
झापा, २४ बैशाख । मेचीनगर– १५ स्थित ज्यामिरगढी–चन्द्रगढी सडकमा ट्याक्टरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।
शनिबार साँझ ७.३० बजेतिर गाहिनावारीस्थित सडकखण्डमा ज्यामिरगढीबाट चन्द्रगढीतर्फ आउँदै गरेको मे १ त ५३१९ नं.को ट्याक्टरसंँग विपरीत दिशाबाट जाँदै गरेको मे. ११ प ९०२ न. को मोटरसाइकल ठोक्किएको थियो । दुर्घटनामा मोटरसाइकल चालक कचनकवल –२ बस्ने २७ वर्षीय ज्ञान अधिकारीको मृत्यु भएको हो । घाइते अधिकारीलाई उपचारका लागि बिर्तासिटी हस्पिटल ल्याइएकोमा उपचारका क्रममा राति ८.३० बजेतिर मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
मृतक अधिकारी कचनकवल–२ का पूर्व जनप्रतिनिधि चन्द्रशंखर अधिकारीका कान्छा छोरा हुन् । ट्याक्टर, चालक र मोटरसाइकललाई इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिएको छ ।


