
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
कनकाई, ११ कात्तिक । झापाको कनकाई नगरपालिका ३ स्थित कनकाई माविको खेल मैदानमा जारी दसैतिहार वडास्तरीय फुटबल प्रतियोगिताको आज सम्पन्न खेलमा वडा नम्बर ९ र ५ आआफ्नो खेलमा जित दर्ता गर्दै सेमिफाईनलको यात्रा तय गरेका छन । आज भएको पहिलो खेलमा वडा नम्बर ९ ले वडानम्बर ६ लाई २—१ गोल अन्तरले पराजित गर्दै सेमिफाईनलमा प्रवेश पाएको छ । बिजयी टिमको तर्फबाट खेलको १५ औ मिनेटमा दिक्षित चौधरी र ३५ मिनेटमा रबि मुर्मुले गोल गर्दै टिमलाई बिजयी बनाए । उक्त खेलमा गोककर्ता रवि मुर्मु म्यान अफ द म्याच हुन सफल भए । उनले नगद १५ सय रुपैँया पुरस्कार प्राप्त गरे ।…
चारपाने, ११ कात्तिक । नेपाल दशनामी समाज बिर्तामोड नगर समितिको पदहस्तान्तरण गरिएको छ । समाजको गत जेठ ६ गते भएको बिशेष अधिवेशनबाट निर्वाचित कार्य समितिलाई आज (आइतवार) बिर्तामोड–२ चारपानेस्थित पर्शुराम पार्टी प्यालेसमा प्रमाणपत्र बितरणसहित पदहस्तान्तरण गरिएको हो । निर्वाचन समितिको संयोजक उमेश भारतीको अध्यक्षतामा भएको कार्यक्रममा समाजका कोशी प्रदेश सल्लाहकार संयोजक चन्द्रप्रसाद गिरीको प्रमुख आतिथ्य रहेको थियो । निर्वाचन कार्य समितिलाई प्रमुख अतिथि चन्द्रप्रसाद, निर्वाचन समितिका संयोजक उमेश भारती, निर्वाचन समिति सदस्य बालकृष्ण गिरी, शंकर गिरी, नगरका निवर्तमान अध्यक्ष अर्जुन गिरीले प्रमाणपत्र बितरण गरेका थिए । स्वागत निवर्तमान नगर अध्यक्ष अर्जुन गिरीले गरेको कार्यक्रममा समाजका प्रदेश सल्लाहकार संयोजक चन्द्रप्रसाद गिरी,…
बिर्तामोड, ११ कात्तिक । अखिल नेपाल महिला संघ झापाले महिलामाथि हिंसा एवम् दुव्र्यवहारपूर्ण अभिव्यक्ति दिने अभियन्ता दुर्गा प्रसाईलाई कानुनी कठघरामा पुर्याउने चेतावनी दिएको छ । राजनीति गर्ने महिलाहरु गलत काममा संलग्न हुने अभिव्यक्ति प्रसाईले दिएको उनीहरुको आरोप छ । प्रसाईले एमालेमा आवद्ध महिला नेतृत्वलाई विभिन्न आक्षेपहरु लगाइरहकोले उनलाई कानुनी दायरामा ल्याउने चेतावनी दिएका छन् । नेकपा एमाले झापा जिल्ला पार्टी कार्यालय बिर्तामोडमा आइतवार पत्रकार सम्मेलन गर्दै अनेमसंघ झापाले प्रसाईले दिने गरेका महिलाविरुद्धका अभिव्यक्तिहरुको तथ्य संकलन गरेर कानुनी कारबाहीको तयारी गरेको बताएका छन् । तथ्य प्रमाण संकलन गरेर प्रसाईलाई कानुनी दायरामा उभ्याउने अनेमसंघ केन्द्रीय उपाध्यक्ष मेनुका काफ्लेले बताइन् । उनले प्रमुख…
