
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, १० बैशाख । लायन्स क्लवको डिस्ट्रिक ३२५ सीको सेकेन्ड भाइस डिस्ट्रिक गभर्नरमा लीला चिमरिया निर्वाचित भएका छन् । कनकाई नगरपालिका निवासी युवा व्यवसायी चिमरिया विराटनगरमा सम्पन्न निर्वाचनबाट चिमरिया लायन्सको सेकेण्ड गभर्नर सन् २०२४÷०२५ का लागि निर्वाचित भएका हुन् । १४७ मत प्राप्त गर्दै उनी अध्यक्षमा निर्वाचित भएका थिए । उनका प्रतिष्पर्धी मोरङ उर्लावारीका कोमल शाक्यले ३९ मत प्राप्त गरेका थिए । मतदान कार्यक्रममा १८७ जनाले मतदान गरेका थिए भने १ मत बदर भएको थियो । सन् २००८ मा सुरुङ्गा जेसीजको स्थापना गरेका चिमरिया सहारा सर्पदंश उपचार केन्द्रका अध्यक्षसमेत हुन् ।
बिर्तामोड, १० बैशाख । बिर्तामोड उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिले आइतबारदेखि पदभार ग्रहण गरेको छ । अध्यक्षमा विजयी भएका राजु न्यौपाने नेतृत्वको कार्य समितिले पदभार ग्रहण गरेको हो । २०८० फागुन १४ मा भएको निर्वाचनबाट न्यौपाने नेतृत्वको समिति निर्वाचित भएको थियो । सङ्घका अध्यक्ष प्रकाश शिवाकोटीले नवनिर्वाचित अध्यक्ष न्यौपानेलाई पदभार सुम्पिएका हुन् । अध्यक्ष न्यौपानेले निर्वाचित पदाधिकारी तथा सदस्यलाई पद तथा गोपनियताको सपथ गराएका थिए । यसअधि निर्वाचन समितिका संयोजक नारायणप्रसाद पौडेलले अध्यक्ष न्यौपानेलाई सपथ गराएका थिए । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष हेमराज ढकालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कलाकार विल्सनविक्रम राई, सञ्चारकर्मी विष्णुकुल श्रेष्ठ, व्यवसायी कुमार निरौलालाई सम्मान…
झापा, १० बैशाख । म्यानचेस्टर युनाइटेडले पेनाल्टी सुटआउटमा च्याम्पियनसीप टोली कोभेन्ट्रीलाई हराएर एफए कपको फाइनलमा प्रवेश गरेको छ । टोली पेनाल्टी सुटआउटमा ४–२ गोलले विजयी बन्यो । दुवै टिमले समान ३–३ गोल गरेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । युनाइटेडका कासेमिरो पहिलो पेनाल्टीमा गोल गर्न चुकेका थिए । तर, अन्द्रे ओनानाले कोभेन्ट्रीका कालम ओहेर र कप्तान बेन सिफको गोल रोक्दै युनाइटेडलाई लज्जास्पद हारबाट जोगाए । उपाधिका लागि युनाइटेडले म्यानचेस्टर सिटीको सामना गर्नुपर्नेछ ।
तेह्रथुम, १० बैशाख । तेह्रथुमको लालीगुराँस नगरपालिकामा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जना बालकको मृत्यु भएको छ । लालीगुराँस–५ दागपाका कालुबहादुर लिम्बूका ८ बर्षीय छोरा सुदिप लिम्बूको करेन्ट लागेर मृत्यु भएको हो । आफ्नै घरको कोठामा मोबाइल चार्ज गर्ने क्रममा मल्टीप्लग सर्ट भएर शनिबार बेलुका सुदिपलाइ करेन्ट लागेको थियो । गम्भीर घाइते भएका उनलाई उपचारका लागि बसन्तपुर अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिर्तामोड, ९ बैशाख । गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत बिर्तामोड नगरपालिकाले वडा नम्बर १ मा आयोजना गरेको गुडिया बनाउने तालिम सम्पन्न भएको छ । गत चैत्र १९ गतेदेखि सुरु भएको उक्त तालिममा वडाका १३ जना महिलाहरुले सहभागिता जनाएका थिए । तालिममा सहभागीहरुलाई आइतबार आयोजित एक संक्षिप्त कार्यक्रमका विच प्रमुख अतिथि वडा नम्बर १ का वडाअध्यक्ष अग्निप्रसाद पाण्डेले प्रमाण पत्र वितरण गर्नु भयो । कार्यक्रममा बोल्दै वडाअध्यक्ष पाण्डेले तालिममा सिकेको सिपलाई व्यवसायिक बनाउन आग्रह गर्नु भयो । नगरपालिकाले महिलाहरुलाई आत्मनिर्भर बनाउन लघु उद्यम विकास कार्यक्रम अन्तर्गत गुडिया बनाउने, सिलाई बुनाई, ब्याग बनाउने, ढाका बुन्ने, बाख्रा पालन लगायतका तालिम…
