
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
द्रोण अधिकारीभद्रपुर, ५ असोज । दक्षिणी झापाको कचन कवल ३ मा रहेको दुर्गाभिट्टा सामुदायिक वन समूह जलथल वनमा रहेको जैविक विविधताको संरक्षण गर्दै घाइते वन्य जन्तुको पालनपोषण समेत गर्दै आइरहेको छ । वि सं २०५८ सालदेखि सरकारी स्वामित्वको जलथल वनको २५४ हेक्टर क्षेत्र समुदायमा ल्याएर मासिन लागेको जैविकता र लोपोन्मूख जनवारको संरक्षण गर्दै हरित आन्दोलन चलाइरहेको वन समूह दुर्गाभिट्टा सामुदायिक वन हो । उच्च पहाडी भेगदेखि समथल तराइको हावापानीमा पाइने १५० बढी प्रजातिका काठ दाउरा योग्य रूख विरूवा तथा ५५० बढी वनस्पतिका प्रजातिको सामूहिक स्वरूप रहेको जलथल वनको दक्षिणी अवशेषमा अवस्थित दुर्गाभिट्टामा भण्डै सय प्रजातिका काठ दाउरा योग्य रूख विरूवा…
देवेन्द्र किशोर ढुङगाना समय किन रोकिन्छ रयहाँ कसैको लागि ।दिलमा चाहना हुनु पर्छ प्रियतमको लागि ।। नजरेले हेरी रहेछ उनकोचेहरामा उदासी।कुनै वहाना त चाहियोयस उदासीका लागि ।। को छ यहाँ जो दु:खी छैनसमयको मारबाट ।अलि अलि रमाउनु पर्छदिल्लगी जिउनका लागि ।। प्यार गर्छ जो डराउदैनयो ज़मानादेखि ।दिलमा दर्द चाहिन्छएक पल मौनताका लागि ।। किन तड़पिए उसलाईपाउने चाहनामा म ।दिलमा उन्माद चाहिन्छउसलाई पाउनका लागि ।। उ मेरो समीप छयही महसूस हुन लाग्यो ।सिर्फ वचन चाहियो उसकोप्रेमिल मिलनका लागि ।। मेरो सपनाको संसारमाउ यसरी आउछिन ।रात पनि छोटो भयोलुकाछिपिमा रमाउछिन ।।भद्रपुर, झापा
झापा, ५ असोज । बुद्धशान्ति प्रेस क्बलको आयोजनामा ‘झापा मिडिया कप–२०८१’ हुने भएको छ । दशैंको अवसरमा आगामी असोज १७ र १८ गते झापा मिडिया कप फुटबल प्रतियोगिता हुने भएको हो । क्लबले आज झापाको बुधबारेमा आज पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता बारे जानकारी दिएको छ । दशैंको अवसरमा जिल्लाभरिका सञ्चारकर्मीलाई खेलकुदको माध्यमबाट एकैथलोमा उभ्याउन प्रतियोगिता गर्न लागिएको क्लबका अध्यक्ष तीर्थ तिम्सिनाले बताउनुभयो । “सबै सञ्चारकर्मीलाई एकैठाउँमा भेला बनाएर आत्मियता बढाउने उद्देश्य हो”, उहाँले भन्नुभयो, “सञ्चारकर्मीमाझ कुनै प्रतियोगिता नभएको धेरै भएको छ, त्यसका लागि पनि प्रतियोगिता गर्न लागेका छौं ।” प्रतियोगितामा आयोजक बुद्धशान्ति प्रेस क्बल, भद्रपुर प्रेस क्लब, मेचीनगर प्रेस…
झापा, ५ असोज । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) लाई कारबाही गरिएको छ । झापाको मेचीनगरमा प्रधान कार्यालय रहेको एनएमसी सहकारीले विक्री वितरण गरेको चियामा कम गुणस्तर भएको पाइएपछि कारबाहीमा परेको हो । एनएमसीले कम गुणस्तरको चिया विक्री वितरण गरेपछि जिल्ला प्रशासन कार्यालय झापाले ५० हजार रुपैयाँ धरौटी तिराएको छ । खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ अनुसार एनएमसीको चिया कम गुणस्तरको पाइएकाले कारबाही प्रक्रिया अगाडी बढाएको र धरौटी तोकिएको जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालले जानकारी दिए । खाद्य परीक्षण प्रयोगशाला विराटनगरले एनएमसी चियाको नमुना परीक्षण गर्दा कम गुणस्तरको रिपोर्ट पठाएकाले कारबाही प्रक्रिया अगाडी बढाइएको…
