
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, १७ साउन । झापाको शिवसताक्षी नगरपालिका–दुधे बजारको उत्तरतर्फ पानीट्याङ्की नजिक डाँडाको जंगल क्षेत्रमा अचेत अवस्थामा फेला परेका एक युवाको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका–दानाबारी निवासी अन्दाजी २९ वर्षीय विकल गहतराज रहेका छन् । स्थानीयवासी र प्रहरीको सहयोगमा गहतराजलाई उद्धार गरी तत्काल दमक अस्पताल पुर्याइएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गहतराज डाँडाबाट तल रहेको खोचमा अचेत अवस्थामा फेला परेका थिए। जंगलबाट एकोहोरो कराएको आवाज सुनेपछि स्थानीयवासी घटनास्थल पुगेका थिए । स्थानीय राजु दंगालका अनुसार गहतराज छटपटाइरहेको अवस्थामा भेटिएपछि स्थानीयवासी र प्रहरीको संयुक्त प्रयासमा उद्धार गरी अस्पताल पठाइएको थियो ।…
झापा, १७ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनबाट निर्वाचित नवनिर्वाचित केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम आज बुधबार हुने भएको छ । पार्टीका महामन्त्री विपिन आचार्यका अनुसार बिहान ११ बजे काठमाडौंको वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा नवनिर्वाचित केन्द्रीय सदस्य तथा अन्य पदाधिकारीहरूको शपथ ग्रहण कार्यक्रम आयोजना गरिएको छ। आचार्यले सभापति रवि लामिछानेको शपथ यसअघि नै भइसकेको जानकारी दिँदै आज निर्वाचित केन्द्रीय सदस्य र अन्य पदाधिकारीहरूले शपथ लिने बताए । रास्वपाको पहिलो महाधिवेशनबाट ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । गत असार ७ गते चितवनबाट सुरु भएको महाधिवेशन असार १२ गते सम्पन्न भएको थियो । पार्टी विधानअनुसार रास्वपामा कुल…
झापा, १७ असार । फिफा विश्वकप–२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा फ्रान्सले स्विडेनविरुद्ध सानदार जित निकोलेको छ । यो जितसँगै साविक उपविजेता फ्रान्स फिफा विश्वकप २०२६ को प्रिक्वाटर्डफाइनल (अन्तिम १६) मा प्रवेश गरेको छ । अमेरिकाको न्यूयोर्कस्थित न्यू जर्सी रंगशालामा भएको खेलमा फ्रान्सले स्विडेनलाई ३–० ले पराजित गरेको हो । फ्रान्सको जितमा कप्तान किलियन एम्बाप्पेले दुई तथा ब्राडली बारकोलाले एक गोल गरे । खेलको ४५औँ मिनेटमा एम्बाप्पेले पहिलो गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । ५३औँ मिनेटमा फ्रान्सका ब्राडलीले गोल गर्दै खेललाई २–० को अवस्थामा ल्याए । खेलको ७४औँ मिनेटमा एम्बाप्पले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सलाई ३–० को सानदार जित दिलाएका…
झापा, १७ असार । पवित्र रमजान १४४७ हिजरी (२०२६) को अवसरमा ३३ (तेत्तीस) जना नेपाली कैदीबन्दीलाई साउनी सरकारले आममाफी दिएको छ । नेपाल सरकारले नेपालीलाई आममाफी प्रदान गरेकामा साउदी अरब अधिराज्यको सरकारप्रति आभार व्यक्त गरेको छ । नेपाल सरकारले यस उदार कदमलाई नेपाल र साउदी अरब अधिराज्यबिच विद्यमान दीर्घकालीन मित्रता, सद्भाव तथा सौहार्दपूर्ण द्विपक्षीय सम्बन्धको प्रतिबिम्बका रूपमा उच्च मूल्याङ्कन गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यो आममाफी रियादस्थित नेपाली दूतावासमार्फत नेपाल सरकारले गरेको अनुरोधपश्चात् प्रदान गरिएको हो। उक्त कैदीबन्दीहरू साउदी अरबको कानुनी प्रक्रिया पूरा भएपछि नेपाल फर्किने मन्त्रालयद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ।
झापा, १७ असार । सिरहामा पत्रकार दिलीप सहनीलाई दुर्व्यवहार र गोविन्द यादवमाथि आक्रमण भएको घटनाप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ। यही असार १३ गते पत्रकार सहनीलाई इलाका प्रहरी कार्यालय गोलबजारमा प्रहरी कर्मचारीबाट दुर्व्यवहार भएको थियो भने कर्जनहा नगरपालिका—७ का वडा अध्यक्षका छोराको आक्रमणबाट पत्रकार यादव घाइते भएको महासंघको सिरहा शाखाले जनाएको छ। पेशागत धर्म निर्वाह गर्दा पत्रकारमाथि भएको यी घटना अत्यन्तै निन्दनीय र प्रेसविरोधी भएका महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। घटनामा संलग्नको तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउन र पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन महासंघले सम्बन्धित निकायसँग माग गरेको छ।
