jhapaonline add

झापा, २३ कात्तिक । झापा शिवसताक्षीमा तास खेलिरहेको अवस्थामा १८ जना पक्राउ परेका छन् । गोप्य सूचनाका आधारमा प्रहरीले चन्द्रमणि रिमालको घरबाट ४ लाख ५४ हजार ५०० रुपैयाँ र एक बुङ ताससहित उनीहरूलाई नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालय दमकले गोप्य सूचनाका आधारमा उनीहरूलाई आज बिहानको रातको १ः३० बजे पक्राउ गरेको हो । यी हुन् पक्राउ पर्नेहरु १. जिल्ला झापा शिवसताक्षि नगपालिका वडा नम्बर -११ बस्ने बर्ष-६२ को चन्द्रमणि रिमाल ।२. ऐ.ऐ. ५ बस्ने बर्ष- ३३ को मुकेश राउत ।३. ऐ.ऐ. -११ बस्ने बर्ष-४५ को राजेन्द्र बास्कोटा ।४. ऐ.ऐ. ४ बस्ने बर्ष- २४ को सेवराज राजवंशी ।५. ऐऐ. ७…

Read More

बनियानी, २३ कात्तिक । झापामा हर्षोउल्लासका साथ छठ पर्व मनाइएको छ । व्रतालुहरुले आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएसँगै छठ पर्व सम्पन्न भएको हो । झापाका मेची, निन्दा, हडिया, देउनिया, अदुवा, बिरिङ, कन्काई, रुतुवा, मावा, बनियानी, देउनिया लगायत खोला–नदी किनारमा भव्य रूपमा पूजा गरिने छ । झापाको कनकाईस्थित बिरिङ खोलाको किनारमा यहाँका स्थानीयबासीले समावेशी रुपमा छठ पर्व मनाए । २०४५ सालदेखि नै यहाँ छठ पर्व गरिँदै आए पनि पछिल्लो समय सबै जातजाति मिलेर समावेशी रुपमा छठ पर्व मनाउँदै आएको श्री छठ पूजा समिति कनकाई–९ घैलाडुब्बाका अध्यक्ष राजेश शाहले बताउनुभयो । झापाको भद्रपुर नगरपालिका–५ स्थित मेची नदीमा नेपाल तथा भारततिरबाट वारिपारि…

Read More

झापा, २२ कात्तिक । छठ पूजाका लागि बिर्तामोडको कृषि थोक बजारबाट करिब साढे ३७ लाख बराबरको केरा बिक्री भएको छ । छठ पूजाका लागि ब्रतालुहरुले तीन दिनमा बिर्तामोडको कृषि थोकबाट उक्त मूल्य बराबरको केरा बिक्री भएको हो । छठ पर्वका लागि प्रतिदिन १५ सय घरीका दरले केरा बिक्री भएको कृषि बजार व्यवस्थापन समितिकी तथ्यांक सहायक माया राजवंशीले बताइन् । उनले केराको घरी ३५० देखि ९०० रुपैयाँसम्म बिक्री भएको जानकारी दिइन् । कृषि थोकमा इलामको दानावारी, महमाई, झापाको खुदुनावारी, शनिश्चरे लगायतका स्थानबाट केरा बिक्रीका लागि आउने गरेको छ । गत वर्षको तुलनामा यस वर्ष छठ पर्वमा केराको माग बढेको छ ।…

Read More

खोटाङ, २२ कात्तिक । शिकार खेल्न गएका खोटाङ केपिलासगढी गाउँपालिका–१ पिपिङ का ५८ वर्षीय जगतप्रसाद राईको भरुवा बन्दुक पड्केर मृत्यु भएको छ । उनी सोही ठाउँको हातीढुङ्गे जंगलमा शिकार खेल्न गएका थिए । हिजो साँझ अन्दाजी ७ बजे भरुवा बन्दुक पड्केको आवाज सुनेर आफन्तहरुले गई हेर्दा जंगलमा उत्तानो परेको अबस्थामा उनी मृत फेला परेका थिए । घटनाबारे जानकारी गराएपछि प्रहरी टोलीले आज बिहान घटनास्थल पुगेर सुरक्षित राखेको र थप अनुसन्धान तथा कानुनी प्रक्रिया शुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

