
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
बिर्तामोड, १२ फागुन । व्यवसायमा लामो समय टिकिरहन त्यती सजीलो छैन । तर मेहनत , परिश्रम,लगनशिलता निरन्तर गर्ने हो भने असम्भब भन्ने केहि छैन । लामो समय सम्म व्यापारमा संलग्न रहेर आफू मात्र होइन, अरुलाई पनि रोजगारी दिन झनै कठिन छ । बिर्तामोडका युवा व्यवसायी डिल्लीराम कोइराला त्यस्ता एउटा पात्र हुन्, जो आफू मात्रै आत्मनिर्भर छैनन्, अरु धेरै जनालाई पनि आत्मनिर्भरताको बाटोमा हिंडाइ रहेका छन् । बिर्तामोड उद्योग वाणिज्य सङ्घको फागुन १४ गते सोमबार हुने निर्वाचनमा राजु न्यौपाने नेतृत्वको लोकतान्त्रिक व्यावसायिक प्यानलबाट खुला सदस्यमा उम्मेदवारी दिएका कोइराला मेचीनगरस्थित जनता पेन्टस प्रालिका सञ्चालकहरु मध्येका एक हुन् भने बिर्तामोडमा सञ्चालित एपोलो पेन्टसको…
शिवसताक्षी, १२ फागुन । झापा शिवसताक्षी नगरपालिका–५ भेलामुनीमा भेलामुनी धार्मिक तथा पर्यटकीय क्षेत्र निर्माण कार्य अन्तर्गत भेलामुनी कनकाई माई भगवतीको मन्दिर निर्माण गरिएको छ । आज एक कार्यक्रमका बीच उक्त मन्दिरमा कनकाई भवगतीको प्राण प्रतिष्ठा गरिएको हो । वडा नं. ५ का स्थानीयबासीले कनकाई माईको जल लिई कलश यात्रा पश्चात कनकाई भगवतीको प्राण प्रतिष्ठा गरिएको थियो । आजै शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले उक्त मन्दिरको उद्घाटन समेत गरेका छन् । मन्दिर उद्घाटनका क्रममा बोल्दै नगर प्रमुख थोप्राले नगरपालिकाको नामै शिवसताक्षीको नामले नै धार्मिक एकताको सन्देश दिएको बताए । ‘नगरमा सताक्षीधाम, चिल्लागढ, माइधाम, दोमुखा धार्मिक तथा पर्यटकीय क्षेत्र रहेकोमा अब भेलामुनी…
बिर्तामोड, १२ फागुन । पूर्वको प्रमुख व्यापारिक केन्द्र बिर्तामोडमा यति बेला उद्योग बाणिज्य संघको चुनाव संघारमा आइपुगेको छ । यहाँका उद्योगी, व्यापारी नयाँ तथा कुशल नेतृत्व पाउन उत्सुक तथा आतुर देखिएका छन् । बाणिज्य संघको चुनाव माघ १४ हुँदैछ । आज राति १२ बजेदेखि मौन अवधि शुरु हुँदैछ । चुनाव मिति नजिकिए सगै चुनावी सरगर्मी बढ्नुका साथै उम्मेदवारी दर्ता गराएकाहरू प्रचार प्रसार मत माग्न अन्तिम कसरतमा छन् । लोकतान्त्रिक प्यानल र स्वतन्त्र गरी दुई पक्ष चुनावी मैदानमा होमिएका छन् । लोकतान्त्रिक प्यानलबाट उम्मेदवारी दिएका – दिनेश श्रेष्ठको हुन्लोकतान्त्रिक प्यानलबाट सदस्य पदमा उम्मेदवारी दिएका श्रेष्ठ २०६१ सालदेखि बिर्तामोडमा रहेर व्यवसाय गर्दै…
