jhapaonline add

भद्रपुर, २२ भदौ । भट्टराई कुलवंश प्रतिष्ठान भद्रपुर नगर समितिले अग्रज पत्रकार गोपाल गिरीलाई सम्मान गरेको छ । प्रतिष्ठानले साधारणसभा तथा गोठधुप पूजाको अवसरमा मंसिर २२ गते महर्षि वशिष्ठ पत्रकारिता पुरस्कारबाट पत्रकार गिरीलाई नगदसहित सम्मान गरेको हो । प्रतिष्ठानले यसै वर्षदेखि वितरण गर्न थालेको महर्षि वशिष्ठ पत्रकारिता पुरस्कार भद्रपुर–८ निवासी गणेशप्रसाद भट्टराई र शकुन्तला भट्टराईले स्थापना गरेका हुन् । प्रतिष्ठानले साधारणसभाकै अवसरमा सामाजिक व्यक्तित्व भट्टराई कुलवंश प्रतिष्ठानका पूर्व केन्द्रीय अध्यक्ष शेरबहादुर भट्टराई र श्रीकृष्ण द्वैपायन गुरुकुल वेद विद्याश्रमका पूर्वअध्यक्ष रेमनाथ चुडाललाई सम्मान गरेको छ । त्यस्तै, प्रतिष्ठानले ज्येष्ठ नागरिक ९१ वर्षीय मुक्तिनाथ घिमिरे र ८१ वर्षीया अम्बिका भट्टराईलाई सम्मान गरेको छ । यसैगरी, गत वर्षको…

Read More

झापा, २२ मंसिर । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा आज पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स तथा दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किङ्ग्स बीच प्रतिस्पर्धा हुँदैछ । पहिलो खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ९ः१५ बजे सुरू हुनेछ भने दोस्रो खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो सवा १ बजे सुरू हुनेछ । जारी एनपिएलमा दुुवै टोलीको यो तेस्रो खेल हो । एनपिएलमा दुई खेल खेलेको लुम्बिनीले दुवै खेलमा हार ब्यहोरेको छ । लुम्बिनीले आफ्नो पहिलो खेलमा विराटनगर किङ्ग्ससँग दुई विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग पराजित भएको थियो । सुदूरपश्चिम रोयल्सले भने दुईवटै खेल…

Read More

झापा, २२ मंसिर । यही मङ्सिर २८ गते हुने नेपाल पत्रकार महासङ्घको अध्यक्ष पदका लागि पाँचजनाले उम्मेदवारी दिनुभएको छ । सूचीअनुसार अध्यक्षका लागि कमल गिरी, देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश बिष्ट र लालसिंह ९एलएस० लामाको उम्मेदवारी परेको छ । गिरी प्रेस सेन्टर नेपाल नेतृत्वको संयुक्त प्यानलबाट उम्मेदवारी दिनुभएको हो भने शर्माले प्रेस चौतारीसहित प्यानलबाट उम्मेदवारी दिनुभएको छ । त्यसैगरी, बिष्टले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । त्यसैगरी, वरिष्ठ उपाध्यक्षमा गोविन्दप्रसाद चौलागार्इं, दामोदरप्रसाद दवाडी, दीपक आचार्य र रोशन पुरीसहित चारजनाको उम्मेदवारी परेको छ । चौलागाई चौतारी नेतृत्वको प्यानलका उम्मेदवार हुनुहुन्छ । पुरी प्रेस सेन्टर नेतृत्वको प्यानलका उम्मेदवार हुनुहुन्छ । उपाध्यक्ष महिलामा गङ्गा…

Read More

झापा, २२ मंसिर । पश्चिमी न्यून चापीय प्रणालीको कारण एकाएक काठमाडौं उपत्यकासहित देशभरको मौसममाआंशिक तथा साधारण बदली आएको छ । शुक्रबार साँझै नेपाली आकाशमा त्यसको संकेत देखिएको मौसमविदले जानकारी दिएका छन् । मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै पश्चिमी न्यून चापीय प्रणालीको असरले आइतबार साँझदेखि नेपालका धेरै स्थानमा थप बदलीको सम्भावना रहेको जनाएको छ । आइतबार साँझदेखि सोमबार साँझसम्म सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका धेरै स्थानहरूमा तथा गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको छ। साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र…

Read More

धनुषा, २२ मंसिर । श्री सीताराम विवाहपञ्चमी महामहोत्सवका लागि जानकी मन्दिरकै प्राङ्गणमै विवाहमण्डप बनाइएको छ । जानकी मन्दिरको प्राङ्गणमा वैवाहिक कार्यक्रमको समयमा हजारौँ श्रद्धालुको सहभागिता रह्यो । जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवका अनुसार यस पटक विवाहपञ्चमी महामहोत्सवमा करिब २० लाखभन्दा बढी दर्शनार्थीहरू सहभागी भए । त्रेतायुगको झल्को दिने विवाहपञ्चमी महोत्सव हेर्नका लागि नेपाल, भारत र तेस्रो मुलुकबाट हजारौँ दर्शनार्थीहरू जनकपुरधाम आइपुगेको हो । यस पटक प्रत्येक ५ वर्षमा अयोध्याबाट आउने जन्ती पनि आएका छन् । अयोध्याबाट रामजन्म भूमि तीर्थ क्षेत्र ट्रष्टका महासचिव चम्पत राय, अयोध्याका प्रमुख गिरिशपति त्रिपाठी, विश्व हिन्दू परिषद् केन्द्रीय मन्त्री राजेन्द्र सिंह पङ्कज सहितका व्यक्ति…

