jhapaonline add

झापा, १९ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार शुक्रबार देशका विभिन्न भू(भागमा मेघगर्जन र चट्याङ्गसहित मध्यमदेखि भारी वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। जसअनुसार शुक्रबार बिहान देशभर साधारणतया बादल लागेको छ भने बागमती प्रदेशका केही स्थानमा, कोशी र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षा समेत भएको छ । यस्तै, दिउँसो देशभर साधारणतया बादल लाग्ने र हिमाली तथा पहाडी भू–भागका केही स्थानमा वर्षा वा हिमपात हुनसक्ने बताएको छ। तराईका थोरै स्थानमा पनि मेघगर्जनसहित वर्षाको सम्भावना छ। यस्तै, शुक्रबार राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई…

Read More

झापा, १८ असार । करिब दुई महिनादेखि विभिन्न प्रशासनिक तथा प्राविधिक अवरोधका कारण ठप्पप्रायः बनेको नेपाली चियाको भारततर्फको निर्यात पुनः सुचारु भएको छ। काँकडभिट्टा नाका हुँदै नेपाली चिया बोकेका ट्रकहरू भारतीय बजारतर्फ जान थालेपछि चिया उद्योगी, किसान र व्यवसायीमा राहतको वातावरण बनेको छ। मेची भन्सार कार्यालयका अनुसार मंगलबार इलाम टी र समर भ्यालीका चिया बोकेका दुई ट्रक भारततर्फ प्रस्थान गरेका थिए। त्यसयता थप तीन ट्रक गरी पछिल्लो दुई दिनमा पाँच ट्रक चिया भारत निर्यात भइसकेको छ। मेची भन्सार कार्यालय काँकडभिट्टाका भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका अनुसार हाल नाकाबाट चिया निर्यात पूर्ण रूपमा सहज भएको छ। भारतको नयाँ नीतिपछि सहज बन्यो निर्यातनिर्यात…

Read More

पाँचथर, १८ असार । पाँचथरको मिक्लाजुङ गाउँपालिका(६ स्थितबाट १ नाल भरुवा बन्दुकसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । असार १७ गते इलाका प्रहरी कार्याल खान्द्रुङ पाचँथरबाट गस्तिमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा प्र।१(०१(१४ प ६०४५ नम्बरको मोटरसाईकल चालक मिक्लाजुङ गाउँपालिका(५ का दिलबिर माखिम र पछाडी सवार मन कुमार माखिमलाई १ नाल खाली भरुवा बन्दुक सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको आवश्यक थप अनुसन्धान भईरहेको छ ।

Read More

झापा, १८ असार । गते कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित प्रहरी टोलीले लागू औषधमा संलग्न १३ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूको साथबाट २ सय ५७ ग्राम ४३० मिलिग्राम ब्राउन सुगर, ३७ किलोग्राम गाँजा, लागू औषध ट्याब्लेट ४६०, क्याप्सुल २० र १ थान मोटरसाइकल बरामद गरेको छ । मोरङको सुन्दरहरैचा नगरपालिका- ६ स्थितमा लागू औषध बेचबिखन भईरहेको छ भन्ने बिशेष सूचनाको आधारमा प्रहरी चौकी गछियाबाट प्रहरी टोली खटिगई चेकचाँच गर्दा सोही स्थानका २१ बर्षीय सुमन लिम्बु र २३ बर्षीय युराज मगरलाई ३६ ग्राम ११ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो भने इलाका प्रहरी कार्यालय…

Read More

झापा, १८ असार । नेपाल प्रहरीले ठमेल क्षेत्रमा अश्लिल क्रियाकलापमा लाग्ने पाँच विदेशी महिलालाई पक्राउ गरेको छ । प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलील काठमाडौँको पर्यटकीय क्षेत्र ठमेलमा अश्लील क्रियाकलापमा संलग्न भएको र प्रहरीमाथि दुव्र्यवहार गरेको आरोपमा पाँच जना विदेशी महिलालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा चार युगान्डा र एक इण्डोनेसियाका नागरिक रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले काठमाडौँ महानगरपालिका–२६ ठमेलस्थित सडकमा बाटो हिँड्ने स्वदेशी तथा विदेशी पुरुष पर्यटकलाई अनावश्यक रूपमा बाटो छेकेर अश्लील क्रियाकलापका लागि मोलमोलाई गरी दुःख हैरानी दिइरहेको अवस्थामा पक्राउ गरिएको जानकारी दिनुभयो । कार्यक्षेत्रमा खटिएका प्रहरी…

