jhapaonline add

झापा, १२ असोज । सप्तकोशी नदीमा पानीको बहाब बढ्दै जाँदा ठाकुरबासा पारिपट्टीको टापुमा पानी पसेर ३० जनाभन्दा बढी मानिस समस्यामा परेका छन् । सुनसरीका प्रमुख जिल्ला अधिकारीका अनुसार २० देखि ३० जना मान्छे बोटबाट दुई दिन अगाडि नै त्यहाँ पुगेका थिए । आफूहरुले उनीहरुको उद्धार कार्य सुरु गरेको प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताए । यसैबीच सप्तकोशी नदीमा पानीको बहाब ५ लाख प्रति क्यूसेक पुग्न लागेको छ । तिवारीले दिएको जानकारी अनुसार हाल पानीको बहाब ४ लाख ९४ हजार क्यूसेक पुगेको हो ।

Read More

झापा, ८ असोज । झापाको दमक नगरपालिकामा आज करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ । इलाम महमाई नगरपालिका ५ घर भई दमक नगरपालिका ८ डेरा गरी करिब २६ वर्षीय कमल बुर्जामगर टाडे घरको भई तल्लामा आफ्नै सिटी सफारी चार्ज गर्ने क्रममा विद्युत सट भई करेण्ट लागी गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि दमक अस्पताल दमकमा सामान्य उपचार पश्चात थप उपचारको लागि बीण्डसी अस्पताल बिर्तामोड पठाइएकोमा अस्पताल पुर्‍याउना साथ डाक्टरले मृत घोषणा गर्नुभएको थियो ।

Read More

ताप्लेजुङ, ८ असोज । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा पछिल्ला दुई महिनामा १८ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिका अनुसार गत साउन र भदौमा भक्तजनले मन्दिरमा चढाएको भेटी रकम रु १८ लाख २६ हजार पाँच सय ५५ रहेको छ । समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार साउनमा रु छ लाख ९१ हजार र भदौमा रु ११ लाख ३५ हजार पाँच सय ५५ भेटी सङ्कलन भएको हो । समितिले सार्वजनिक गरेको तथ्याङ्कानुसार साउनमा पाथीभरा मन्दिरमा दर्शन गर्न आउने भक्तजनको सङ्ख्या एक हजार नौ सय ५५ थियो भने भदौमा यो सङ्ख्या बढेर नौ हजार नौ सय ३९ पुगेको…

Read More

झापा, ८ असोज । झापाको बिर्तामोडमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । सोमबार राति ८ बजेको समयमा बिर्तामोड–६ कुमारी चौकस्थित पूर्व–पश्चिम राजमार्गमा चारालीबाट बिर्तामोडतर्फ आउँदै गरेको प्र १–०१–०१३ प २८०९ नम्बरको मोटरसाइकलले पैदल यात्री बिर्तामोड–६ बुट्टाबारीका अन्दाजी ६२ वर्षीय यामबहादुर लिम्बूलाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट टाउको र खुट्टामा चोट लागेर घाइते भएका लिम्बूको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा गएराति मृत्यु भएको हो । मोटरसाइकल चालक बुद्धशान्ति गाउँपालिका–४ का ३२ वर्षीय विकास लिम्बूलाई नियन्त्रणमा लिएको छ । उनलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

बिर्तामोड, ८ असोज । झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको शिक्षा बहुउद्देश्यीय सहकारी संस्था लि.को १२ औं वार्षिक साधारण सभाका असोज ९ गते (भोलि) देखि शुरु हुने भएको छ । संस्थाको १२ औं वार्षिक साधारण सभा अन्तरगत इकाइगत साधारणसभा भोलिदेखि हुने भएको हो । संस्थाको असोज ९ गतेदेखि शुरु भएको इकाइगत साधारण सभा १६ गतेसम्म हुनेछ भने अन्तिम माइन्युट प्रमाणीकरण भेला १६ गते नै हुनेछ । संस्थाको इकाइगत साधारण सभाको कार्यतालिका अनुसार असोज ९ गते सदस्य सेवा केन्द्र धुलाबारीको मेची सहकारीको सभाहलमा, १० गते सदस्य सेवा केन्द्र दुहागढीको राम जानकी मन्दिर, धाइजनमोडमा, ११ गते सदस्य सेवा केन्द्र शनिश्चरेको पितृ भवनमा,…

