jhapaonline add

महोत्तरी, १८ मंसिर । जनकपुरधाममा हुने रामजानकी विवाह महोत्सवमा सरिक हुन आएका जन्तीलाई मटिहानीमा स्वागत गरिएको छ । भारतको अयोध्याबाट आएका जन्तीलाई गएराति मटिहानीमा स्वागत गरिएको हो । मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डलसहितका जनप्रतिनिधि, जिल्लाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी र नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्लास्थित प्रमुखहरूसहित मटिहानी नगरवासीले जन्तीको स्वागत गरेका हुन् । मटिहानीस्थित लक्ष्मीनारायण मठका मानमहन्थ, सामाजिक सङ्घसंस्थाका अगुवा, मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठका आचार्य र राजकीय संस्कृत माध्यमिक विद्यालय ९मटिहानी गुरुकूल०का शिक्षक, वटुकहरू र महोत्तरी उद्योग वाणिज्य सङ्घका पदाधिकारी सहभागी छन्। यसपटकको रामजानकी महोत्सवमा सरिक हुन अयोध्यास्थित श्रीराम ट्रष्टका उच्च पदाधिकारी र साधुसन्तसहितको पाँच सय जनाको…

Read More

मोरङ, १८ मंसिर । जिल्ला प्रहरी कार्यालय मोरङले नक्कली सुन देखाइ ठगी गर्ने छ जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नक्कली सुन देखाइ मोरङ, सुनसरी र झापाका विभिन्न १० जनालाई ठगी गर्ने छ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो । झापाको तोपगाछी गाउँपालिका–१ का ५२ वर्षीय अशोक तामाङ, अर्जुनधारा नगरपालिका–११ का ५४ वर्षीय प्रविन तामाङ, हल्दीबारी नगरपालिका–३ बाघडाँडाका ६६ वर्षीय रामबहादुर कन्दङ्गवा, कन्काई नगरपालिकाका–९ का ५९ वर्षीय धकलबहादुर थिङ, भारत पश्चिम बङ्गाल दार्जेलिङ जिल्ला नक्सलबारीका ५१ वर्षीय नारायण गुरुङ, सोही स्थानका ३४ वर्षीय सञ्जय शर्मालाई पक्राउ गरी सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालयका…

Read More

ताप्लेजुङ, १८ मंसिर । ताप्लेजुङको फुङलिङमा जारी दोस्रो कञ्चनजङ्घा (सेसेलुङ) अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल हिजो भएको खेलमा धरान सेमिफाइनलमा प्रवेश गरेको छ । २–० अन्तरले भारतको सिलगुढीलाई पछि पार्दै धरान सेमिफाइनलमा प्रवेश गरेको हो । आयोजक चासोक तङनाम सञ्चालक समितिका प्रचारप्रसार संयोजक दिनेश लिङखिमका अनुसार हिजो भएको तेस्रो क्वाटर फाइनल खेलमा गोधुलीले भारतको सिलगुढीस्थित कञ्चनजङ्घा फुटबल क्लबलाई २–० ले पराजित गर्दै अन्तिम चारमा स्थान बनायो । प्रतियोगितामा सुनसरी धरानको गोधुली फुटबल क्लबले सेमिफाइनलमा प्रवेश गरेसँगै सेमिफाइनलमा गोधुलीले शम्दु फुटबल क्लब तेह्रथुमसँग प्रतिस्पर्धा गर्नेछ । यसअघिका क्वाटर फाइनल खेलमा शम्दु फुटबल क्लब तेह्रथुम र रेड डेभिल्स फुटबल क्लब इलामले जित हात…

Read More

झापा, १८ मंसिर । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमयदरअनुसार अमेरिकी डलर, स्वीस फ्रयाङ्क, सिङ्गापुर डलर, बहराइन दिनार, ओमानी रियाललगायतको मूल्यवृद्धि भएको छ । यस्तै, युरोपियन युरो, स्वीस फ्रयाङ्कलगायतको मूल्य घटेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ २२ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ८२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ३४ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ९७ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रुपैयाँ ९३ र बिक्रीदर…

Read More

झापा, १८ मंसिर । स्थानीय तहको रिक्त ४१ पदका लागि आइतबार भएको उपनिर्वाचनको सबै नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार काठमाडौँको कीर्तिपुर नगरपालिकाका प्रमुख, दोलखाको गौरीशङ्कर गाउँपालिका उपाध्यक्ष, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष र उदयपुरको बेलका नगरपालिका–९ को वडाध्यक्षको मतगणना सम्पन्न भएसँगै सोमबार राति मतपरिणाम सार्वजनिक भएको हो । कीर्तिपुर नगरपालिकाको प्रमुखमा कांग्रेसका कृष्णमान डङ्गोल पाँच हजार तीन सय ३४ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का शिवशरण महर्जनले चार हजार पाँच सय ५५ मत प्राप्त गर्नुभयो । यस्तै, नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का सुरेन्द्र मानन्धरले चार हजार तीन सय २७ र…

