
कनकाई, १३ मंसिर । झापाको कनकाई नगरपालिका मंसिर १६ गते आइतबार स्थानीय बिदा दिने भएको छ ।
कनकाई नगरपालिका–६ मा वडा अध्यक्ष पदको लागि स्थानीय तह उपनिर्वाचन हुने भएकाले अत्यावश्यक सेवा बाहेकका कार्यालय स्थानीय बिदा हुने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भोजराज आचार्यले जानकारी दिनुभयो ।
उपनिर्वाचनका लागि नगरपालिकाबाट कर्मचारी निर्वाचन व्यवस्थापन तथा अन्य कार्यमा खटिने भएकाले स्थानीय बिदा दिइएको उहाँले भन्नुभयो ।

Facebook Comments Box