Read More

मोरङ, ८ असोज । मोरङको पथरीशनिश्चरेमा धारिलो हतियार प्रहार गरी ससुराको हत्या गर्ने ज्वाइँलाई प्रहरीले सार्वजनिक गरेको छ। असोज ५ गते बिहान पथरीशनिश्चरे नगरपालिका–७ मायालु चोकका ६२ वर्षीय चन्द्रबहादुर तामाङ आफ्नै घरमा धारीलो हतियार गरी हत्या गरिएको अवस्थामा फेला परेका थिए । घटनास्थलमा फलामको धारिलो दाउ फेला परेको थियो भने घटनामा संलग्न चन्द्रबहादुरका ज्वाइँ कानेपोखरी–५ का २९ वर्षीय रविन राई फरार भएका थिए । उनलाई खोज तलासको क्रममा असोज ६ गते धनकुटा मुलघाट भन्ने स्थानमा फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटनाको प्रारम्भिक अनुसन्धानमा मृतक ससुरा र ज्वाइँ बीच मादक पदार्थ सेवन पश्चात विवाद हुँदा…

Read More

झापा, ८ असोज । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ। कोशी, बागमती र कर्णाली प्रदेशका एक–दुई स्थान हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ । कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै वर्षाको पनि सम्भावना रहेको छ ।…

Read More

झापा, ८ असोज । मिथिलाञ्चल क्षेत्रमा मनाइने जितिया पर्वअन्तर्गत आज बिहान ४ बजेदेखि ३६ घण्टासम्म बस्ने निर्जल र निराहार उपवास सुरु भएको छ । सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुखशान्तिका लागि मनाइने ‘जितिया पर्व’ महोत्तरीसहित मिथिलाञ्चल क्षेत्रमा नहा खा ९नुहाएर खानु० गर्दै सोमबारदेखि यो पर्व सरु भएको हो । धार्मिक विधिअनुसार आज बिहान ४ बजेदेखि बुधबार साँझ ५ बजेसम्म बर्तालुहरु अन्नपानी नखाएर उपवास बस्ने गर्दछन् । श्री जानकी भित्ते पात्रोमा रहेको मिथिला पञ्चाङ्गअनुसार मिथिलाञ्चलभरिमा सोमबार ‘ओगठन’ ९दरखाने०, आज जितिया व्रत र भोलि साँझ ५ बजे व्रत पारण ९समापन० विधि गरिन्छ । तिथिअनुसार यस वर्ष सोमबारदेखि सुरु भएको पर्वअन्तर्गत नहा…

Read More

झापा, ७ असोज । मोरङको विराटनगरमा आज दिउँसो एक युवती मृत फेला परेकी छन् । नेपाल–भारत सीमा क्षेत्रनजिक मृत फेला परेकी उनको पहिचान खुलेको छैन । विराटनगर–१६ हुलास चोकको बाटो नजिक नालीमा करिब ३० वर्षीया युवती मृत अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनको पहिचान खुल्न सकेको छैन । घाटी पछाडि फूलजस्तो ट्याटु र शरीरका विभिन्न भागमा सेतो दुबीजस्तो देखिने उनले गाडा हरियो रंगको सर्ट र निलो जिन्सको पाइन्ट लगाएकी छन् भने उनको कपाल खौरिएको छ । घटनास्थल मुचुल्का गर्ने क्रममा मृतक युवतीको भित्री वस्त्रबाट २२ एम्पुल लागुऔषध बरामद भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए…

Read More

झापा, ७ असोज । बाँकेमा पिर्काले हानेर छोराले बुवाको हत्या गरेका छन् । कोहलपुर नगरपालिका–८ पिपरीका ७० वर्षका नैन सिंह क्षेत्रीलाई छोरा दिप बहादुर क्षेत्रीले पिर्काले हानेर हत्या गरेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिनुभयो । असोज २ गते राति बावु र छोराको झगडा परेपछि आफ्नै छोराले बुवालाई पिर्काले हानेर हत्या गरेका हुन् । प्रारम्भिक अनुसन्धानमा राति दुवै जनाले रक्सी खाएको र केही समयपछि झगडा भएको देखिएको प्रहरीले जनाएको छ । पिर्का प्रहारबाट गम्भीर घाइते हुनुभएका क्षेत्रीको उपचारको क्रममा असोज ३ गते नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको कोहलपुर प्रहरी प्रमुख भण्डारीले जानकारी दिनुभयो ।…

Read More