झापा, ९ बैशाख । झापाको अर्जुनधाराबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । अर्जुनधारा नगरपालिका–५ पानीकलस्थित बिरीङ खोला जाने कच्ची भित्री सडक खण्डमा लागुऔषध कारोबार हुँदैछ भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनी झापाबाट प्रहरी नायब उपरीक्षक प्रकाश बिष्ट र लागुऔषध नियन्त्रण ब्यूरो शाखा काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले कनकाइ नगरपालिका–८ बाँङ्गेडाँगीका ३१ वर्षीय रविन चौधरीलाई पक्राउ गरेको हो । प्रहरीलाई देख्ने बित्तिकै अर्जुनधारा–४ का २७ वर्षीय बिमल राई फरार भएका थिए भने चौधरीले कालो प्लाष्टिकले पोका भित्रबाट सेतो प्लाष्टिकको पोका प्याक गरेको अवस्थामा लागुऔषध खैरो हेरोइन जस्तो देखिने लिसाइलो पदार्थ हातमा बोकी रहेको अवस्थामा प्रहरीले फेला पारेको थियो…
झापा, ९ बैशाख । झापाको कनकाई नगरपालिका–४ त्रिबेणी टोलबाट सोही ठाँउ बस्ने एक ब्यक्तिलाई प्रहरीले लागूऔषध सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा २५ वर्षीय गोपाल राई रहेको इलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ । बाटोमा हिडिरहेको अवस्थामा प्रहरी हवल्दार शंकरलाल माझीको कमाण्डमा खटिएको टोलीले शंक लागेर चेक जाँच गर्ने क्रममा प्लास्टीकको पोकामा ब्राउन सुगर जस्तो देखिने लिसाईलो पदार्थ फेला परेको थियो । प्लास्टीकसहित ६ सय ५० मिलिग्राम रहेको र उनको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
झापा, ९ बैशाख । झापाका विभिन्न स्थानका सहकारी संस्थामा चोरी गरेको आरोपमा प्रहरीले छ जनालाई पक्राउ गरेको छ । जिल्लाका विभिन्न स्थानका १३ वटा सहकारीमा भएको चोरीमा संलग्न भएको आरोपमा छ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो । १३ वटा सहकारी संस्थाबाट रू ३० लाख १६ हजार छ सय ८७ चोरी भएको भनि सम्बन्धित सहकारीहरुले उजुरी दिएका थिए । पक्राउ पर्नेमा मकवानपुर इन्द्रसरोवर गाउँपालिका–५ फालेखका ३० वर्षीय सोमलाल स्याङ्तान, २१ वर्षीय सन्तबहादुर स्याङ्तान, २२ वर्षीय सुनिल स्याङ्तान, २५ वर्षीय बुद्ध स्याङ्तान, २६ वर्षीय सुजन स्याङ्तान र मकवानपुर गढी गाउँपालिका–८ का २८…
भद्रपुर, ९ बैशाख । महाकाव्यकार रघुनाथ राधाशरण रिमाल अपूर्णको शप्तदश संस्कार नामक महाकाव्य विमोचन गरिएको छ । लेखनाथ पुस्तकालय चन्द्रगढीको आयोजनामा भद्रपुर १० चन्द्रगढी स्थित दुर्गा पञ्चायन मन्दिरको सभाहलमा कवि तथा हाँस्यव्यङ्यकार कोमलप्रसाद पोखरेलले महाकाव्यको विमोचन गरेका हुन् । पुस्तकालयका सभापति कृष्ण सुवेदी निराकारको सभापतित्वमा सम्पन्न कार्यक्रममा पुस्तकको समीक्षा गर्दै समालोचक जीवनाथ सुवेदीले कृति धार्मिक भावसित समाजको चित्रण गर्दै नेपालको मौलिक कला र संस्कृतिको दस्तावेजका रूपमा आएको बताए । उनले सामान्यतया हिन्दू परम्पराले १६ वटा संस्कार स्वीकार गरेको भए पनि कृतिकारले महाकाव्यभित्र छैठी संस्कारलाई जोडेर १७ औं संस्कारका रूपमा प्रयोग गरेको जानकारी दिए । समालेचक सुवेदीले महाकाव्यको नियमलाई पूर्ण पालना…
बिर्तामोड, ९ बैशाख । झापाको बिर्तामोड नगरपालिकास्थि मुक्तिचोकमा कारको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर–१२ का १२ वर्षीय सन्तोष रोकाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय झापाले जनाएको छ । शनिबार राति पश्चिमबाट पूर्बतर्फ जाँदै गरेको प्र. १–०१–००२ च १९० नम्बरको सन्तोषलाई ठक्कर दिएको थियो । दुर्घटनाबाट घाइते सन्तोषलाई उपचारक लागि बिएण्डसी अस्पताल बिर्तामोड पठाइएको र उपचारको क्रममा आइतबार बिहान ३ बजे मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । कार चालक मेचीनगर नगरपालिका– १ का २६ वर्षीय रोनस परियारलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको छ ।