बिर्तामोड, १२ फागुन । व्यवसायमा लामो समय संलग्न रहेर आफू मात्र होइन, अरुलाई पनि रोजगारी दिनु चानचुने कुरा होइन । चन्द्रादेवी भट्टराई त्यस्तै एउटी पात्र हुन्, जो आफू मात्रै आत्मनिर्भर छैनन्, अरुलाई पनि आत्मनिर्भरताको बाटोमा हिँडाउन सफल भएकी छन् । बिर्तामोड उद्योग वाणिज्य सङ्घको फागुन १४ गते हुने निर्वाचनमा अर्जुनकुमार मैनाली नेतृत्वको स्वतन्त्र व्यावसायिक प्यानलबाट खुला सदस्यमा उम्मेदवारी दिएकी भट्टराईले झापाको बिर्तामोडस्थित पश्चिम बस स्टेन्डमा दीपश्री खाजा घर सञ्चालन गर्दै आएकी छन् । लामो समयदेखि होटल व्यवसायको क्षेत्रमा क्रियाशील रहेकी उनी उद्योग व्यापार व्यवसायमा महिलाहरूको सहभागिता बढाउँदै लैजानुपर्ने मान्यता राख्छिन् । सानोतिनो व्यापार व्यवसाय गरेर पारिवारिक दायित्व पूरा गर्दै आएका…
बिर्तामोड, १२ फागुन । फागुन १४ गते हुने बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनमा स्वतन्त्र व्यवसायिक प्यानलको पक्षमा पशुपति युवा समूह र पशुपति इन्भेस्टमेन्ट ग्रुप प्रालिले समर्थन जनाएको छ । अर्जुन मैनाली नेतृत्वको स्वतन्त्र प्यानलका उम्मेदवारहरु र पशुपति ग्रुपबीच बिर्तामोडमा भएको अन्तरक्रियाबाट स्वतन्त्र प्यानललाई समर्थन जनाएको पशुपति युवा समूहका पूर्व अध्यक्ष राजकुमार कार्कीले जानकारी दिए । व्यवसायीको हितमा काम गर्न स्वतन्त्र प्यानललाई समर्थन गरेको जनाइएको छ । कार्कीले वाणिज्य संघको वेथिती सुधारका लागि र व्यवसायीको पक्षमा काम गर्ने उम्मेदवारहरु स्वतन्त्र प्यानलमा पाएको बताए । इन्भेस्टमेन्ट ग्रुप प्रालिका अध्यक्ष रोशन बोहराले मैनाली र उनको प्यानललाई जिताउनको सहयोग गर्ने बताए । वाणिज्य क्षेत्रको…
झापा, १२ फागुन । व्यावसायिक हकहितका लागि अहोरात्र खटिने जुझारु युवा व्यवसायी सञ्जीव घिमिरे लामो समयदेखि बिर्तामोडमा रहेर ब्यवसाय सञ्चालन गर्दै आएका छन् । घिमिरे हाल बिर्तामोड उद्योग वाणिज्य संघको उद्योग उपाध्यक्ष हुन् । व्यवसायी माथि परेका अनेक समस्या सुल्झाउन साथी बनेका घिमिरे आगामी १४ गते हुने बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षका उम्मेद्वार बनेका छन् । घिमिरे नेपाली कांग्रेस समर्थित लोकतान्त्रिक ब्यवसायीक समूहका तर्फबाट उम्मेद्वार बनेका हुन् । माता भुमादेवि र पिता देवी प्रसादका पुत्ररत्नका रुपमा २०४० सालमा जन्मिएका सञ्जिवले एमबीए सम्मको अध्ययन पुरा गरेका छन् । आफूले खाँँदै आएको लाखौं रुपैयाँको जागिर छाडेर व्यवसायी बनेका सञ्जीवले…
चन्द्र बस्नेतकनकाई, १२ फागुन । झापाको कनकाई नगरपालिका–३ स्थित पशुपति अंग्रेजी माध्यमिक विद्यालयले विविध कार्यक्रमका साथ ४१ औं वार्षिकोत्सव मनाएको छ । आज विद्यालय परिसरमा विविध कार्यक्रमका साथ विद्यालयले आफ्नो ४१ औं वार्षिकोत्सव मनाएको हो । विद्यालयका व्यवस्थापन समिति अध्यक्ष पुण्यप्रसाद उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि भूतपूर्व विद्यार्थी एवम् नेपाल डेन्टल एसोसिएसन झापाका अध्यक्ष डा.मुकेश शाह रहनुभएको थियो । प्रमुख अतिथि शाहले विद्यालयले प्रदान गरेको गुणस्तरीय शिक्षाका कारण आफू यो स्थानमा पुगेको बताउनुभयो । उहाँले शिक्षित युवाहरुले स्वदेशमै काम गरेर सेवा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा विशिष्ठ अतिथि राधिका दासी फाउण्डेशनका अध्यक्ष मञ्जरी राधिका दासीले विद्यालय, विद्यार्थी र…