विराटनगर, ११ कार्तिक । झापा, मोरङ, सुनसरी र उदयपुरबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र निषेधित औषधी सहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक १२ गते झापाको मेचीनगर नगरपालिका-६ स्थितमा लागू औषध नियन्त्रण व्यूरो काँकरभिट्टा खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा मोरङग उर्लाबारी-३ का २१ अरुण भित्रीकोटीलाई ५ ग्राम ब्राउन सुगर सहित र प्रहरी चौकी डाँगीहाट मोरङबाट खटिएको प्रहरी टोलीले बेलबारी-१० भाउन्ने का १७ बर्षीय आर्यन धिमाल र २० बर्षीय दिपेश राई लाई निषेधित ट्रामाडोल ५०० क्यापसुल र डिकोलिक ५०० ट्याबलेट सहित नियन्त्रणमा लिएको छ भने उदयपुरको प्रहरी चौकी लालपताले त्रियुगा नगरपालिका-३ का २० बर्षीय केवल चौधरीलाई निषेधित एम्पुल १८…
झापा, ११ कात्तिक । झापा दमक नगरपालिकाका एक युवाको हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । दमक–९ का ३७ वर्षीय देशु भन्ने यमु निरौलाको हत्यामा संलग्न उर्लाबारी नगरपालिका–६ का ४२ को प्रकाश कार्की, उर्लाबारी–७ का ४९ वर्षीय ध्रुव गौतम र संखुवासभा मादी–१० घर भई दमक–३ दुम्सेमा बस्दै आएका २६ वर्षीय गणेश दर्जी प्रहरीले पक्राउ गरेको हो । कात्तिक ६ गते दिउँसो दमक–३ उज्यालो टोल विकास संस्थाको दक्षिण स्थित बगर टोलमा जग्गाको विषयमा भेला भएका बेलामा उनीहरुले निरौलालाई कुटपिट गरी हत्या गरेका थिए । घटनामा संलग्न प्रकाश कार्की र ध्रुव गौतमलाई सोही दिन पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले…
शिवसताक्षी, ११ कात्तिक । झापाको माइधारमा भएको जिल्ला स्तरीय आमन्त्रित कराँते प्रतियोगितामा कनकाई नगरपालिका प्रथम भएको छ । कनकाई १६ गोल्डमेडल सहित प्रथम स्थान हासिल गरेको हो । अर्जुनधारा नगरपालिका १३ गोल्ड र १२ सिल्भर मेडलसहित दोस्रो स्थानमा र आयोजक माइधार १३ गोल्ड र ८ सिल्भर प्राप्त गर्ने तेस्रो स्थान हासिल गरेको कराँते महासंघ जिल्ला अध्यक्ष तथा जिल्ला खेलकुद विकास समिति प्रवक्ता जगन दुर्वासा कार्कीले जानकारी दिए । विजेताले शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । प्रतियोगितामा झापा जिल्लाभरबाट ३२० खेलाडी सहभागी भएका थिए । प्रतियोगिताको उद्घाट कोशी प्रदेशका पूर्व मुख्य मन्त्री केदार कार्कीले गरेका हुन् । उद्घाटनका…
कनकाई, ११ कात्तिक । झापाको कनकाई नगरपालिका–२ मा कानूनी परामर्श सम्बन्धी तालिम सम्पन्न भएको छ। नगरपालिकाको न्यायिक समिति, मेलमिलापकर्ता, वडाका निर्वाचित पदाधिकारी र सामाजिक स्वयम्सेवकका लागि कनकाई नगरपालिकाको समन्वय र कारितास नेपालको आयोजनामा उक्त तालिम शनिबार सम्पन्न भएको हो । तालिम कन्काई नगरपालिकाको उपप्रमुख तथा कन्काई नगरपालिका न्यायिक समितिको संयोजक आशा शर्मा शिवाकोटीको प्रमुख आथित्यता र वडा नं २ का वडा अध्यक्ष बलराम राईको अध्यक्षतामा मिति २०८१ कार्तिक ९ र १० गते २ दिन सम्म सञ्चालन भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगरपालिका उपप्रमुख तथा न्यायीक समिति संयोजक शिवाकोटीले मेलमिलाप विवाद समाधानको बैकल्पिक उत्तम उपाय भएको र मेलमिलाप प्रक्रियाबाट…
