jhapaonline add

झापा, १५ असोज । झापा जिल्ला अदालत दशैंको बिदामा समेत खुल्ने भएको छ । झापा जिल्ला अदालतले मंगलबार एक सूचना जारी गर्दै असोज १७ देखि ३० गतेसम्म अदालत बन्द रहने समयमा बिहान ११ बजेदेखि दिनको ३ बजेसम्म अदालत खुला रहने जनाएको छ। न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम बन्दीप्रत्यक्षीकरणको निवेदन सुनुवाई गर्न र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ बमोजिम पक्राउ पुर्जी जारी गर्ने कार्यका लागि अदालत खुला रहने अदालत प्रशासनले जनाएको छ । सामान्यतयः अन्य सरकारी कार्यालय दशैका अवसरमा ६ दिन दशैं बिदा दिने गरे तापनि देशभरका अदालत भने १५ दिन बिदा दिने गरिएको छ…

Read More

कनकाई, १५ असोज । केही दिनयता बाढी पहिरोमा मृत्यु भएकाहरुको शोकमा झापाको कनकाई नगरपालिकाले नगरपालिकासहित नौ वटै वडामा राष्ट्रिय झण्डालाई आधा झुकाएको छ । आज नगरपालिकामा रहेको राष्ट्रिय झन्डालाई आधा झुकाउँदै नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले विपद्मा ज्यान गुमाएमाप्रति दुःख व्यक्त गर्दै मृतकहरुको आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जलि अर्पण गर्नुभयो । नगर प्रमुख पोखरेलले राष्ट्रिय शोक मनाउँदै तीन दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाइने बताउनुभयो । कनकाई–४ को कनकाई खोला पश्चिममा केही कटान गरेको छ भने वडा न १ र ८ को सिमान बिरिङ्ग खोलाको पुल उत्तर केही तथा वडा न २ र ३ को सिमान झरना बस्तिमा केही कटान गरेकोको छ…

Read More

पाँचथर, १५ असोज । शनिबारको घनघोर वर्षासँगैको आएको बाढीले मेची राजमार्ग अन्तर्गत पाँचथरको हेवा खोलामा रहेको झण्डै ४५ मिटर लामो बेलिब्रिज बगाएपछि यातायातमा कठिनाइ भएको छ । ताप्लेजुङ जिल्लाका लागि “लाइफलाइन” का रुपमा रहेको उक्त पुल नहुँदा मेची राजमार्ग हुँदै ताप्लेजुङबाट इलाम, झापा लगायतका ठाउँमा जाने र ताप्लेजुङतर्फ आउने यात्रु मारमा परेका छन् । ढुवानीका सवारीसाधनहरु ठप्प छन् । फिदिम–ताप्लेजुङ चल्ने छोटो दुरीका यात्रु बोक्ने सवारीसाधन फाट्टफुट्ट चलेका छन् । तर दुवैतर्फका गाडी हेवा खोलासम्म मात्र पुग्छन् । हेवा खोलामा पुगेका यात्रुले केहिबेर हिँडेर त्यहाँ रहेको झोलुङ्गे पुल हँुदै वारपार गर्नुपर्छ र अर्को गाडी चढ्नुपर्छ । अर्कातर्फ राजमार्गका विभिन्न ठाउँमा…

Read More

झापा, १५ असोज । इन्धनको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलको मूल्य घटाइएको हो । आज राति १२ बजेबाट लागु हुने गरी निगमले पेट्रोलमा एक, डिजेलमा दुई, हवाई इन्धनमा आन्तरिकमा छ तथा बाह्यमा प्रतिहजार लिटरमा ४५, मट्टीतेलमा दुई घटाइएको जनाएको छ । एलपी ग्याँसको मूल्य भारतबाट नेपाली ४१ बढेर आएकामा चाडपर्वलाई लक्षित गरी यथावत राखिएको निगमले जनाएको छ । इन्धनको मूल्य घटेसँगै चाडबाडको मुखमा उपभोक्ताले राहत महसुस गर्ने विश्वास गरिएको छ । साथै आयल निगमले पर्वका बेला इनधन आपूर्तिमा कुनै समस्या नहुने जनाएको छ ।

Read More

झापा, १५ असोज । केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म २१७ जनाको मृत्यु भएको छभने २८ जना बेपत्ता छन् । प्राकृतिक विपद्मा एक सय ४३ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए । बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भइरहेको पनि उनले जानकारी दिए । बाढी प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जानकारी दिइएको छ । सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको प्रवक्ता तिवारीले बताए।

Read More

झापा, १५ असोज । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी, मधेस र वाग्मती प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी, वाग्मती र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशका केही स्थानहरू, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको…

