jhapaonline add

झापा, १ मंसिर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले देशका विभिन्न जिल्लामा भएका बाल विवाह अन्त्य गर्ने उद्देश्यले ‘बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति २०८१’ ल्याउने भएको छ । बालविवाहका कारण बैवाहिक जीवन दिगो नहुने, परिपक्व नभई सन्तान जन्माउँदा स्वास्थ्यसम्बन्धी विभिन्न समस्या देखिने, लैङ्गिक हिंसा, यौनजन्य हिंसा, बालश्रम, बेचबिखन जस्ता थप हिंसाहरूले बालिका र महिला थप प्रताडित हुने समस्या रोक्नका लागि पनि रणनीति निर्माणको अन्तिम चरणमा पुगेको महिलामन्त्री नवलकिशोर साह सुडीले जानकारी दिनुभयो । विवाह गर्ने वा नगर्ने भन्ने विषय प्रत्येक व्यक्तिको नैसर्गिक अधिकार भएको र बालबालिकाको शिक्षा, प्रजनन स्वास्थ्य र बाल अधिकारलाई ध्यानमा राखी नेपालमा २० वर्षमुनि उमेरका व्यक्तिको…

Read More

झापा, १ मंसिर । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ५१ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ १५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७० रुपैयाँ ८७ र बिक्रीदर एक सय ७१ रुपैयाँ ६३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ८४ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ ५१ पैसा कायम गरिएको छ ।…

Read More

झापा, १ मंसिर । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको आजको बैठकले मध्यरातदेखि लागू हुने गरी डिजेल र मट्टितेलको साबिकको बिक्री मूल्यमा प्रतिलिटर तीन रुपैयाँ बढाएको हो । मूल्य समायोजनसँगै डिजेल र मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर एक सय ५० रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा एक सय ५२ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ५३ रुपैयाँ कायम भएको छ । निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो तथा काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो वर्गमा वर्गीकरण गरेको छ । इन्डियन आयल…

Read More

झापा, १ मंसिर । हाल देशभर पश्चिमी वायु तथा पहाडी भू(भागमा स्थानीय वायुको सामान्य प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी भू(भागका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना भने छ । आज राति कोशी, बागमती र गण्डकी प्रदेश पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ । आगामी २४ घण्टामा तराईका क्षेत्रमा बिहानीपख र राति बाक्लो हुस्सु र कुहिरोको सम्भावना रहेकाले…

Read More

झापा, १ मंसिर । निता स्मृति प्रतिष्ठानले झापा क्षेत्र नम्बर २ स्तरीय निबन्ध प्रतियोगिता गर्ने भएको छ । प्रतिष्ठानका संयोजक उमानाथ ओलीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ स्तरीय सरकारी विद्यालयका कक्षा ८ देखि १२ सम्मका विद्यार्थीबीच निवन्ध प्रतियोगिता गर्ने भएको हो । प्रतिष्ठानले तीन तहको लेखन प्रतियोगितामा प्रथम हुनेलाई रु ७० हजार, द्वितीयलाई ५० हजार र तृतीय हुनेलाई ३० हजार पुरस्कार राशी वितरण गर्ने संयोजक ओलीले जानकारी दिनुभयो । पहिलो चरणमा यस निर्वाचन क्षेत्र सहित बिर्तामोड र अर्जुनधारा नगरपालिकाका सबै माविका विद्याथीहरुबाट सोही विद्यालयले बुद्धका बारेमा निवन्ध लेखाई ३÷३ जना छनौट गरी मंसिर ७ गते नाम…

Read More

झापा, ३० कात्तिक । झापा, मोरङ, सुनसरी र संखुवासभाका विभिन्न स्थानबाट लागुऔषधसहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले झापाको मेचीनगर गरपालिका–६ स्थितबाट मुगुका २२ बर्षीय हिरा प्रसाद जैसीलाई २ ग्राम ब्राउन सुगर, दमक नगरपालिका–३ का २५ बर्षीय मनिश कुमार धिमाललाई पक्राउ गरेको कोशी प्रदेश प्रहरी प्रवक्ता भीम बहादुर दाहालले जानकारी दिए। यस्तै, दमक–४ का २४ बर्षीय मनिश अधिकारीलाई ६ ग्राम ८ सय ४० मिलिग्राम ब्राउन सुगर, मेचीनगर नगरपालिका–१० का ३३ बर्षीय नेसरु मियालाई २ ग्राम १ सय १० मिलिग्राम लागुऔषध ब्राउन सुगर सहित र प्रहरी चौकी चारआलीले मेचीनगर-१२ का २७ बर्षीय पवन…

