
झापा, १७ कात्तिक । झापाको मेचीनगर नगरपालिकाबाट प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
मेचीनगर–६ पुरानो मेचीपुल स्थितमा खटिएको प्रहरी टोलीले भारतको पानीटंकीबाट सिटी सफारीमा चढेर काँकरभिट्टातर्फ आउदै गरेका शिवसताक्षी नगरपालिका–८ का ३८वर्षीय छविलाल गुरुङलाई शंकास्पद अवस्थामा फेला पारी सोधपुछ तथा तलासी लिदा मलद्वारभित्र लागु औषध खैरो हेरोइन जस्तो देखिने लिसाईलो पदार्थ फेला पारी मान्यता प्राप्त तराजुमा तौल गर्दा प्लाष्टिक बाहेक २ ग्राम ४३० मिलिग्राम फेला पारी निजलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी इलाका प्रहरी कार्यालय काँकरभिट्टामा ल्याई सो सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Facebook Comments Box


