र शानदार बनाइएको छ । यही मंसिर २९ गतेदेखि बिर्तामोड–३ मा रहेको डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगिताका लागि मैदानको झार छाँटेर रंगशालालाई पुरानै अवस्थामा पु¥याइएको छ…

Read More

बनियानी, १९ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सूचना प्रविधिको युगले सनातन धर्ममाथि थप चुनौती बढ्ने सक्ने बताउनुभएको छ । झापाको कचनकवल–६ बनियानीस्थित रामजानकी तथा रामेश्वर शिव मन्दिरद्वारा आयोजित संगीतपूर्ण श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ १०८ अन्तर्गत ३०औं महापुराणमा सम्बोधन गर्नुहुँदै अध्यक्ष लिङ्देनले पछिल्लो समय सनातन धर्म र हिन्दुत्वमाथि चुनौती बढ्दै गएको बताउनुभयो । “वर्तमान परिप्रेक्ष्यमा हाम्रो धर्ममाथि संकटको संकेत देखिँदैछ”, झापा क्षेत्र नं. ३ का सांसद समेत रहनुभएका उहाँले भन्नुभयो, “यस्ता चुनौतीहरू सामना गर्न चनाखो र जागरूक बन्नुपर्छ ।” धर्मको संरक्षणका लागि सबै सचेत हुनुपर्नेमा जोड दिनुहुँदै उहाँले धार्मिक अनुष्ठानहरूले धर्मप्रतिको जिम्मेवारीबोध गराउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख…

Read More

झापा, १९ मंसिर । झापाको हात्तीप्रभावित क्षेत्रमध्ये एक बिर्तामोड नगरपालिका–७ मा ‘एक घर, एक बत्ती अभियान’ शुरु गरिएको छ । जंगली हात्ती प्रभावित यस वडामा स्थानीयबासीलाई रातिको समयमा हिँड्डुल गर्न र हात्तीबाट बच्न सहज होस् भन्ने उद्देश्यले अभियान शुरु गरिएको वडाध्यक्ष अबिरल कृष्ण खरेलले जानकारी दिनुभयो । बिर्तामोड–७ मा रहेको २४ वटा टोलमध्ये हात्तीबाट बढी प्रभावित बाह्रघरे, झोलुङ्गे, खालबाडी, सिमसार, पाथिभरा, श्रीजंघा, फक्तालुङ लगायतका टोलमा एक सय ५० वटाभन्दा बढी उज्यालो दिने सडक बत्ती जडान गरिएको उहाँले बताउनुभयो । सडक बत्ती जडानका लागि प्रति बत्ती रू एक हजार पाँच सयदेखि रू तीन हजारसम्म खर्च लाग्ने जनाइएको छ । स्थानीयबासीको घरबाटै…

Read More