झापा, १७ असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको मङ्गलबारको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य घटाएको हो । निगमले पेट्रोलमा प्रतिलिटर रु २०, डिजेल र मट्टितेलमा प्रतिलिटर रु ३० ले मूल्य घटाएको छ । यस्तै, हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर रु ४० र हवाई इन्धन (अन्तरराष्ट्रियतर्फ) काठमाडौँका लागि प्रतिकिलोलिटर अमेरिकी डलर २६५ ले घटाइएको छ । खाना पकाउने एलपी ग्यासको मूल्यमा प्रतिसिलिन्डर रु १०० कटौती गरिएको छ । नयाँ मूल्यसूचीअनुसार तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा अब पेट्रोलको मूल्य प्रतिलिटर रु १९७ र डिजेल तथा मट्टितेलको मूल्य…
झापा, १७ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भूभाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण भूभागमा मनसुन विस्तार भएको छ । हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश बादल लागेको छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लागेको छ । बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा कोशी प्रदेशको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा भइरहेको छ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर पूर्णतया बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको…
झापा, १६ असार । कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित प्रहरी टोलीले लागू औषधमा संलग्न ५ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूको साथबाट ७ सय ९५ किलोग्राम गाँजा, ६ ग्राम १० मिलिग्राम ब्राउन सुगर, १ थान मिनि ट्रक र १ थान मोटरसाइकल बरामद गरेको छ । इलाका प्रहरी कार्यालय भेडेटार धनकुटाबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले साँगुरीगढी गाउँपालिका–६ स्थितबाट को १ ख ४६३५ नम्बरको मिनि ट्रकलाई संकालागी चेकजाँच गर्दा ट्रकको डाला भित्र अलुको बोराहरुले लुकाइ छिपाइ २५ वटा प्लास्टिकको पोकामा ल्याउदै गरेको ७ सय ७५ किलोग्राम लागू औषध गाँजा सहित चालक सुनसरीको इटहरी उपमहानगरपालिका–१ का ३३ वर्षीय…
झापा, १६ असार । धान उत्पादनमा अग्रणी जिल्ला झापामा यस वर्ष असार १५ गतेसम्ममा ७ प्रतिशत रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्र झापा प्रमुख सागर विष्टका अनुसार मनसुन सुरु भएयता असारको पहिलो सातादेखि धान रोपाइँ सुरु भएकोमा असार १५ सम्ममा ७ प्रतिशत रोपाइँ भएको हो । जिल्लामा असार २० देखि साउन १५ सम्ममा ७५ प्रतिशत रोपाइँ भइसक्छ । एक लाख ६० हजार ६ सय हेक्टर क्षेत्रफलमा फैलिएको झापामा खेतीयोग्य जमिन ९८ हजार सात सय १६ हेक्टर रहेको छ । त्यसमध्ये ७५ हजार ४५९.१८ हेक्टरमा धान खेती हुने गरेको छ । गत वर्ष ७२ हजार हेक्टर जमिनमा बर्खे धान लगाइएको…
झापा, १६ असार । आज सुनचाँदीको भाउ घटेको छ । हिजो सोमबार पनि सुनचाँदीको भाउ घटेको थियो । आज सुन तोलामा ४ हजार ५०० रुपैयाँले घटेर तोलाको २ लाख ७७ हजार ९०० रुपैयाँमा झरेको छ । हिजो सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँले घटेर तोलाको २ लाख ८२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको भाउ तोलामा २५ रुपैयाँले घटेको छ । भाउ घटेर चाँदी आज तोलाको ४ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो चाँदी तोलामा १५ रुपैयाँले घटेर तोलाको ४ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।