jhapaonline add

झापा, २७ कात्तिक । बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषणा गरेको सिभिल सहकारीका एक हजार ६०० पीडितले करिब रु सात अर्ब बचत माग गरेका छन्। बागमती प्रदेशको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सिभिल सहकारी पीडितका लागि माग दाबीको निवेदन दिन जारी गरेको ३५ दिने सूचना सोमबार सकिएको थियो। सोमबार एक हजार ६०० पीडितले रु सात अर्ब दाबी गरेको समितिका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता प्रभात अधिकारीले जानकारी दिए। सिभिल सहकारीलाई बागमती प्रदेश सरकारले २०८० भदौ २१ गते समस्याग्रस्त घोषणा गरेको थियो। प्रदेश सहकारी ऐन, २०७६ अनुसार सिभिललाई समस्याग्रस्त घोषणा गरेको थियो। सिभिललाई समस्याग्रस्त घोषणा गरेपछि प्रदेश सरकारले २०८० पुस २२ गते समिति…

Read More

झापा, २७ कात्तिक । नेपालले यूएईमा जारी आईसीसी यू–१९ महिला विश्वकप एसिया क्षेत्र छनोटमा कुवेतमाथि लगातार दोस्रो जित निकालेको छ। आज भएको खेलमा कप्तान पूजा महतोको विस्फोटक ब्याटिङ र घातक बलिङले नेपालले कुबेतलाई १ सय ६५ रनको फराकिलो जित निकालेको हो । नेपालले दिएको २ सय १४ रनको लक्ष्य पछ्याएको कुवेत १३ ओभरमा ४८ रन बनाउँदा अलआउट भयो ।

Read More

झापा, २७ कात्तिक । निर्वाचन आयोगले आगामी मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा मनोनयन हुने उम्मेदवारको योग्यता निर्धारण गरेको छ । आयोगले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ र निर्वाचन आयोग ऐन, २०७३ अनुसार स्थानीय तहको उपनिर्वाचनमा मनोनयन हुने उम्मेदवारको योग्यता र अयोग्यता सम्बन्धमा उपनिर्वाचनमा भाग लिने राजनीतिक दललाई निर्देशन दिने निर्णय गरेको जनाएको छ । आयोगले एक्काईस वर्ष उमेर पूरा भएको, उपनिर्वाचन हुने गाउँपालिका वा नगरपालिकाको सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको र कुनै कानूनले अयोग्य नभएको व्यक्तिले मनोनयन गर्न सक्ने योग्यता निर्धारण गरेको छ । २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष, नगरपालिकाको प्रमुख…

Read More

झापा, २७ कात्तिक । गण्डकी प्रदेशसभा सदस्य राजीव गुरूङ (दीपक मनाङे) लाई पक्राउ गरिएको छ । स्थानीय सानोभ(याङबाट निजलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको हो । केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाका अनुसार निजलाई आजै काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइनेछ । केही दिनअघि ज्यान मार्ने उद्योगको कसुरमा निजलाई सर्वोच्च अदालतले पाँच वर्ष जेल सजाय सुनाएको थियो ।

Read More

झापा, २७ कात्तिक । आज दिउँसो अन्दाजी १२ः३० बजे झापाको झापा गाउँपालिका–६ भृकुटी चौकमा एकआपसमा मोटरसाइकल ठोक्किदा तीन घाइते भएका छन।कनकाई नगरपालिका–३ बस्ने मोटरसाईकल चालक पुर्णबहादुर लिम्बू,त्यसमा सवार मेखराज लिम्बू र अर्का मोटरसाइकलका चालक झापा–५ का तारिक अनुवर घाइते भएका हुन। अमरपथ सडक खण्डमा सुरुङ्गाबाट झापा बजार तर्फ आइरहेको प्र १–०१–०१५–७७१७ नम्बरको मोटरसाइकल सँग सुरुङ्गा तर्फ जाँदै गरेको मे ६ प. ६० नम्बरको मोटरसाइकल ठोकिएको हो । उनीहरु तिनै जनालाई उपचारका लागि बिएण्डसी अस्पताल बिर्तामोड पठाइएको प्रहरीले जनाएको छ।

Read More

झापा, २७ कात्तिक । देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया…

Read More

अर्जुनधारा, २७ कात्तिक । आन्तरिक पर्यटकको आकर्षण केन्द्र बन्दै गएको सुखानी सहिद स्मृति पार्कमा आर्थिक वर्ष २०७९र८० को तुलनामा गत आवमा पर्यटक आवागमन घटेको छ । पार्कको मुख्य आकर्षणका रूपमा रहेको वाटर ‘म्यूजिकल फाउण्टेन’ बाट रात्रिकालीन सेवा दिन नसकेपछि पर्यटक घटेका पार्कका सहायक व्यवस्थापक योगेन्द्र रिजालले बताउनुभयो । उहाँका अनुसार आव २०७९–८० मा रात्रिकालीन फाउण्टेन सञ्चालन हुँदा दुई लाख २१ हजार आन्तरिक तथा बाह्य पर्यटक पार्कमा आएका थिए । उक्त वर्ष टिकट शुल्कबापत रु एक करोड १० लाख सङ्कलन गरेको उहाँले जानकारी दिनुभयो । फाउण्टेनमा समस्या आएसँगै दिवा सेवा मात्र सञ्चालन गर्न थालेपछि गत आवमा एक लाख ८४ हजार मात्र…

Read More

झापा, २७ कात्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४३ रुपैयाँ ६५ पैसा र बिक्रीदर एक सय ४४ रुपैयाँ २९ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७३ रुपैयाँ ५५ र बिक्रीदर एक सय ७४ रुपैयाँ ३२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५३ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ५३ रुपैयाँ ९३ पैसा कायम गरिएको छ ।…

Read More

झापा, २७ कात्तिक । हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरी यो पर्व मनाइँदै छ । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ । हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूलमालाले सजाएर आज विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले…

Read More

झापा, २७ कात्तिक । आज हरिबोधिनी एकादशीको अवसरमा झापाका पाँच वटा पालिकाले स्थानीय बिदा दिएका छन् । जिल्लाका भद्रपुर, कचनकवल, हल्दिबारी, झापा र गौरीगञ्ज गाउँपालिकाले आज स्थानीय बिदा दिएका हुन् । आदिवासीहरूले ठूलो एकादशीलाई महान् पर्वको रुपमा मनाउने गरेका छन् । आदिवासीहरूको बाहुल्यता रहेको पालिकाहरुले बिदा दिएका हुन् । हिन्दु धर्मावलम्बीहरूले हरिबोधनी एकादशीलाई सबैभन्दा ठुलो एकादशीका रूपमा लिने गर्दछन् ।

Read More