Read More

झापा, १५ असोज । विगत केही दिनदेखि आएको अविरल वर्षाका कारण झापामा खोलाले बगाएर बेपत्ता बनाएका तीनै जनाको शव फेला परेको छ । गौरीगञ्जमा एक जना, दमकमा एक जना र कचनकवलमा एकजना खोलाले बगाएर बेपत्ता भएका थिए । असोज ११ गते कचनकवल–१ चमरभिट्टाकी १४ वर्षीया नेहारिका राजवंशीलाई जमुवा खोलाको कज्वेबाट खोलाले बगाएको थियो । उनको शव १३ गते फेला परेको थियो । यसैगरी, किस्ने खोलाले बगाएर बेपत्ता भएका झापा कमल गाउँपालिका–१ का ३५ वर्षीय टीकाराम चौधरी तीन दिनपछि असोज १४ गते मृत अस्थामा भेटिएका छन् । यसअघि गौरीगञ्जका केमालाल ताजुरियाको असोज १२ गते शव भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको…

Read More

शिवसताक्षी, १४ असोज । झापा शिवसताक्षी नगरपालिकाले आजबाट बजार अनुगमन सुरु गरेको छ । चाड बाड नजिँकदै गर्दै बजार अखाद्य बस्तुहरु विक्री वितरण हुने भएकाले नगरपालिकाले बजार अनुगमन सुरु गरेको हो । आज शिवसताक्षी वडा नं. १ स्थित धरमपुर बजार अनुगमन गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । बजार अनुगमनमा क्रममा पहिलेको जस्तो ठुलो परिमाणमा अखाद्य बस्तुहरु फेला नपरेको नगर उपप्रमुख नरमाया कार्कीले जानकारी दिइन् । छिटपुट रुपमा केही पसलहरुबाट विस्कुट, पाउरोटी, कोल्डड्रिक्सहरु म्याद गुज्रिएको अवस्थामा फेला परे पनि गएको अनुगमनमा भेटिए जस्तो ठूलो परिमाणमा नभेटिएको उनले जानकारी दिइन् । धरमपुरको एक मासु पसलबाट सडेको मासु फेला परेको थियो । उनले…

Read More

बिर्तामोड, १४ असोज । रोटरी क्लब अफ बिर्तामोडले चाइल्ड एजुकेशन स्कलरसीप प्रोग्रामअन्तर्गत दुईजना छात्रालाई एक वर्षका लागि छात्रवृति रकम प्रदान गरेको छ । बिर्तामोड–३ स्थित महेन्द्ररत्न माध्यमिक विद्यालयमा सोमवार कार्यक्रम आयोजना गरी रोटरी क्लब अफ बिर्तामोडले महेन्द्ररत्न माविमा अध्ययनरत पुष्पा राजवंशी र बुद्ध आदर्श मावि बुद्धशान्तिमा अध्ययनरत अनिता बास्कोटालाई एक वर्षको छात्रवृत्ति रकम प्रदान गरेको हो । कक्षा ११ मा साइन्स विषय अध्ययन गर्ने पुष्पालाई २३ हजार ४०० र कमर्स विषय अध्ययन गर्ने अनितालाई १३ हजार ८०० रुपैयाँ प्रदान गरिएको रोटरी क्लब अफ बिर्तामोडका प्रेसिडेन्ट सुरेशकुमार अग्रवाल भद्रपुरेले बताए । रोटरी क्लब अझ बिर्तामोडको १० लाख रुपैयाँको अक्षय कोषबाट जेहेन्दार…

Read More

द्रोण अधिकारीभद्रपुर, १४ असोज । वैकल्पिक राष्ट्रिय सडकका रूपमा निर्माण भइरहेको हुलाकी सडक निमार्ण पूरा नहुँदै भत्कन थालेपछि संरक्षणको जिम्मेवारी पाएको हुलाकी सडक परियोजनाको कामको गुणस्तरप्रति प्रश्न उठेको छ । पूर्व—पश्चिम तराइको दक्षिणी क्षेत्रको विकासको आधारका रूपमा हेरिएको मध्य तराइ लोक मार्ग हुलाकी सडकको निर्माणधीन काम गुणस्तरहीन रहेका कारण निर्माण पूरा नहुँदै भत्कन थालेको हो । सडक निर्माणको समयमा प्राविधिक कर्मचारीको निगरानी कमजोर हुँदा हुलाकी सडको पूर्वी खण्ड अन्र्तगत भद्रपुरको झापा चौक—राजगढ सडकमा निर्माण ढेकेदारले कमसल निर्माण सामग्री प्रयोग गरेकै कारण कालोपत्रे निर्माण अवधिमै भत्कदा गुणस्तरहीन देखिएको छ । सडक निर्माणको ३ वर्षकै अवधिमा २० किलोमिटर सडक पार गर्दा दर्जनौं…

Read More