jhapaonline add

बिर्तामोड, १ असोज । झापाको बिर्तामोड बसपार्कस्थित पाथिभरा सेन्टर फर एड्भान्स स्टडिज (पाथिभरा इन्जिनियरिङ कलेज) ले तीन वर्षे डिप्लोमा तहको अध्यापन हुने भएको छ । यसै शैक्षिक सत्र २०८१ देखि कलेजले तीन वटा विषयमा ३ वर्षे डिप्लोमा तहको पठनपाठन शुरु गर्ने भएको हो । कलेज परिसरमा आज पत्रकार सम्मेलनको आयेजना गरी कलेजका डिप्लोमा तहको पठनपाठनबारे जानकारी दिएको हो । कलेजका कार्यकारी प्रमुख अनुज पराजुलीले यस वर्ष २०८१ देखि भर्ना लिने गरी ३ वर्षे डिप्लोमा तहको सिभिल, इलेक्टिकल र कम्प्युटर विषयमा अध्यापन गर्न लागिएको जानकारी दिनुभयो । प्रत्येक विषयमा ४८/४८ जना विद्यार्थी भर्ना गरिने उहाँले बताउनुभयो ।एसईई वा सो सरह उत्तीर्ण…

Read More

कचनकवल, १ असोज । झापाको कचनकवल गाउँपालिका–६ बनियानीबाट प्रहरीले लागुऔषध गाँजा कारोबारमा संलग्न तीन जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा गए राति १ बजे इलाका प्रहरी कार्यालय बनियानीबाट खटिएको वरिष्ठ प्रहरी नायव निरीक्षकको नेतृत्वमा रहेको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका व्यक्तिहरूमा नारायण सिंह राजवंशी, प्रकाश भारती, र पुजन सुवेदी रहेका छन्। पक्राउपश्चात उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय भद्रपुरमा राखिएको छ। प्रहरीका अनुसार गाँजा ओसार–पसारमा संलग्न अन्य व्यक्तिहरुको खोजी तथा अनुसन्धान जारी रहेको छ ।

Read More

मोरङ, १ असोज । मोरङको बिराटनगर महानगरपालिका- १५ र १७ स्थितबाट प्रतिवन्धितलागुऔषध गाँजा बोकेको दुई वटा सवारी साधन सहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । भाद्र ३१ गते बिहान साढे १० बजे बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण व्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर-१५ स्थितमा संकास्पद अवस्थामा रहेको बा.८च ७८८० नम्बरको कारलाई चेकजाँच गर्दा कारको पछाडि सिटमुनी लुकाई छिपाई राखेको ४३ किलो ग्राम गाँजा बरामद भए संगै उक्त कार चालक बिराटनगर-१५ का ३२ बर्षीय गणेश चौधरी र कारमा सवार रहेका बिराटनगर-१३ का २२ बर्षीय रोजेश परीयारलाई नियन्त्रणमा लिएको छ । यसैगरी राती साढे ८ बजे…

Read More

झापा, १ असोज । काठमाडौँ।नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा घरेलु टोली क्यानडासँग पराजित भएको छ । क्यानडाको किंग सिटीमा रहेको मप्ले लेआफ नर्थ वेस्ट क्रिकट ग्राउन्डमा गए राति सम्पन्न खेलमा नेपाल क्यानडासँग १०३ रनको भारी अन्तरले पराजित भएको हो । खराब ‘ब्याटिङ’ गरेको नेपाल क्यानडासँग एकदिवसीय खेलमा पहिलोपटक पराजित भएको हो । यसअघि क्यानडासँग भएको तीन भेटमा नेपालले तीनै खेलमा जित निकालेको थियो । खेलमा २५४ रनको लक्ष्य पछ्याएको नेपाल ४० दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै १५० रनमा समेटियो । नेपालका लागि करण केसीले सर्वाधिक २७ रन बनाए । उनले २४ बलमा दुई चौका र दुई छक्कासहित सर्वाधिक…

Read More

झापा, १ असोज । कालीगढले विश्वकर्माको पूजा आराधना गरी आज वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रुपमा सजाएर मजदुर समेतलाई सहभागी गराएर यो दिवस मनाइन्छ । बालुवा वा अन्य वस्तुबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य शुद्धस्थलमा लगी सेलाउने गरिन्छ । आज पूजा गरिएका मस्र्त तथा तस्वीर बुधबारदेखि नदीमा लगी सेलाइन्छ । आजका दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र…

Read More

झापा, १ असोज । मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभावसँगै पश्चिम बङ्गाल र आसपास रहेको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव देखिएको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी र बाग्मती प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका एक– दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केहि स्थानहरूमा र बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका तराई भूभाग तथा मधेस प्रदेशका…