Read More

झापा, २१ मंसिर । झापाको मेचीनगर नगरपालिकामा चोरीको सामानसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर १९ गते राति मेचीनगर–१० का ३३ वर्षीय अंकित सेठीयाले सञ्चालन गरेको भैरव स्टोरबाट कोही नभएको अवस्थामा ३ लाख रुपैयाँ बराबरको विभिन्न किसिमका लता कपडा चोरी भएको उजुरी परेको छ । घटना सम्बन्धमा सीसी फुटेजसहितको सहायता लिएर अनुसन्धान गर्ने क्रममा चोरीमा संलग्न देखिएका मेचीनगर–१० का २८ वर्षीय दुखु मिया र सोही स्थानका २१ वर्षीय तेजराज बिष्टलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई चोरीका सामानसहित मंसिर २० गते नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धुलाबारीले आज जिल्ला अदालत झापाबाट चोरी कसुरमा दिन चार म्याद थप गरी…

Read More

झापा, २१ मंसिर । नेपाल पत्रकार महासङ्घको नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । यसअघि गत जेठदेखि विभिन्न मितिमा निर्वाचनको कार्यक्रम तोकिए पनि सदस्यता वितरण विवादका कारण स्थगित भएको थियो । गत असोजमा भक्तपुरमा सम्पन्न जिल्ला शाखा, प्रतिष्ठान अध्यक्षहरूको भेलाले यसअघि शाखाको सिफारिसमा प्रदेश समितिले टुङ्ग्याएको सदस्यताकै आधारमा निर्वाचन कार्यक्रम अघि बढाउन गरेको निर्णय अनुसार आज उम्मेदवारी दर्ता भएको हो । विभिन्न पदमा उम्मेदवारी दिनेको सूची आजै सार्वजनिक गर्ने गरी अहिले निर्वाचन समितिले तयारी गरिरहेको महासङ्घका कार्यवाहक अध्यक्ष बाला अधिकारीले जानकारी दिनुभयो । महासङ्घको निर्वाचन मङ्सिर २८ गते हुने कार्यक्रम छ ।

Read More

झापा, २१ मंसिर । निर्वाचन आयोगले आइतबारदेखि सबै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ता सुरु गर्ने निर्णय गरेको छ । यसअघि स्थानीय तह उपनिर्वाचन प्रयोजनको लागि देशभरबाट नियमित रूपमा भइरहेको मतदाता नामावली दर्ता गर्ने कार्य स्थगित गरिएकामा सो उपनिर्वाचन सम्पन्न भई परिणामसमेत प्राप्त भइसकेकाले नियमित मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य सुरु गर्न लागिएको आयोगले जनाएको छ । कुनै व्यक्ति पेसा, व्यवसाय वा अन्य कुनै कारणले आफ्नो स्थायी ठेगानाभन्दा फरक अर्को कुनै जिल्लामा बसोबास गरिरहेको भए पनि निजले मतदाता नामावलीमा आफ्नो नाम दर्ताका लागि आवश्यक प्रमाणसहित आवेदन गरेमा निजको स्थायी ठेगानामा रहने गरी बाहिरी जिल्लाबाट समेत मतदाता…

Read More

झापा, २१ मंसिर । झापाको झापा गाउँपालिकामा अहिले साँझ सडक दुर्घटना हुँदा दुईजना गम्भीर घाइते भएका छन् । स्थानीय धनबहादुर प्रधानका अनुसार झापा–३ को कामाटोलीबाट गैरीगाउँ जाने भित्री सडकमा ट्याक्टर र मोटरसाइकल आपसमा जुध्दा दुर्घटना भएको हो । दुर्घटनामा झापा–३ का धनबहादुर पौडेलका छोरा पुष्प पौडेल र मोटरसाइकलमा पछाडि रहेकी एकजना महिला घाइते भएको बताइएको छ । तालु सन्थालको घरअगाडि खेत जोतेर कामाटोलीतर्फ आउँदै गरेको मे. १ त ६०६२ नम्बरको ट्याक्टर र घर जाँदै गरेका पौडेलले चलाएको मोटरसाइकल आपसमा जुधेका थिए ।

Read More

झापा, २१ मंसिर । भूटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुक अनौपचारिक भ्रमणका सिलसिलामा आज बिहान काठमाडौँ आइपुग्नुभएको छ । उहाँलाई परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभयो । भूटानी नरेश वाङचुकले स्वयम्भूनाथ र बौद्धनाथको दर्शन गर्नुहुने कार्यक्रम छ । भारतबाट स्वदेश फर्कने क्रममा उहाँ काठमाडौँमा हुनुहुन्छ । उहाँ आजै स्वदेश फर्कनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Read More