Read More

इलाम, २२ कात्तिक । इलामका ठूला खोलामा करेन्ट लगाएर र विष्फोटक पदार्थ प्रयोग गरी माछा मार्नेक्रम बढेको छ ।  जेनेरेटर र विष्फोटक पदार्थ (ग्रिनेड बम) समेत प्रयोग गरी माछा मार्दा मानिसको ज्यानसमेत जोखिममा पर्नेगरेको छ । जिल्लामा रहेका माइखोला, जोगमाई, देउमाई, पुवालगायत खोलामा करेन्ट लगाएर र विष्फोटक पदार्थ प्रयोग गरी माछा मार्ने गरिएको स्थानीयले बताएका छन् । सानो जेनेरेटर र ग्रिनेड प्रयोग गरी माछा मार्ने गरिएको स्थानीयको भनाइ छ । माइखोलामा अहिले स्थानीय जातका माछा नै मासिइसकेको एक स्थानीयले बताए । यसरी माछा मार्दा जलचरको नाश हुनेमात्र नभइ ग्रिनेड प्रयोगले कतिपयका हातसमेत चुँडिएका थिए । ‘असला, बुदुना, सहर, गोज, चेप्टी, ठेड,…

Read More

झापा, २२ कात्तिक । सञ्चालनमा आएको एक महिना नबित्दै इटहरी उपमहानगरपालिकाको एउटा नगर बस थन्किएको छ । १ करोड ५९ लाखमा खरिद गरिएको सो विद्युतीय नगर बस दुर्घटनामा परेको एक महिना हुन लाग्दासमेत मर्मत हुन सकेको छैन । म्याजिक भ्यानले ठक्कर दिएर चालक सिटतर्फको सिसा र लुकिङ ग्लास फुटेपछि बस उपमहानगर कार्यालय परिसरमै थन्किएको हो । इटहरीको बजारलाई गाउँसम्म जोड्ने नीतिका साथ खरिद गरिएको सो विद्युतीय बसको मर्मतको सामान मगाउन समस्या भएपछि सञ्चालनमा आउने टुंगो नभएको उपमहानगर स्रोतले जनाएको छ । असोज २५ गते इटहरी पश्चिमतर्फ कान्छी चोकबाट पटेरुवा जाँदै गरेको प्रदेश १–०२–००१ क ५३४२ नम्बरको सो बस दुर्घटनामा परेको…

Read More

झापा, २२ कात्तिक । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालबाट भारतमा चिया निर्यात ३० प्रतिशतभन्दा धेरैले बढेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार साउन, भदौ र असोजमा गरी ६२ लाख ६१ हजार किलोभन्दा धेरै सीटीसी चिया निर्यात हुँदा एक अर्ब ६३ करोड रुपैयाँभन्दा धेरै आम्दानी भएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनामा ४७ लाख किलोभन्दा केही बढी सीटीसी चिया भारतमा निर्यात गर्दा एक अर्ब १० करोड रुपैयाँ आम्दानी भएको थियो । यस वर्ष चियाको भाउ बढेका कारण निर्यात ३० प्रतिशतले बढ्दा आम्दानी झन्डै ५० प्रतिशतले बढेको छ । भारतमा चिया उत्पादन घटेकाले नेपाली चियाको माग र भाउ दुवै बढेको चिया सहकारी…

Read More

झापा, २२ कात्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ १६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ १६ पैसा कायम गरिएको छ । युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७३ रुपैयाँ २० पैसा र बिक्रीदर एक सय ७३ रुपैयाँ ९७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५३ रुपैयाँ ४८ पैसा र बिक्रीदर एक सय ५४ रुपैयाँ १६…

Read More

झापा, २२ कात्तिक । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व मङ्गलबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफलहोस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’…

Read More

झापा, २२ कात्तिक । हाल देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको बताएको छ । विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसमसफा रहने छ । आगामी २४ घण्टामा कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण,…

Read More