jhapaonline add

झापा, २३ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ घट्दा यूरोपियन यूरोको बिनिमय दर भने बढेको छ । मङ्गलबार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ सात पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६७ पैसा कायम भएकामा आज खरिददर एक सय ३४ रुपैयाँ पाँच पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६५ पैसा कायम भएको छ । साथै हिजो युरोपियन युरो एकको खरिददर एक सय ४७ रुपैयाँ ११ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ ७७ पैसा रहेकामा आजका लागि भने खरिददर एक…

Read More

झापा, २३ असोज । जल तथा मौसम विज्ञान विभागले कोशी प्रदेशलगायत मधेस र बागमती प्रदेशका पूर्वी भागमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम, मधेश र बागमती प्रदेशका पश्चिमी भागमा पश्चिमी वायुको प्रभाव रहेको छ । हाल कोशी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहेको छ । कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको विभागले आज बिहान ६ः०० बजे जारी गरेको मौसम ‘बुलेटिन’मा जनाइएको छ । विभागका अनुसार आज दिउँसो कोशी र मधेस प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी प्रदेशका…

Read More

रामेछाप, २३ असोज । रामेछापको खाँडादेवी गाँउपालिका–३ भीरपानीमा मङ्गलबार साँझ यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएको प्रहरीले जनाएको छ । काठमाडौँबाट मन्थलीहुँदै सिन्धुलीको सुनकोशी गाँउपालिकास्थित अमारे जाँदै गरेको प्र ०१–००५–ख ९५७९ नम्बरको बस ब्रेक फेल हुँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । बसमा ३५ जना यात्रु सवार थिए । दुर्घटनामा परी मृत्यु हुनेमा सिन्धुली सुनकोसी गाँउपालिका–६ खहरे खोलाकी १७ वर्षे युवती युनिषा श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक प्रदिप कुमार सिंहले जानकारी दिनुभयो । अधिकांश घाइतेलाई सिन्धुली जिल्ला अस्पतालमा उपचारका लागि पठाइएको छ भने बसका चालकलाई…

Read More

झापा, २३ असोज । आश्विन शुक्ल षष्ठीका दिन आज दसैँ घर वा पूजा कोठामा कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठीका दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । कुनै समय देवताहरुको कार्यसम्पादन गर्न भगवती देवी कात्यायन ऋषिका आश्रममा अत्यन्त सुन्दरी कुमारीका रुपमा अवतार लिइछन् । उनको बाल सौन्दर्यबाट मुग्ध भएर कात्यायन ऋषिले पुत्रीका रुपमा स्वीकार गरेछन् । यसैले यिनको नाम कात्यायनी भएको विभिन्न पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ । कात्यायनीको प्रतिमा लक्षणमा शार्दूल वाहन भएकी, दानव घातिनी, हातमा खड्ग लिएकी, एउटा चुल्ठो भएकी, कानमा जपापुष्प (एक प्रकारको फूल) तथा यार्लिङ…

Read More

झापा, २३ असोज । हाल कोशी प्रदेश लगायत मधेस प्रदेश र बागमती प्रदेशको पूर्वी भू–भागमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत मधेस प्रदेश र बागमती प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार कोशी प्रदेश र मधेस प्रदेश लगायत देशका पहाडी भू(भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक(दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यता यस वर्षको मनसुन कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र…

Read More

भद्रपुर, २२ असोज । कोशी प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री भूमिप्रसाद राजवंशीले ‘राजवंशी साहित्य’ नामक पुस्तकको विमोचन गरेका छन् । कन्काई नगरपालिकाको वडा नं– ९ मा पर्ने घैलाडुब्बाको टेकनारायणबारीस्थित कोच राजवंशी सांस्कृतिक संरक्षण तथा पर्यटन प्रवद्र्धन केन्द्र (राजवंशी संग्रहालय) मा एक कार्यक्रमका बीच प्रमुख अतिथि राज्यमन्त्री राजवंशीले सो पुस्तक विमोचन गरेका हुन् । राजवंशी साहित्य प्रकाशन समितिले प्रकाशन गरेको उक्त पुस्तकको विमोचनमा कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्र राजवंशी लगायत सहभागी थिए । राजवंशी समाज विकास समितिद्वारा असोज २२ गते आयोजित सो कार्यक्रममा २०८१ सालको जात्रा पावनीको उपलक्ष्यमा शुभकामना आदानप्रदान समेत गरिएको संजीव प्रधानले जानकारी दिए । त्यस अघि असोज २१ गते…

