jhapaonline add

झापा, ३१ जेठ । झापाको मेचीनगर नगरपालिका–४ मा जंगली हात्तीको आक्रमणबाट एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । आज बिहान करिब ४ः५५ बजे मेचीनगर–४ वडा कार्यालय अगाडि स्थानीय ६२ वर्षीया पद्मा पौडेललाई घरबाट बाहिर निस्कने क्रममा अचानक आएको जंगली हात्तीले कुल्चिँदा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक विजय चौहानले जानकारी दिनुभयो । घटनाको जानकारी पाएपछि प्रहरी चौकी बाहुनडाँगीबाट खटिएको प्रहरी टोलीले घटनास्थल सुरक्षित राखेको छ भने थप अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गर्न इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट प्रहरी निरीक्षक वीरेन्द्र कोइरालाको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको निमित्त सूचना अधिकारी चौहाले बताउनुभयो ।

Read More

भद्रपुर, ३१ जेठ । झापाको भद्रपुर–२ स्थित नृत्यालय स्कूल अफ्् डान्सको आयोजनामा भएको ‘शुद्ध नृत्य युद्ध’को उपाधि भद्रपुरकी ओमालिसा मेचेले हात पारेकी छन् । प्रतियोगिता अन्तरगत शनिबार टप टेन प्रतियोगी बीच भएको ग्राण्ड फिनालेमा अन्य प्रतिस्पर्धीलाई पछि पार्दै ओमालिसाले उपाधि उचालेकी हुन् । उपाधिसँगै उनले नगद १५ हजार र ट्रफी प्राप्त गरेकी छन् । फिनाले राउण्डमा बिर्तामोडकी स्रष्टा राउत फस्र्ट रनर–अप र हल्दिबारीकी सन्दिपा नेम्बाङ सेकेण्ड रनर–अप भएकी छन् । उनीहरुले क्रमशः १० हजार र ५ हजार रुपैयाँ र ट्रफी पाएका छन् । अन्य सात प्रतिस्पर्धी सलिन मगर, खुसाङ तामाङ, दृशा रिजाल, अर्पण घिमिरे, सेमिहाङ्मा लिम्बू, सुजाता भट्टराई र रुस्ना…

Read More

भद्रपुर, ३१ जेठ । भद्रपुर झापा गोल्डकपको नवनिर्वाचित कार्यसमितिले आगामी दुई वर्षका लागि औपचारिक रुपमा कार्यभार सम्हालेको छ । शनिबार भद्रपुर–८ स्थित होटल एयरपोर्टको सभाहलमा प्रमाणपत्र ग्रहण, सपथ ग्रहण तथा पदस्थापनसँगै यही जेठ ९ गते सम्पन्न दोस्रो अधिवेशनबाट सर्वसम्मत निर्वाचित कार्यसमितिले औपचारिक रुपमा पदभार ग्रहण गरेको हो । भद्रप’र झापा गोल्डकपका संरक्षक, भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा गोल्डकपको निर्वाचन समितिले आयोजना गरेको समारोहका अध्यक्ष निर्वाचन समितिका संयोजक दिपेन्द्र भट्टराईले गोल्डकपका नवनिर्वाचित पदाधिकारी–सदस्यहरुलाई विजयीको प्रमाणपत्र हस्तान्तरण गर्नुका साथै नवनिर्वाचित अध्यक्ष दिपेश ढकाललाई सपथ गराएका थिए भने अध्यक्ष ढकालले अन्य पदाधिकारी–सदस्यहरुलाई सपथ गराएका थिए । समारोहमा प्रमुख अतिथि नगरप्रमुख पोखरेल,…

Read More

बिर्तामोड, ३१ जेठ । मुद्रण उद्योग संघ झापाको आयोजनामा ‘ग्राफिक्स डिजाइनमा एआई (कृत्रिम बुद्धिमत्ता) को प्रयोग’ विषयक एकदिने तालिम कार्यक्रम शनिबार सम्पन्न भएको छ । ग्राफिक्स डिजाइन तथा मुद्रण क्षेत्रलाई प्रविधिमैत्री बनाउने उद्देश्यले बिर्तामोडको चारपानेमा आयोजित तालिममा जिल्लाका विभिन्न मुद्रण तथा डिजाइन व्यवसायसँग आबद्ध ४० जना सदस्यहरुको सहभागिता रहेको थियो । तालिममा प्रमुख प्रशिक्षकको रुपमा रहेर एआईको सम्भावना तथा डिजाइन क्षेत्रमा यसको प्रभावबारेमा गुगल जेमिनी एआई एजुकेटर उमाकान्त खनालले प्रशिक्षण दिनुभएको थियो । त्यस्तै, ग्राफिक्स डिजाइनका विषयमा प्रशिक्षक एकराज प्रधानले सहजीकरण गरेका थिए । प्रशिक्षकहरूले आधुनिक डिजाइन प्रविधि, एआई टुलहरूको प्रयोग, कार्यक्षमता वृद्धि तथा व्यवसायिक प्रतिस्पर्धामा एआईको भूमिकाबारे विस्तृत जानकारी…

