
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
काठमाडौं, २५ वैशाख । गत महिना चीज गुरुङले युट्युबमा ल्याएको नयाँ गीत ‘हावा सरर’ विवादमा तानिएको छ । २०५० सालमा रेडियो नेपालमा रेकर्ड भएको चर्चित गीत ‘छोडेर आए म’सँग हुबहु मिल्दोजुल्दो भएको भन्दै यो गीतका सर्जकको परिवारले आपत्ति जनाएको छ । गायक राजेन्द्र लम्सालका छोरा तथा कलाकार सागर लम्साल बलेले आफ्नो बुवाको गीतसँग गुरुङको उक्त गीत हुबहु मिलेको आरोप लगाएका छन् । सामाजिक सञ्जालमार्फत मंगलबार एक वक्तव्य जारी गर्दै लम्सालले गीत हटाउन आग्रह गर्दै कुनै पनि संस्थाको आडमा धम्की नदिन भनेका छन् । गीत हुबहु चोरी गरिएको आरोप सागरको छ । विवाद सुरु भएपछि गुरुङले गीतको डिस्क्रिप्सनबाट संगीतकारको नाम हटाएर…
चितवन, २५ वैशाख । चितवन राष्ट्रिय निकुञ्जमा आज बाघ र गैँडा मृत फेला परेका छन् । निकुञ्जको भित्र भिमपुर क्षेत्रमा बाघ तथा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा गैँडा मृत अवस्थामा भेटिएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार नेपाली सेनाको सुरक्षा पोष्ट अमृतेबाट खटिएको टोलीले मृत बाघ फेला पारेको हो । अहिले घटनास्थलमा सेना र निकुञ्जको टोली पुगेको छ । घटनास्थल सौराहा नजिक पर्दछ । बाघको मृत्युको कारण खुल्न सकेको छैन । यस्तै नवलपरासीको कावासोती नगरपालिका–१५ स्थित गुन्द्रइढाका मध्यवर्ती सामुदायीक वन क्षेत्रमा एक भाले गैंडा मृत फेला परेको छ । गैंडा प्राकृतिक कारणले मरेको निकुञ्जका सूचना अधिकारी तिवारीले जानकारी दिए ।…
झापा, २४ बैशाख । मेचीनगर– १५ स्थित ज्यामिरगढी–चन्द्रगढी सडकमा ट्याक्टरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ । शनिबार साँझ ७.३० बजेतिर गाहिनावारीस्थित सडकखण्डमा ज्यामिरगढीबाट चन्द्रगढीतर्फ आउँदै गरेको मे १ त ५३१९ नं.को ट्याक्टरसंँग विपरीत दिशाबाट जाँदै गरेको मे. ११ प ९०२ न. को मोटरसाइकल ठोक्किएको थियो । दुर्घटनामा मोटरसाइकल चालक कचनकवल –२ बस्ने २७ वर्षीय ज्ञान अधिकारीको मृत्यु भएको हो । घाइते अधिकारीलाई उपचारका लागि बिर्तासिटी हस्पिटल ल्याइएकोमा उपचारका क्रममा राति ८.३० बजेतिर मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । मृतक अधिकारी कचनकवल–२ का पूर्व जनप्रतिनिधि चन्द्रशंखर अधिकारीका कान्छा छोरा हुन् । ट्याक्टर, चालक र मोटरसाइकललाई…
झापा, २४ बैशाख । मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र हरि नेपालले १३ बिघा क्षेत्रफलमा खरबुजा फलाउनु भएको छ । “धमाधम बजारमा पु्याइरहेका छौँ,” खनालले भन्नुभयो, “पहिलो पटक खेती गरेका हाँैं, राम्रो उत्पादन भयो ।” कृषिमा लागिरहनु भएका नेपाल र खनाल मिलेर मेची बगरमा खरबुजा खेती गर्नुभएको हो । नेपाली बाबु स्मार्ट कृषि फार्म दर्ता गरेर उहाँहरुले सुरु गरेको बगर खेतीमा तीन सय ५० मेट्रिक टनभन्दा बढी खरबुजा फलेको छ । चैतको अन्तिम सातादेखि पाक्न थालेको खरबुजा वैशाख र जेठभरिमा बिक्री भइसक्छन् । व्यापारीले फार्ममै आएर खरबुजा किनेर लैजाने गरेका छन् । निजी सवारी लिएर किन्न आउने ग्राहकको…
झापा, २४ बैशाख । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी, गण्डकी र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। भोलि मंगलबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि…