Read More

झापा, २२ असोज । मेची राजमार्गको इलाम राजदुवाली खण्ड सञ्चालनमा आएको छ । गत शुक्रबार अवरुद्ध सडक खण्ड साना सवारीका लागि खुलेको हो । माईखोला पुलछेउ भत्किएको सडकमा ग्याविनजाली भरेर सडक खुलाइएको हो । त्यस्तै त्यसमाथि दबिएको सडकको विकल्पमा नजिकैबाट करिव ६० मिटर नयाँ ट्रयाक निर्माण गरिएको छ । तत्कालाई साना सवारी साधन राजदुवाली खण्डबाट संचालन भए पनि ठूला सवारीका साधन भने अझै चल्ने अवस्था छैन । विकल्पकोलागि केचना कंचनजंघाका सडकको इलाम भञ्ज्याङबाट माई नगरपालिकाहुँदै झापा झर्ने सडक र तिल्केनी सिमलगोलाई सडकलाई खुलाउने प्रयास पनि जारी छ ।

Read More

बिर्तामोड, २२ असोज । राजवंशी युवा समाजको केन्द्रीय अध्यक्षमा पत्रकार अर्जुन राजवंशी चयन भएका छन् । राजवंशी समाज विकास समिति केन्द्रीय समितिले आज झापाको घैलाडुब्बामा आयोजना गरेको बृहत्त भेलामार्फत राजवंशीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । भेलाले राजवंशी समाज विकास समितिको विधानअनुसार मनोनित समेत गरी २५ सदस्यीय युवा समिति गठन गरेको हो । राजवंशी युवा समितिको उपाध्यक्ष पुरुषतर्फ विक्रम राजवंशी, उपाध्यक्ष महिलातर्फ पिङ्की राजवंशी, महासचिवमा प्रशान्तकुमार राजवंशी, दुई जना सचिवमा कपिलदेव राजवंशी र मेनुका राजवंशी तथा कोषाध्यक्षमा अनिल राजवंशीलाई सर्वसम्मत चयन गरेको राजवंशी समाज विकास समितिका केन्द्रीय अध्यक्ष अभय राजवंशीले जानकारी दिए । राजवंशी युवा समाजको सदस्यमा हेमनारायण राजवंशी, भरत…

Read More

झापा, २२ असोज । झापाको कन्काई नगरपालिका–८ स्थित विरिङ खोलामा दुर्गा प्रसाईंका समर्थकले आगजनी गर्दा ट्रक चाकको मृत्यु भएसँगै प्रहरीले ८ जनालाईलाई नियन्त्रणमा लिएर ज्यान सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ । आरोपीहरुविरुद्ध ज्यान सम्बन्धी कसुर, आपराधिक उपद्रव र ज्यान मार्ने उद्योग समेतको मुद्दामा अदालतबाट अनुमति लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्ण कुमार चन्दले जानकारी दिए । आगजनी र ज्यान मुद्दामा संलग्न आरोपमा पक्राउ पर्नेमा झापा हाल्दिबारी घर भएका २४ वर्षीय विवश लिम्बु, मेचीनगरका ३४ वर्षीय राजेश महत, अर्जुनधारा घर भएका ३८ वर्षीय रुद्र भुजेल, हाल्दिबारी गाउँपालिका घर भएका ५१ वर्षीय वीर बहादुर गुरुङ र झापा बिर्तामोड…

Read More

सफलता फुयल प्राकृतिक विपतको रणभूमिमाहराएको शान्ति खोज्दा खोज्दैफेरि टुप्लुक्क आएछ चाडपर्व । बाढी, पहिरो र विपत्को खबर सुन्दा सुन्दै,शोकाकुल परिवारजनको खुसी माग्दा माग्दै,भिजेका परेली पुस्तापुस्तै,समयको दौडानसँगै,भित्तेपात्रोको पल्टिएको पानासँगैघुम्दै फिर्दै शरदका रातसँगैघर आँगनमा फेरि आएछ चाडपर्व। तर यसपालिकसरी दिउँ शुभकामना ?कसलाई दिउँ म शुभकामना ? दाजुभाइ बाटोमै फँसेका छन्बाढी र पहिरोमा अलपत्र परेका छन्राहत र उद्धारको बाटो कुरिरहेका छन्कसैको सिउँदो पुछिएको छ,कसैको काख रितिएको छ,कसैको परिवार बिछोडिएको छ, धेरैका भविष्यका सपनाहरु बाटोमै पुरिएका छन्दशैं आँसुको भेलमा बगेको छ । यस्तो अन्योल अवस्थामा,देश रोइरहेको बेलामा,खुसी बिलाएको बेलामा,उमङ्ग हराएको बेलामा,मनको भावनाको पहिरो गएको बेलामा,खै, कसरी दिउँ र शुभकामना ?खै, के दिउँ र शुभकामना…

Read More