झापा, ५ भदौ । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी दुबई, अल्बानिया लगायतका देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्राक्राउ पर्नेमा झापाको बाह्रदशी गाउँपालिका–७ घर भई भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३ गठ्ठाघर बस्ने ४६ वर्षीय जयनारायण राजवंशी र स्याङ्जाको वालिङ नगरपालिका–१ घर भई काठमाडौंको नागार्जुन नगरपालिका–२ बस्ने २८ वर्षीय राजन अर्याल रहेका छन् । पक्राउ परेकामध्ये राजनले १ जना पीडितबाट ३ लाख रूपैयाँ र जयनारायणले १ जना पीडितबाट ५ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले राजनलाई काठमाडौंको नागार्जुन नगरपालिका–२ बाट…
सन्तोष शर्माझापा, ५ असोज । मेची भन्सार कार्यालय काँकरभिट्टाले भदौ महिनामा सवा अर्ब राजश्व असुली गरेको छ । कार्यालयले चालू आर्थिक वर्ष २०८१/०८२ को भदौ महिनामा रू एक अर्ब २४ करोड २४ लाख ६८ लाख १८ हजार राजश्व संकलन गरेको कार्यालयका सूचना अधिकारी गणपति कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यालयलाई भदौ महिनामा रू एक अर्ब ४१ करोड २९ लाख २९ हजार राजवश्व संकलनको लक्ष्य दिइएको थियो । कार्यालयले लक्ष्यको ८८ दशमलव २५ प्रतिशत लक्ष्य हासिल गरेको छ । कार्यालयले भन्सार महसुल आयात वापत रू ५७ करोड २३ लाख १७ हजार चार सय चार, भन्सार महसुल निर्यात वापत रू एक…
झापा, ५ भदौ । मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा धेरै वर्षाको पनि सम्भावना रहेको छ । भोलि आइतबार पनि देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कर्णाली प्रदेशका केही स्थानहरू, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा…
भद्रपुर, ४ भदौ । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा चियाको निर्यात ५२ प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार चालु आवका साउन र भदौमा चार हजार ४१२ मेट्रिक टन चिया निर्यात भएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ५२ प्रतिशतले बढी हो । गत आवको पहिलो दुई महिनामा नेपालबाट दुई हजार ९०२ मेट्रिक टन चिया निर्यात भएको थियो । प्राप्त तथ्याङ्कअनुसार चिया निर्यातको परिणामसँगै यसको मूल्य पनि बढेको छ । चालु आव २०८१/८२ को दुई महिनामा एक अर्ब १३ करोड ३४ लाख १७ हजार बराबरको निर्यात भएको छ । जुन गत आव २०८०/८१…
झापा, ४ असोज । प्रहरीले ठूलो परिमाणमा लागुऔषध ट्रामाडोल बरामद गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले झापाकी एक महिलासहित ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुको साथबाट १ लाख ८० हजार ४३० थान ट्रामाडोल बरामद गरेको छ । पक्राउ पर्नेमा उदयपुरको गाईघाटका ३० वर्षीय श्रीबहादुर राई, झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर–१ घर भएकी सम्झना रोक्का, सर्लाहीका २२ वर्षीय विपिनकुमार महतो, पर्वतका २७ वर्षीय बालकृष्ण अधिकारी, बाराको परवानीपुर गाउँपालिका घर भएका ३४ वर्षीय प्रदीप सर्राफ र काठमाडौँको डल्लु घर भएका ५१ वर्षीय मन मोहन श्रेष्ठ छन् । गत भदौ १८ मा गोकर्णेश्वर नगरपालिका–५ स्थित बागमती करिडोरबाट उदयपुर घर भएका…
झापा, ४ असोज । आज धादिङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार साँझ ५ बजेर १६ मिनेटमा धादिङको चैनपुर आसपास केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको हो । ३.८ म्याग्निच्युडको भूकम्पको धक्का आसपासको क्षेत्रमा सामान्य महसुस भएको थियो ।