jhapaonline add

सुनसरी, १९ कात्तिक । जिल्ला प्रहरी कार्यालय सुनसरीले जुवा तास खेल्ने १५ जनाको समूहलाई पक्राउ गरेको छ । कात्तिक १८ गते बिहान सुनसरी बराहक्षेत्र नगरपालिका–३ नडाहास्थित जीवन कार्कीको घरमा जुवा तास खेलिरहेका ललितपुर सातदोबाटोका–४४ बर्षीय नवराज राई, सुनसरी इटहरी उपमहानगरपालिका–१ का ५१ वर्षीय प्रदिप तामाङ, बराहक्षेत्र–५ का २७ बर्षीय नारायण कार्की, ४१ वर्षीय उत्तम मगर, बराहक्षेत्र–३ का ३२ वर्षीय बिदुर कार्की, ४४ बर्षीय दिनराज राई, २४ बर्षीय मान बहादुर कार्की, बराहक्षेत्र–८ का ४९ वर्षीय खड्गबहादुर विष्ट, रामधुनि नगरपालिका–५ का ४६ बर्षीय गौरी शङकर लुइटेल, बराहक्षेत्र–३ का ४५ बर्षीय रेवत थापा, ३४ बर्षीय खगेन्द्र कार्की–३० बर्षीय दिपेन्द्र कार्की, भोजपुर अरुण गाउँपालिका–३…

Read More

झापा, १७ कात्तिक । झापा, सुनसरी,उदयपुर र संखुवासभाबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र निषेधित औषधी सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक १६ गते झापाको मेचीनगर नगरपालिका-६ स्थितमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा झापा शिवसताक्षी नगरपालिका- ८ का ३८ वर्षिय छबिलाल गुरुङलाई २ ग्राम ४३० मिलिग्राम ब्राउन सुगर सहित र वर्डा प्रहरी कार्यालय धरान सुनसरीबाट खटिएको प्रहरी टोलीले धरान उप-महानगरपालिका-१० पुष्पलाल टोलका ३० बर्षीय केराज चाम्लिङ राईलाई निषेधित औषधी ट्रामोल- ६५० क्याप्सुल, ट्रामानिल- ४८० क्याप्सुल, स्पास्पेन- ११४१ चक्की, डिकोलिक- ८ ट्याब्लेट र स्पास्रेस्ट- ३ ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ भने उदयपुरको प्रहरी चौकी लालपताले…

Read More

मलङ्गवा, १७ कात्तिक । सर्लाहीको बरहथवा बजारको एक किराना पसलमा आगलागी भएको छ । बरहथवा नगरपालिका–७ स्थित किसुन दासको घरमा नरेश साहद्वारा सञ्चालित किराना पसलमा गए राति आगलागी भएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख प्रहरी नायब उपरीक्षक गौतम थापाले जानकारी दिए । उनले आगलागीबाट विजय दासको आलु भण्डार र सरोज राउत कुर्मीको कपडा सिलाउने टेलरमा समेत क्षति पुगेको बताए । आगलागीबाट के कति क्षति भयो भन्ने आँकल भइरहेको बताइएको छ । किराना पसलमा चाडपर्वका लागि धेरै सामग्री राखिएकाले आगलागीबाट सोही पसलमा बढी क्षति पुगेको प्रनाउ थापाले जानकारी दिए । गएराति सुरु भएको आगलागी आज बिहान मात्रै नियन्त्रणमा आएको प्रहरीले जनाएको…

Read More

झापा, १७ कात्तिक । मोरङ र सुनसरी जिल्लाबाट जुवा तास खेल्ने २५ जनाको समुहलाई प्रहरीले पक्राउ गरेको छ । मोरङको बिराटनगर महानगरपालिका- ११ स्थितमा कात्तिक १६ गते राती जुवा खेलिरहेको भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले तास खेल्दै गरेको अवस्थामा बिराटनगर महानगरपालिका- ११ का ६१ राजन कडेल, ५७ बर्षीय पशुपति भगत, ५० बर्षीय विरेन्द्र साह, बिराटनगर महानगरपालिका-१२का ४१ बर्षीय टुनटुन शर्मा, ४७ बर्षीय सुरेन्द्र ठाकुर, ५० बर्षीय बाबुराम कट्टेल, ४६ बर्षीय लिला सहनी, बिराटनगर महानगरपालिका- ३का ५५ बर्षीय ध्रुव सिग्देल र बिराटनगर महानगरपालिका- ५का ५५ बर्षीय मनिराज प्रसाईलाई पक्राउ गरेको हो । प्रहरीले जुवाको खालबाट…