Read More

झापा, १७ असार । झापाको झापा गाउँपालिका–४ चौधरीटोलबाट प्रहरीले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । बुधबार साँझ करिब ६ः३० बजे प्रहरी चौकी टाघनडुब्बा र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका दुई जनामाथि शंका लागेपछि चेकजाँच गरेको थियो । जाँचका क्रममा दमक नगरपालिका–८ का ३७ वर्षीय चन्द्रबहादुर तामाङ र भारतको बिहार राज्य किशनगञ्ज जिल्ला दिघलबैंक थाना अन्तर्गत कुतुवाभिट्टा का १९ वर्षीय अब्दुल रहमानको साथबाट कालो प्लास्टिकमा लुकाइछिपाइ ल्याइएको लागूऔषध ब्राउन सुगरजस्तो देखिने खैरो लिसाइलो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ । बरामद पदार्थको तौल प्लास्टिकसहित २८ ग्राम ५३ मिलिग्राम र प्लास्टिकबाहेक २५ ग्राम…

Read More

झापा, १८ असार । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ६ हजार २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिनको तुलनामा सुनको मूल्य ६ हजार २०० ले बढेको हो । बिहीबार छापावाल सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबारका लागि निर्धारण गरिएको छ । बुधबार प्रतितोला २ लाख ७७ हजार ३०० रुपैयाँ कायम भएको थियो । यस्तै, बिहीबार चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार चाँदी प्रतितोला ४ हजार ४५० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार २७० रुपैयाँमा कारोबार भएको थियो । यसअनुसार चाँदीको मूल्य तोलामा १८०…

Read More

झापा, १८ असार । झापाको हल्दिबारी गाउँपालिका–२ कलाधर बस्तीस्थित हल्दिबारी–बिर्तामोड भित्री पक्की सडक छेउको जोतिएको खेतको हिलोमा साइकलसहित एक पुरुष मृत अवस्थामा फेला परेका छन् । बिहीबार बिहान करिब ५ः२० बजे स्थानीयवासीले खेतको हिलोमा अनुहार गाडिएको अवस्थामा एक पुरुष मृत रहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । सूचना प्राप्त हुनासाथ प्रहरी चौकी हल्दिबारीबाट खटिएको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको थियो । मृतक बिर्तामोड नगरपालिका–९ का ४९ वर्षीय होमप्रसाद सुवेदी रहेको खुलेको छ । मृतकलाई उनकी छोरी हाल हल्दिबारी गाउँपालिका–२ बस्ने योगमाया सुवेदी भट्टराईले पहिचान गरेकी हुन् । प्रहरीले घटनास्थल सुरक्षित राखी आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ ।…

Read More

झापा, १८ असार । मनसुनी वायुको प्रभावले बिहीबार बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश आकाश बादलले ढाकेको छ। कोसी र बागमती प्रदेशमा साधारणतया र मधेस प्रदेशको आकाशमा आंशिक बादल लागेको छ। अनि बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्म वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।‌ मौसम महाशाखाले आज बिहान ८ बजे जारी गरेको प्रक्षेपणअनुसार दिउँसो देशका हिमाली र पहाडी भूभागको केही स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्म वर्षारहिमपातको सम्भावना छ। सुदूरपश्चिम प्रदेशको तराई भूभागका पनि केही स्थान, लुम्बिनी प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ। मधेस…

Read More

झापा, १७ असार । अख्तियार दुरुपयोग आयोगले ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकाको तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतलगायतलाई भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरेको छ । पलापु खानेपानी लिफ्टको बैङ्क ग्यारेन्टी रकम हिनामिना गरेको तथा आम्दानी नजनाएको भन्ने समेतको उजुरीका सम्बन्धमा छानबिन गर्दा भ्रष्टाचार भएको आयोगको ठहर छ । आयोगले चम्पादेवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद सुवेदी, शिरिस कन्स्ट्रक्सन मध्यपुर ठिमी ६ भक्तपुर र सो कम्पनीका सञ्चालक प्रकाश नाछिरिङ राईविरुद्ध रु १८ लाख ५० हजार बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ । आयोजना सञ्चालनमा क्रममा राखिएको बैङ्क ग्यारेन्टी वापतको कार्यसम्पादन जमानतको रकम आपसी मिलेमतोमा सार्वजनिक सम्पत्ति हिनामिना गरेको…

Read More