jhapaonline add

झापा, मंसिर २० । नेपाली सेनाको सहयोगमा सि.सं.१९ एनसीसी सिनियर डिभिजन तालिम लिइरहेका झापाका तीन वटा विद्यालयका विद्यार्थीहरुले अरिदमन गण चारआलीमा डेमोस्ट्रेशन गरेका छन् । झापा मोडेल स्कुल, धुलाबारी माध्यमिक विद्यालय र जनता माध्यमिक विद्यालयका १०८ जना प्रशिक्षार्थीहरुले डेमोस्ट्रेसन गरेका हुन् । अरिदमन गणका सकलदर्जाहरुले तयार गरेको बाधापारको डेमोस्ट्रेशनमा प्रशिक्षार्थीहरुले भाग लिएको गणका गणपति प्रमुख सेनानी प्राजु बस्न्यातले बताए । उनले प्रशिक्षार्थीहरुका लागि गर्ने तरिकाको बारेमा अभ्यास र कक्षा संचालन गरिएको जानकारी दिए । बिहीबार बिहान ११ बजे अरिदमन गणमा प्रवेश गरेका प्रशिक्षार्र्थीहरुलाई गणपति बस्न्यातले स्वागत गरेका थिए । गत भदौ महिनादेखि झापाका तीनवटा विद्यालयमा एनसीसी सिनियर डिभिजन तालिम संचालन…

Read More

शिवसताक्षी, २० मंसिर । झापाको शिवसताक्षीमा २१ औं महिला स्वयंसेविका दिवसको अवसरमा चार जना महिलालाई सम्मान गरिएको छ । महिला स्वयसेविकाको रुपमा स्थानीय स्तरमा उल्लेखनीय योगदान पु¥याउने महिला स्वयसेविकाहरुलाई शिवसताक्षी नगरपालिकाले सम्मान गरेको हो । उनीहरुलाई नगरप्रमुख मेगाहाङ्ग थोप्रा, उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्वाहाङफे र लेखा अधिकृत प्रकाश योङहाङ्गले नगदसहित सम्मान पत्र प्रदान गरेका हुन् । नगरपालिकाले शिवसताक्षी २ की उषा खतिवडा, वडा नं. ४ की मन्दिरा भट्टराई, वडा ७ की टंकमाया श्रेष्ठ र वडा नं. ८ विन्दा पोख्रेललाई सम्मान गरिएको स्वास्थ्य शाखा प्रमुख रोसन अधिकारीले जानकारी दिए । कार्यक्रममा नगरपालिकाका नगरप्रमुख मेघाहाङ थोप्राले महिला स्वयंसेविकाहरूको मेहनत…

Read More

झापा, २० मंसिर । २१ औं स्वास्थ्य स्वम्सेविका दिवसको अवसरमा आज झापाका १५ जना महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविकालाई सम्मान गरिएको छ । कोशी प्रदेश सरकारको ‘एक पालिका, एक महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका सम्मान कार्यक्रम’ अन्तरगत स्वास्थ्य कार्यालय झापाले १५ वटा पालिकाका १५ जना स्वास्थ्य स्वयम्सेविकाहरुलाई जनही १२ रुपैयाँसहित सम्मान–पत्र प्रदान गरिएको छ । कार्यक्रममा मञ्जु नेपाल मेचीनगर, रामला लिम्बू बुद्धशान्ति, लता खतिवडा अर्जुनधारा, कृष्णकुमारी कटुवाल कनकाई, तुलसादेवी घिमिरे शिवसताक्षी, बिमलादेवी भट्टराई कमल, रिता गौतम दंगाल दमक, गीता कार्की थापा गौरादह, गायत्री बस्नेत गौरीगञ्ज, सकुन्तला कटुवाल झापा, मिनाकुमारी राजवंशी बाह्रदशी, विष्णुकला चौधरी बिर्तामोड, शारदा उप्रेती हल्दिबारी, सविता पोखरेल भद्रपुर र मिरा…

Read More

अर्जुनधारा, २० मंसिर । झापाको बिर्तामोडस्थित सद्गुरु श्री देवचन्द्र सदन बिर्तामोडमा स्वर्ण मन्दिर निर्माण शुरु गरिएको हो । बुधबार एक कार्यक्रमबीच उक्त मन्दिरको अनन्त श्री विभुसित जगत गुरु १०८ कृष्ण मणिजी महाराजश्रीले शिलन्यास गरेका छन् । धर्मसँगै पर्यटनलाई बढवा दिने उद्देश्यले नेपालमै नमुना स्वर्ण मन्दिर बिर्तामोडमा निर्माण सुरु गरिएको मन्दिर निमार्ण समितिका अध्यक्ष कृष्णप्रसाद बजगाईंले जानकारी दिए । कार्यक्रममा कृष्णमणि जी महाराजको भब्य स्वागत गरिएको थियो । साथै उनले सहभागिलाई आशिबचन समेत दिएका थिए । सद्गुरु सदनका अध्यक्ष गोपाल बजगांइको अध्यक्षतामा भएको कार्यक्रममा श्री कृष्ण प्रणामी सेवा समिति नेपालका केन्द्रिय अध्यक्ष एसके शर्मा, पुर्व अध्यक्ष मदनकृष्ण शर्मा, केन्द्रिय सल्लाहकार संयोजक…