Read More

झापा, १७ मंसिर । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। यतिबेला ९मंगलबार बिहान० कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागको मौसम आंशिक बदली छ। देशका बाँकी भूभागमा मौसम मूख्यतया सफा छ। तराईका थोरै स्थानमा अहिले हल्का हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो पनि कोसी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। आज राति पनि कोसी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले मंगलबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।

Read More

सिरहा, १७ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफूहरू सरकारमा जान हतार नगर्ने बताउनुभएको छ । सिरहाको गोलबजार नगरपालिका नगर कमिटीको आयोजनामा वडा नं. ३ मुसहर्नियामा आयोजित तीन दिने अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षणमा उहाँले पार्टीले यतिबेला सरकारभन्दा पनि पार्टी र सङ्गठन निर्माणलाई जोड दिएको बताउनुभयो । प्रशिक्षण कार्यक्रममा माओवादी केन्द्रका सचिव तथा मधेस प्रदेश इन्चार्ज लिलामणि पोखरेल, उपमहासचिव गिरिराजमणि पोखरेल, स्थायी समिति सदस्य द्वय परशुराम तामाङ र विश्वनाथ साह तथा वैकल्पिक केन्द्रीय सदस्य चन्देश्वर गडेरी लगायत नेताहरू प्रशिक्षकका रुपमा सहभागी हुनुहुन्छ । माओवादी केन्द्रका नगर समिति सदस्य धनप्रसाद लामाका अनुसार प्रशिक्षण शिविर तीन दिनसम्म…

Read More

झापा, १७ मंसिर । झापाको बिर्तामोडमा गत मंसिर १३ गते फलामको चेन गेटले किचेर घाइते भएका बालकको आज उपचारको क्रममा मृत्यु भएको छ । इलामा देउमाई नगरपालिका–८ घर भई हाल जिल्ला झापा बिर्तामोड नगरपालिका–१ बुद्दचोक स्थित रामकुमार आचार्यको घरमा डेरा गरी बस्ने राजकुमार राईको छोरा ३ वर्षीय दिवाहाङ राई खेल्ने क्रममा फलामको चेन गेटले किचि घाइते भएका थिए । उपचारको लागी बिर्तासिटी अस्पतालमा ल्याई सामान्य उपचार पश्चात थप उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा आज दिउँसो मृत्यु भएको हो ।

Read More

शिवसताक्षी, १७ मंसिर । झापा शिवसताक्षीको गैडे स्थित पर्यटकीय क्षेत्र दोमुखाको प्रवेशद्वार दुई मुखे गेटको आज उद्घाटन गरिएको छ । आज एक कार्यक्रमको आयोजना गरी नगरप्रमुख मेगाहाङ थोप्रा, उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिता तम्बाहाङफेले संयुक्त रुपमा रिवन काटेर गेटको उद्घाटन गरेका हुन् । उद्घाटनका क्रममा बोल्दै नगरप्रमुख थोप्राले लामो समयको पर्खाइलाई चिर्दै दोमुखाको विकासमा नगरपालिका लागेको बताए । अघिल्लो आ.व.मा दोमुखा जाने सडक कालो पत्रे भइसकेको छ । चालु वर्षमा गेट र दोमुखा देखि पिकनिक स्र्पोट हुँदै स्वीमिङपुल सम्म जाने ७३० मिटर सडकमा पनि इन्टरलक ब्लक लगाउने काम सम्पन्न भएको नगरप्रमुख थोप्राले जानकारी दिए । नव निर्मित गेटको…

Read More

झापा, १७ भदौ । झापामा दुर्घटनामा घाइते भएका दुई जनाको मृत्यु भएको छ । एक जनाको मोटरसाइकल दुर्घटना र अर्का एक जनाको साइकलबाट लडेर मृत्यु भएको हो । मङ्सिर ४ गते कमल गाउँपालिका–५ रतुवा पुलस्थित पूर्वपश्चिम राजमार्गमा मे।१० प।१४४१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई पुलको बायाँ भागमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ३० वर्षीय रुपेश सुनुवार र सोही मोटरसाइकलमा पछाडि सवार २८ वर्षीय नितेश राई घाइते भएका थिए । घाइते नितेश राई आज पुनः बिरामी भई उपचारको लागि बिहान १०ः३० बजे न्युरो अस्पताल विराटनगर १०ः४२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै साइकलबाट लडेर घाइते भएका…

Read More