Read More

झापा, ३१ भदौ । देशभर ९ हजार ४८६ जनामा डेंगु पुष्टि भएको छ । उक्त सङ्क्रमितमध्ये ६ जनामा मृत्यु भएको छ । मृत्यु भएकाहरू डेंगुमात्रै नभई अन्य रोग पनि रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय दाबी गर्दै आएको छ । देशभर फैलिएको सङ्क्रमित सङ्ख्यामध्ये ४ हजार ५३९ जना सङ्क्रमित गण्डकीमा रहेका छन् । बागमतीका २ हजार ४५३ जना, कोशीका १ हजार २७ जना सङ्क्रमित छन् । यस्तै, मधेसमा १८० जना, लुम्बिनीका ६४४ जना, कर्णालीका १३९ जना र सुदूरपश्चिममा ५०४ जनामा डेंगु फैलिएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ । डेंगु एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग…

Read More

झापा, ३१ भदौ । जबर्जस्ती करणी मुद्दामा पक्राउ परेका कैदी फरार भएसँगै झापाका सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ । भद्रपुर नगरपालिका–५ घर भएका २४ वर्षीय जीवन साह शनिबार राति प्रहरीलाई छक्याएर अस्पतालबाट फरार भएका थिए । साहलाई झापा जिल्ला अदालतले १६ वर्षीया बालिकालाई जबरजस्ती करणी मुद्दाको आरोपमा पुर्पक्षका लागि गत भदौ ५ गते झापा कारागारमा चलान गरेको थियो । छातीमा समस्या भएपछि साहलाई भदौ २५ गते मेची प्रादेशिक अस्पताल भद्रपुर लागिएको थियो । उनलाई मेची प्रादेशिक अस्पतालबाट ओमसाई पाथीभरा अस्पतालमा रेफर गरिएको थियो । उनी सोही अस्पतालबाट प्रहरीलाई छक्याएर फरार भएका थिए ।…

Read More

बिर्तामोड, ३१ भदौ । बिर्तामोडका रात्रिकालिक होटल व्यवसाय सञ्चालनका विषयमा मापदण्ड बनाइने भएको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा आज बसेको सर्वपक्षिय बैठकले सरोकारवाला पक्षसँग छलफल गरी आवश्यक मापदण्ड बनाएर जिल्ला सुरक्षा समितिलाई सिफारिस गर्ने निर्णय गरेको हो ।बिर्तामोडका होटल व्यवसायीले राति १२ बजेसम्म व्यापार गर्ने व्यवस्था मिलाईदिन आग्रह गर्दै नगरपालिकामा ज्ञापन पत्र बुझाएका थिए । सोहि अनुरुप नगरपालिकाले ईलाका प्रहरी कार्यालय अनारमनी, बिर्तामोड उद्योग वाणिज्य संघ, होटल व्यवसायी संघ झापा, जिल्ला ट्राफिक प्रहरी कार्यालय लगायत विभिन्न पार्टी प्रतिनिधि र सरोकारवाला निकायसंगछलफल गरेको हो । बेठकले सबै सरोकारवाला पक्षबाट बजारको अनुगमन गर्ने, बजार क्षेत्रमा जोडिएका सिसि क्यामेराको मर्मत…

Read More

चन्द्र बस्नेतकनकाई, ३१ भदौ । साझा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड दुर्गापुरले ११ जना भन्दा धेरैलाई सम्मान गरेको छ । संस्थाको सभाहलमा आयोजित संस्थाको ३२ औं वार्षिक साधारण सभामा उनीहरूलाई सम्मान गरिएको हो । कार्यक्रममा असल ऋणीका रूपमा सर्गवती राजवन्शी , उत्कृष्ट बचतकर्ताका रूपमा रामकुमार चाम्लिङ तथा शेयर सदस्यहरुको तर्फबाट भिमप्रसाद राजवन्शी ,गङगा प्रसाद खरेल ,मैना तिवारी ,देवीप्रसाद उप्रेती ,पुस्पराज राजवशी , पुर्व लेखा संयोजक सुशील कुमार पोखरेल, सदस्य धनपती चुडाल, कर्मचारी प्रतिमा ओली , र पुर्ण बहादुर राजवशीलाई सम्मान गरिएको थियो । त्यसै गरी कार्यक्रममा संस्थाका १५ जना सेयर सदस्यलाई गोला प्रथाबाट छनौट गरि पुरस्कृत समेत गरिएको व्यवस्थापक चुडालले जानकारी…

Read More