Read More

सन्तोष शर्माझापा, २० मंसिर । पछिल्लो समय झापाका शहर–बजार अव्यवस्थित तारका कारण कुरुप बन्दै गएका छन् । विभिन्न इन्टरनेट तथा केवल नेटवर्क सेवा प्रदायक संस्थाले जथाभावी रुपमा तार लगाउँदा जिल्लाका साना तथा ठूला शहर बजार कुरुप बन्दै गएका हुन् । पछिल्लो समय इन्टरनेट सेवा प्रदायक संस्था खुल्नेक्रम बढेसँगै विद्युतका पोलहरुमा अव्यवस्थित रुपमा असरल्ल तारहरु टाँगिएको देख्न सकिन्छ । यसैबीच, झापाको कनकाई नगरपालिका वडा नं. ३ ले अव्यवस्थित तारलाई व्यवस्थित गर्ने कार्यको शुरुवात गरेको छ । कार्यवाहक वडाध्यक्ष गोविन्द सुवेदीले विद्युतीय पोलहरुमा टाँगिएका अव्यवस्थित तारले नगर क्षेत्रलाई कुरुप बनाउनुका साथै दुर्घटनाको जोखिम बढाएको बताउनुभयो । “जताततै तार टाँगिएको छ, यसले बजार…

Read More

झापा, २० मंसिर । झापामा यो वर्ष तीन लाख ८५ हजार एक सय ९६ दशमलव पाँच मेट्रिक टन धान उत्पादन भएको छ । धान लगाइएको क्षेत्रफल घटे पनि उत्पादनमा भने सामान्य वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । यस वर्ष ७५ हजार चार सय ५९ हेक्टरमा धानखेती भएकामा उत्पादकत्व पाँच दशमलव १० मेट्रिक टन प्रतिहेक्टर रहेको केन्द्रका सूचना अधिकारी चेतराज भण्डारीले जानकारी दिए । “गत वर्षभन्दा यो वर्ष आठ हजार सात सय ९१ मेट्रिक टन धान उत्पादन बढेको छ”, उनले भने । जिल्लाको केही स्थानमा हर्दिना–६, सावा मसुली, बहुगुणी–२ लगायतका जातका धानबालीमा पेनिकल ब्लाइडको समस्या देखिए पनि समग्रमा धान…

Read More

झापा, २० मंसिर । बिर्तामोडस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ५० हजार क्विन्टल धान खरिद गर्ने भएको छ । कम्पनीका कार्यालय प्रमुख चुलमाया लोवाका अनुसार पहिलो चरणमा १५ हजार क्विन्टल सोनामन्सुली र पाँच हजार क्विन्टल रञ्जितमन्सुली धान खरिद गर्न लागिएको हो । “कम्पनीले धानको समर्थन मूल्य प्रति क्विन्टल रु तीन हजार पाँच सय ८० दशमलव ६२ तोकेको छ”, उनले भने, “कम्पनीले तोकेको मूल्य बजार भाउभन्दा माथि रहेकाले किसानले धान बिक्री गर्नेछन् ।”

Read More

पोखरा, २० मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सहारा सहकारीको रकम हिनामिना अभियोगमा चितवनमा बयान सकिएपछि राति ३ः३० बजे पोखरा ल्याइएको छ । लामिछानेलाई पुन म्याद थप गरेपछि पर्सा लैजाने प्रहरीको तयारी छ । लामिछाने र पूर्वडीआईजी छविलाल जोशीसहित १४ जनाविरुद्ध पर्साबाट सिन पक्राउ पुर्जी जारी भएको छ । सानो पाइला सहकारीको रकम अपचलन गरेको कसुरमा उनीहरुविरुद्ध प्रहरीले अनुसन्धान गरिरहेको छ । जीबी राई समूहले सञ्चालन गरेका पाँच सहकारीबाट करोडौँ रकम गोर्खा मिडियामा गएको थियो । लामिछाने गोर्खा मिडियाको सञ्चालक तथा प्रबन्ध–निर्देशक हुँदा उनले खर्च गरेका थिए । सोही आधारमा उनी अनुसन्धानको दायरामा तानिएका हुन् । हिजो…

Read More

जाजरकोट, २० मंसिर । जाजरकोटमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बुधबार राति करिब आठ बजे मध्यपहाडी लोकमार्ग अन्तर्गत भेरी नगरपालिका–१० नुवागाउँमा बोलेरो जिप दुर्घटन हुँदा चालकसहित २ युवाको मृत्यु भएको हो । दुर्घटनामा जिप चालक कैलालीका २४ वर्षीय मनोज केसी र जुम्लाका २३ वर्षीय मिथुम हमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । भेरी नगरपालिकाको कार्की गाउँबाट सोही नगरपालिकाको कुदुका लागि छुटेको कर्णाली प्रदेश ३०१०२३च ४७१९ नम्बरको बोलेरो जिप सडकबाट ७ सय फिट तल खसेको थियो ।

Read More

झापा, २० मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पनि दुई खेल हुँदैछ । पहिलो खेलमा पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्सबीच कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजेदेखि हुँदैछ भने दोस्रो खेलमा काठमाडौं गुर्खाज र सुदूरपश्चिम रोयल्सबीच दिउँसो १ बजेदेखि शुरु हुनेछ । एनपीएलमा लगातार दोस्रो जित निकालेको जनकपुर अपराजित यात्रालाई कायम राख्ने योजनामा मैदान उत्रिँदै छ । पोखरा कुशल भुर्तेलको कप्तानीमा मैदान उत्रिनेछ। जनकपुरको नेतृत्व भने अनिल शाहले गर्नेछन्। पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको पोखरा एभेन्जर्स भने दोस्रो खेलमा पहिलो जित निकाल्न चाहन्छ । एनपीएलको दुई खेलमध्ये एक खेलमा जित र १ खेलमा हार भोगेको काठमाडौँ दोस्रो…

Read More