Read More

झापा, ३१ जेठ । हाल देशको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ), स्थानीय तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहेको छ । मधेस प्रदेशमा आंशिक बदली रहेको छ भने सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो कोशी प्रदेशलगायत देशका हिमाली भागमा साधारणतया बदली रहने तथा बाँकी पहाडी भूभाग र मधेस, बागमती तथा गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक…

Read More

झापा, ३० जेठ । झापाको मेचीनगर नगरपालिका–६ स्थित पुरानो मेची पुल क्षेत्रमा लागुऔषधसहित बिर्तामोडका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो कार्यालय काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले आज दिउँसो भारतबाट पैदल नेपालतर्फ आउँदै गरेका बिर्तामोड नगरपालिका–७ का ३० वर्षीय विष्णुसिंह राजवंशीलाई लागुऔषधसहित पक्रउ गरेको हो । शंकाको आधारमा चेकजाँच गर्दा उनको साथबाट प्लास्टिकबाहेक ५ ग्राम ४० मिलिग्राम खैरो हिरोइनजस्तो देखिने लिसाइलो पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । लागुऔषधसहित पक्राउ परेका राजवंशीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ…

Read More

झापा, ३० जेठ । झापाको मेचीनगर नगरपालिका–६ गैरीगाउँ क्षेत्रबाट अनधिकृत रूपमा नेपाल प्रवेश गर्दै गरेका एक बंगलादेशी नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज दिउँसो १२ः४५ बजे भारतको पानीट्याङ्कीबाट मेची खोलाको बाटो हुँदै गैरकानुनी रूपमा नेपाल प्रवेश गर्दै गरेका बंगलादेशी नागरिक ३३ वर्षीय एमडी सैफुल इस्लामलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । चाँदपुर जिल्लाको तुलाटोली कचुवा मनोहरपुर–३६३० बंगलादेश स्थायी घर भएका सैफुल इस्लामले बंगलादेशी राहदानी बोकेर नेपाल प्रवेश गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको जनाएको छ । प्रहरीले उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा ल्याएर आवश्यक अनुसन्धान गरी थप कानुनी कारबाहीका लागि अध्यागमन विभाग काठमाडौं…

Read More

झापा, ३० जेठ । झापाको बिर्तामोड नगरपालिका–२ चारपाने क्षेत्रमा एक युवतीलाई कालो मोसो दलेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार शनिबार साँझ करिब ६ः३० बजे चारपानेस्थित राजगढ जाने बाटोमा एक महिलालाई स्थानीय व्यक्तिहरूले कालो मोसो दलेको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले घटनाबारे अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा कनकाई नगरपालिका–८ निवासी १८ वर्षीय समिर मर्डी, २० वर्षीया सबिना मुर्मु, २५ वर्षीया स्वस्तिका मुर्मु र १९ वर्षीया पूजा बस्नेतले बिर्तामोड–२ चारपाने निवासी २१ वर्षीया सबिना राजवंशीलाई पुरानो रिसइबीका कारण बिजुलीको पोलमा हात बाँधी कालो मोसो दलेको खुलेको प्रहरीले जनाएको छ । घटनामा संलग्न…

Read More

बिर्तामोड, ३० जेठ । बिर्तामोड नगरपालिकाले आयोजना गरेको ‘बिर्तामोड रोजगार मेला’ आजदेखि अतिथिसदनमा सुरु भएको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाई र बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले रिबन काटेर मेलाको उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा बिर्तामोड नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १ का वडाध्यक्ष अग्निप्रसाद पाण्डे, वडा नम्बर २ का वडाध्यक्ष किशोर पौडेललगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । रोजगार मेलामा डीडी सेक्युरिटी, दिया रिलाएबल, नेपाल लाइफ इन्स्योरेन्स, झापा प्राविधिक शिक्षालय, होटल व्यवसायी संघ, नेपाल भेनियर उद्योग संघ, बिर्तामोड जब सेन्टर, महिला उद्यमी समूह, ग्रिल तथा स्टिल व्यवसायी संघ, रोजगार नेपाल, नेपाल औषधि व्यवसायी संघ, इगल…

Read More

संखुवासभा, ३० जेठ । संखुवासभाको पाँचखपन नगरपालिका–६ मगरटोल स्थितबाट भरुवा बन्दुकसहित १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जेठ २९ गते गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय वानाबाट खटिएको प्रहरी टोलीले पाँचखपन नगरपालिका–६ निवासी ३५ वर्षीय विनय मगरको घर छेउमा रहेको कागतीको झाडीमा लुकाईछिपाई राखेको अवस्थामा १ थान लोड गरिएको भरुवा बन्दुक बरामद गरे संगै मगरलाई नियन्त्रणमा लिएको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

Read More