Read More

सुनसरी, १७ कात्तिक । सुनसरीको कोशी गाँउपालिका–७ हरिपुरबाट लागुऔषध गाँजा बोकेको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । कात्तिक १७ गते राति अस्थाई प्रहरी पोष्ट हरीपुरबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले प्रदेश १–०२–००२ ख ०४१४ नम्बरको ट्रकलाई शंका लागी चेकजाँच गर्दा उक्त ट्रकमा ११ वटा बोरामा ३४० किलोग्राम गाँजा बरामद गरेको थियो । लागुऔषध गाँजा बरामद भए संगै ओसार पोसारमा संलग्न ट्रक चालक तत्काल फरार रहेको प्रहरीले खोज तथा अनुसन्धान कार्य गरिरहेको छ ।

Read More

झापा, १७ कात्तिक । झापाको अर्जुनधारा नगरपालिका–६ दासपुलस्थित शनिश्चरे–बिर्तामोड सडकखण्डमा मोटरसाइकल रुखमा ठोक्किँदा एक ब्यक्तिको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । शुक्रबार दिउँसो शनिश्चरेबाट बिर्तामोडतर्फ तीब्र गतिमा आउँदै गरेको बा ४९ प २१५९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडकको बाँया साइडमा रुखमा ठोक्किएको थियो । दुर्घटनामा मोटरसाइकल चालक ताप्लेजुङको श्रीजंघा गाउँपालिका–६ का २६ वर्षीय सन्तोष लिम्बूको मृत्यु भएको हो । टाउकोमा र छातीमा चोट लागेर गम्भीर घाइते लिम्बूलाई उपचारको लागि बीएण्डसी अस्पताल पठाइएकोमा डाक्टरले चेकजाँच गर्दा उनको मृत्यु भइसकेको थियो । मोटरसाइकलमा पछाडि सवार सोही ठाउँ बस्ने २३ वर्षीय श्रीप्रसाद लिम्बू घाइते भएका छन् । उनको…

Read More

झापा, १७ कात्तिक । झापाको मेचीनगर नगरपालिकाबाट प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । मेचीनगर–६ पुरानो मेचीपुल स्थितमा खटिएको प्रहरी टोलीले भारतको पानीटंकीबाट सिटी सफारीमा चढेर काँकरभिट्टातर्फ आउदै गरेका शिवसताक्षी नगरपालिका–८ का ३८वर्षीय छविलाल गुरुङलाई शंकास्पद अवस्थामा फेला पारी सोधपुछ तथा तलासी लिदा मलद्वारभित्र लागु औषध खैरो हेरोइन जस्तो देखिने लिसाईलो पदार्थ फेला पारी मान्यता प्राप्त तराजुमा तौल गर्दा प्लाष्टिक बाहेक २ ग्राम ४३० मिलिग्राम फेला पारी निजलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी इलाका प्रहरी कार्यालय काँकरभिट्टामा ल्याई सो सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

झापा, १७ कात्तिक । कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ । गाईको पूजा गरी आजका दिन मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका…

Read More

झापा, १७ कात्तिक । कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । वर्षभर जोतिएर मानवहितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन छ । गोरुलाई देवाधिदेव महादेवको वाहन अर्थात् साँढेका रुपमा पनि पूजा गर्ने परम्परा छ । यसैगरी वर्षभर गोरु जोत्ने हली एवम् अन्य कृषिकर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठा परिकार खुवाइन्छ । यसैले आजको दिनलाई हली तिहार पनि भनिन्छ । गोवर्द्धन पूजा आजआँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापर…

Read More

द्रोण अधिकारी गुहेलीलागुऔषध दुव्र्यसन नियन्त्रणका लागि लामो समयदेखि क्रियाशील झापा भद्रपुरका इन्द्रप्रसाद ओलीले पाँचौं कृतिका रूपमा भर्खरै प्रकाशन गरेको लागु पदार्थ दुव्र्यसन न्यूनीकरणसम्बन्धी चेतनामुलक पुस्तक दिव्य दृष्टिले वर्तमान नेपाली समाजमा जटिल बन्दै जानुमा लागूऔषधलाई प्रमुख समस्याको रूपमा चित्रण गर्ने प्रयास गरेको छ । पुस्तकले समाज र राष्ट्र बिगार्ने दुव्र्यसनी खेलको संरक्षक को हो त ? भन्ने प्रश्नको उत्तर समेत खोज्ने प्रयास गरेको छ । पैसामुखी सामाजिक वातावणको बढोत्तरी भइरहेको वर्तमानमा थोरै लगानीबाट धेरै कमाउने बाटो राजनीति र सामाजिक संरचनाले खोजी गर्ने क्रममा लागु पदार्थको अबैध कारोवार फष्टाएको संकेत पुस्तका अंशहरूले प्रष्ट पार्ने प्रयास गरेको देखिन्छ । चेतना नेपालका अध्यक्ष तथा…

Read More