झापा, २३ वैशाख । झापाको कचनकवल गाउँपालिकामा रहेको दिपज्योति सामुदायिक बनको निर्वाचन सम्वन्धि विवादले त्यहाँ भएको आर्थिक अपचलन तथा काठको हिनामिना बाहिर आएको छ । २०८० साल असोजमा म्याद सकिएको समितिले हालसम्म साधारण सभा तथा निर्वाचन समेत गर्न नसकेको बन समितिका सल्लाहाकार तथा पूर्व अध्यक्ष लक्षमण राईले आरोप लगाएका छन् । २०८० माघ २७ गतेको बनको साधारण सभाले १५ दिन भित्रमा निर्वाचन गर्नु पर्ने माइन्युट दिए पनि प्रतिनिधि विवादले आजका दिनसम्म पनि नयाँ कार्य समिति चयन हुन सकेको छैन भने त्यहाँ आर्थिक अनियमितता भएको भन्दै उपभोक्ताहरुले विरोध जनाउँदै तुरुन्त विशेष साधारण सभाको आह्वान गर्न समितिलाई र जिल्ला डिभिजन बन कार्यालयलाई…
काठमाण्डौ, २३ वैशाख । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले महिला टी–२० विश्वकप क्रिकेट २०२४ को खेल तालिका सार्वजनिक गरेको छ । नवौँ संस्करणको प्रतियोगिता आउँदो अक्टोबर ३ देखि २० सम्म बङ्ग्लादेशमा हुनेछ । टी–२० विश्वकपका लागि १० वटा टिमलाई दुई वटा समूहमा बाँडिएको छ । भारत, अस्ट्रेलिया, न्युजिल्यान्ड, पाकिस्तान र क्वालिफायर–१ को टिम समूह ‘ए’ मा छन् । यस्तै दक्षिण अफ्रिका, इङ्ग्ल्यान्ड, वेस्ट इन्डिज, बङ्ग्लादेश र क्वालिफायर–२ को टिम समूह ‘बी’ मा छन् । क्वालिफायर–१ र क्वालिफायर–२ का लागि यही अप्रिल २५ देखि यूएईमा भइरहेको टी–२० विश्वकप छनोटको फाइनलमा पुग्ने दुई टोली छानिनेछन् ।अक्टोबर ३ मा इङ्ग्ल्यान्ड र दक्षिण अफ्रिकाले…
काठमाडौँ, २३ वैशाख । अहिले नेपालको कुल औसत आयु ७१.३ वर्ष पुगेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा सार्वजनिक जनसाङ्ख्यिक सूचक अनुसार पुरुषको औसत आयु ६८.२ रहेको छ भने महिलाको ७३.८ वर्ष रहेको छ । पुरुष र महिलाको मृत्युको दुरी बढ्दै गएको छ । यो करिब करिब ५ वर्षले फरक छ । सबैभन्दा बढी कर्णाली प्रदेशमा ७२.५ वर्ष मानिसहरू बाँच्दछन् । सबैभन्दा कम ६९.५ वर्ष लुम्बिनी प्रदेशमा रहेको छ । दोस्रोमा कोशी प्रदेशमा ७०.४, सुदूरपश्चिममा ७१.३, मधेस प्रदेशमा ७१.८, गण्डकी प्रदेशमा ७२.१, बागमती प्रदेशमा ७२.४ रहेको छ । कर्णाली प्रदेशमा पुरुषको भन्दा महिलाको औसत आयु सबैभन्दा बढी छ । सबैभन्दा कम…
विराटनगर, २३ वैशाख । जीवन विकास लघुवित्त वित्तीय संस्थाले उत्कृष्ट कर्मचारी तथा शाखालाई पुरस्कृत गरेको छ । आर्थिक वर्ष २०७९–८० मा उत्कृष्ट कार्य गरेका कर्मचारी र शाखा कार्यालयलाई पुरस्कृत गरेको हो । जीवन विकासले उत्कृष्ट जिल्ला प्रमुखको रुपमा मैयाँ राई, शिवचरण दास र मनोजकुमार मण्डललाई पुरस्कृत गरेको हो । उत्कृष्ट शाखा प्रमुख घोषित भएका रिता घिमिरे, अनिल कुमार साह, यदुनन्दन कुमार साहलाई पनि पुरस्कृत गरेको हो । उत्कृष्ट फिल्ड कर्मचारी कल्पना कुमारी चौधरी, जेसन कुमार दास र चन्दन कुमार सिंहलाई पुरस्कृत गरेको छ । उत्कृष्ट कार्य गरेबापत कार्यालय सहयोगी सविता कुमारी गोढी , प्राविधिक कर्मचारी कुन्दनकुमार सिंह, रिसेप्सनिष्ट गीता खत्रीलाई…
मुग्लिन, (चितवन)२२ वैशााख । नेपालका त्रिशुलीसहित ५ वटा नदीलाई प्लास्टिकजन्य फोहरबाट मुक्त बनाइने भएको छ । विश्व बैंकको आर्थिक सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित क्याप परियोजनाले सात वटा स्थानीय तहको सहकार्यमा बागमती, त्रिशूली, राप्ती, कमला र सुनकोसी नदीलाई प्लास्टिकजन्य फोहरबाट मुक्त बनाउने भएको हो । क्याप परियोजनाका कार्यक्रम प्रमुख उज्वल उपाध्यायका अनुसार ती नदीहरुलाई प्लास्टिकजन्य फोहरबाट मुक्त बनाउन ललितपुर महानगरपालिका, भरतपुर महानगरपालिका, हेटौँडा उपमहानगरपालिका, बर्दिवास नगरपालिका, गजुरी गाउँपालिका, इच्छाकामना गाउँपालिका र सिन्धुलीको गोलान्जोर गाउँपालिकासँग सहकार्य गरिने छ । परियोजनाले स्थानीय तहको सहकार्यमा प्लास्टिकजन्य फोहरले पार्ने असरबारे जनचेतना र व्यवस्थापनका विषयमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने परियोजना प्रमुख उपाध्यायको भनाइ छ । प्लास्टिकजन्य…