इलाम, ११ कात्तिक । इलाममा उत्पादित तयारी चियाको माग अन्तर्राष्ट्रिय बजारमा दिन प्रतिदिन बढ्दै गएको छ। भारत, चीन, फ्रान्सलगायत विभिन्न देशहरूबाट माग आउने गरेको भए पनि यस वर्ष उत्पादनमा कमी भएको चिया व्यवसायीहरू बताउँछन्। इलाम नगरपालिका–५ बिब्ल्याँटे निवासी चिया व्यवसायी शरद सुब्बाका अनुसार विदेशी व्यापारीले यस वर्ष दुई हजार किलो ‘स्पेसल टी’ माग गरेका थिए। तर उत्पादनमा कमीका कारण एक हजार पाँच सय किलो मात्र निर्यात गर्न सम्भव भएको उनले जनाएका छन्। फिक्कलस्थित सिद्धिविनायक चिया उद्योगका सञ्चालक दिनेश अग्रवालले गुणस्तरीय चिया उत्पादनमा जोड दिँदै किसान र व्यवसायी मिलेर चिया गुणस्तर सुधार्न आवश्यक रहेको बताएका छन्। यसले अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको…
कनकाई, ११ कात्तिक । झापाको कनकाई नगरपालिका–३ स्थित कनकाई माविको खेल मैदानमा जारी वडास्तरीय फुटबल प्रतियोगिमा शनिबार भएको २ खेलमा वडा नम्बर ९ र ८ दोस्रो चरणमा प्रवेश गरेका छन् । पहिलो खेलमा वडा नम्बर ९ ले वडा नम्बर १ लाई सडेन डेटमा हराउँदै विजयी बनेको हो । खेल अवधिभर दुवै टिमबाट कुनै गोल हुन नसकेपछि भएको पेलान्ती प्रहारमा समेत दुवै टिमको बराबरी गोल भएको थियो । दुवै टीमका ४–४ खेलाडीको बल गोलमा परिणत हुँदा १÷१ खेलाडीको प्रहार गोल किपरले रोकेका थिए । त्यसपछि खेलको छिनोफानो सडनडेटबाट भएको थियो । जसमा वडानम्बर १ का खेलाडीको प्रहार ९ का गोलकिप्परले रोकेसगै…
भद्रपुर, ११ कात्तिक । सडक ठेक्कामा लिएर अलपत्र पार्ने ठेकेदारलाई काम छोड्ने या समयमा सम्पन्न गर्ने विकल्प रोज्न कोशी प्रदेश भौतिक पूर्वाधार मन्त्रालयले अभियान सञ्चालन गरेको छ । अलपत्र सडकको स्थलगत अनुगमन गर्दै मन्त्री सहित विज्ञ टोलीले कालो सूचिमा परेका निर्माण कम्पनीका ठेकेदारलाई छिटो काम गर्ने कि काम छोडेर मार्ग प्रसस्त गर्ने भन्दै कारवाही प्रकृया थालेको हो । अभियान अन्र्तगत भौतिक पूर्वाधारमन्त्री भुपेन्द्र राई, राज्यमन्त्री भूमिप्रसाद राजवंशी लगायत मन्त्रालयका सचिव, प्रमुख इञ्जिनियरको टोलीले सुनसरी जिल्ला अन्र्तगत धरान १५ को निरज बस्ती हुँदै हर्दिया पेलपुर ढाडे कन्या पोखरीबाट धरान १, ५, ४ जोड्ने सडकको स्थलगत अनुगमन गरी ठेकेदारसित काम गर्ने कि…