चन्द्र बस्नेतकनकाई, १२ फागुन । झापाको कनकाई नगरपालिका ३स्थित सुरुंगामा पहिलो पटक पर्सि सोमबारबाट आयोजना हुने तिन दिवसीय कनकाई कला, संस्कृति तथा साहित्य महोत्सवको सम्पुर्ण तयारी पूरा भएको छ। रोटरी क्लब अफ कनकाई सुरुंगाकोे आयोजनामा पर्सि फागुन १४ सोमबार देखि १६ गते बुधबार सम्म चल्ने महोत्सवको सबै तयारी पूरा भएको आयोजक संस्थाका अध्यक्ष शिवकुमार कँडेलले जानकारी दिनुभयो । कला साहित्य महोत्सवका माध्यमबाट कनकाई नगर क्षेत्रको साहित्य, संस्कृति र कलाको प्रवद्र्धन गर्ने उद्येश्य रहेको क्लवका अध्यक्ष कडेलले बताउनुभयो । साहित्यकार कोमलप्रसाद पोखरेल, बुद्धदेवप्रसाद घिमिरेलगायतका श्रस्टाहरुको अगुवाइमा स्थापना भएको कनकाई प्रतिभा प्रतिष्ठानलाई चलायमान बनाउन, कनकाई नगरमा रहेका सर्जकहरू चित्रकार पवन राजवंशी, मुर्तीकार…
बिर्तामोड, १२ फागुन । सामाजिक सेवासँगै व्यावसायिक क्षेत्रमा अब्बल ठानिएका जीनकुमार खड्काले आसन्न फागुन १४ गते हुने बिर्तामोड उद्योग वाणिजय संघको निर्वाचनमा वाणिजय उपाध्यक्ष पदमा आफ्नो उम्मेद्वारी दिएका छन् । बिर्तामोड उद्योग वाणिज्य संघको सदस्य समेत रहेका खड्काले लोकतान्त्रिक ब्यवसायीक प्यालको तर्फबाट उम्मेवारी दिएका हुन् । निर्वाचन नजिकिएसंगै उनको चर्चा पनि बढ्न थालेको छ । स्वास्थ्य क्षेत्रमा अतुलनिय योग्दान पु¥याएका खड्का हाल औषधि ब्यवसायी संघ झापाका अध्यक्ष समेत रहेका खड्कालाई विजयी गराउन सबै क्षेत्रका ब्यवसायी एक मत भएर लागेको पाइएको छ । चुनावी अभियानमा भोट माग्दै हिडेका खड्कालाई स्वास्थ्य क्षेत्रका अगुवाहरु पनि साथ रहेको बताइएको छ । २०३८ साल वैशाख…
झापा, १२ फागुन । भक्तपुर क्यान्सर अस्पतालको फार्मेसीमा औषधी किन्न गएका प्रत्येक बिरामीलाई अस्पतालबाहिरका निजी फार्मेसीमा पठाउने गरिन्छ । अस्पतालमा रहेको सरकारी फार्मेसीमा बढीमा एक सय रुपियाँ मूल्य पर्ने औषधी मात्र पाइन्छ । बढी मूल्य पर्ने औषधी नपाइने भएकाले अस्पतालको फार्मेसीका दराज प्रायः खाली हुन्छन् । सरकारले क्यान्सर उपचारमा एक लाख रुपियाँ बराबरको उपचार तथा औषधी निःशुल्क उपलब्ध गराउने गरेको छ । निःशुल्क उपचार तथा औषधीका लागि फार्मेसीमा औषधी नपाइँदा बिरामी निःशुल्क पाइने औषधीसमेत अस्पतालबाहिरका फार्मेसीबाट शुल्क तिरेरै खरिद गर्न बाध्य छन् । सिन्धुपाल्चोकका नवराज तामाङ बाबुको क्यान्सरको उपचारका लागि केही दिनअघिदेखि भक्तपुर क्यान्सर अस्पतालमा छन् । उनले राज्यले एक लाख रुपियाँ बराबरको औषधी निःशुल्क पाउनुपर्ने…