
झापा, २२ असोज । मेची राजमार्गको इलाम राजदुवाली खण्ड सञ्चालनमा आएको छ । गत शुक्रबार अवरुद्ध सडक खण्ड साना सवारीका लागि खुलेको हो ।
माईखोला पुलछेउ भत्किएको सडकमा ग्याविनजाली भरेर सडक खुलाइएको हो । त्यस्तै त्यसमाथि दबिएको सडकको विकल्पमा नजिकैबाट करिव ६० मिटर नयाँ ट्रयाक निर्माण गरिएको छ ।
तत्कालाई साना सवारी साधन राजदुवाली खण्डबाट संचालन भए पनि ठूला सवारीका साधन भने अझै चल्ने अवस्था छैन । विकल्पकोलागि केचना कंचनजंघाका सडकको इलाम भञ्ज्याङबाट माई नगरपालिकाहुँदै झापा झर्ने सडक र तिल्केनी सिमलगोलाई सडकलाई खुलाउने प्रयास पनि जारी छ ।
Facebook Comments Box


