
झापा, २१ मंसिर । झापाको झापा गाउँपालिकामा अहिले साँझ सडक दुर्घटना हुँदा दुईजना गम्भीर घाइते भएका छन् । स्थानीय धनबहादुर प्रधानका अनुसार झापा–३ को कामाटोलीबाट गैरीगाउँ जाने भित्री सडकमा ट्याक्टर र मोटरसाइकल आपसमा जुध्दा दुर्घटना भएको हो ।
दुर्घटनामा झापा–३ का धनबहादुर पौडेलका छोरा पुष्प पौडेल र मोटरसाइकलमा पछाडि रहेकी एकजना महिला घाइते भएको बताइएको छ । तालु सन्थालको घरअगाडि खेत जोतेर कामाटोलीतर्फ आउँदै गरेको मे. १ त ६०६२ नम्बरको ट्याक्टर र घर जाँदै गरेका पौडेलले चलाएको मोटरसाइकल आपसमा जुधेका थिए ।
Facebook Comments Box