Read More

स्पेन, ३० कात्तिक । स्पेनको उत्तरपूर्वी शहर भिल्लाफ्रान्का डी इब्रोको एक वृद्धाश्रममा बिहीबार राति आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । स्पेनी सञ्चारमाध्यमका अनुसार स्थानीय समयअनुसार बिहान ५ः०० बजे आगलागी हुँदा त्यहाँ ८२ जना रहेका थिए । आगलागीको कारण समाचार तयार पार्दासम्म थाहा हुन सकेको छैन । वृद्धाश्रमले ‘एक्स’मा एक विज्ञप्ति जारी गर्दै आगलागी र केही व्यक्तिको मृत्युको पुष्टि गरेको छ तर उक्त पोस्टमा थप विवरण उपलब्ध गराइएको छैन। शहरका मेयर भोल्गा रामिरेज गामिजले पत्रकारहरूलाई बताएअनुसार एउटा कोठामा आगलागी भएको तर आगलागीका कारण पूरै निवासभरि धुवाँ फैलिएको थियो। “भाग्यवश, त्यो कोठामा सुरक्षा ढोका रहेछ र यसका कारण आगो…

Read More

पोखरा, ३० कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई आज भैरहवाबाट पोखरा ल्याइएको छ । सहकारीको रकम अपचलन गरेको आरोपमा कार्तिक २ गते पक्राउ पर्नुभएका उहाँलाई बुटवलको सुप्रिम सहकारीको रकम अपचलन गरेको आरोपमा बयानका लागि गत मङ्गलवार कास्कीबाट जहाजबाट भैरहवा लगे पनि पुनः शुक्रबार पोखरा ल्याइएको हो । जिल्ला प्रहरी कार्यालय अघि जम्मा भई नारा जुलुस लगाउने १ महिलासहित ७ जनालाई पक्राउ गरिएको कास्कीका सूचना अधिकारी वसन्त कुमार शर्माले बताउनुभयो । निषेधित क्षेत्रमा नारा जुलुस नलगाउन आग्रह गर्दागर्दै नारा जुलुस गरेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको सूचना अधिकारी शर्माले जनाउनुभयो । लामिछानेलाई कास्की जिल्ला अदालतले…

Read More

झापा, ३० कात्तिक । अस्पतालमा बिरामीको चाप बढेसँगै झापा जिल्लामा रगतको अभाव हुन थालेको छ । बिरामीको चाप बढेसँगै रगतको अभाव हुन थालेको नेपाल रेडक्रस सोसाइटी झापा शाखाले जनाएको छ । जिल्लाका अस्पतालहरुमा दैनिक ५० देखि ६० युनिट रगत खपत हुने गरेको छ । हाल रक्तसञ्चार केन्द्र विर्तामोड, बिएण्डसी र भद्रपुरमा गरी ६६ यूनिट मात्र रगत मौज्दात रहेको रेडक्रसका रक्तसञ्चार प्रमुख शिशिर दाहालले बताए । उनका अनुसार क्यान्सर, एनिमिया, थालासेमियालगायतका बिरामीलाई हप्तैपिच्छे रगत लगाउनुपर्ने हुँदा पनि जिल्लामा रगत धेरै खपत हुने गरेको छ । उनले साउन, भदौ र असोजमा चार हजार दुई सय ८५ युनिट रगत खपत भएको जानकारी दिए…

Read More

बाँके, ३० कात्तिक । बाँकेको कोहलपुरमा समलिङ्गी विवाह दर्ता भएको छ । जाजरकोटकी ३० वर्षीया सन्जु विक र कोहलपुर १४ की २९ वर्षकी रिचा सुनारले वडा नं. १४ को कार्यालयमा पुगेर समलिङ्गी विवाह दर्ता गराउनु भएको अध्यक्ष नमबहादुर आले मगरले बताउनु भयो । ‘विवाह गर्ने जोडीको परिवारसँग समेत कुराकानी गरेर दुवैको राजीखुशीमा विवाह दर्ताको प्रमाणपत्र जारी भएको वडा अध्यक्ष मगरले जानकारी दिनु भयो ।समलिङ्गी विवाह दर्ता गर्न राष्ट्रिय परिपत्र तथा पञ्जीकरण विभागले १२ वैशाख २०८१ मा सबै स्थानीय तहलाई परिपत्र जारी गरेको थियो ।

Read More