
झापा, १२ फागुन । व्यावसायिक हकहितका लागि अहोरात्र खटिने जुझारु युवा व्यवसायी सञ्जीव घिमिरे लामो समयदेखि बिर्तामोडमा रहेर ब्यवसाय सञ्चालन गर्दै आएका छन् । घिमिरे हाल बिर्तामोड उद्योग वाणिज्य संघको उद्योग उपाध्यक्ष हुन् । व्यवसायी माथि परेका अनेक समस्या सुल्झाउन साथी बनेका घिमिरे आगामी १४ गते हुने बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षका उम्मेद्वार बनेका छन् ।
घिमिरे नेपाली कांग्रेस समर्थित लोकतान्त्रिक ब्यवसायीक समूहका तर्फबाट उम्मेद्वार बनेका हुन् । माता भुमादेवि र पिता देवी प्रसादका पुत्ररत्नका रुपमा २०४० सालमा जन्मिएका सञ्जिवले एमबीए सम्मको अध्ययन पुरा गरेका छन् । आफूले खाँँदै आएको लाखौं रुपैयाँको जागिर छाडेर व्यवसायी बनेका सञ्जीवले अहिले अरुलाई समेत रोजगारी दिएका छन् । सफल उद्यमी बन्ने सपना बोकेका सञ्जीव आफू सफल उद्यमी बनेसंगै अरुलाई समेत व्यवसायी बन्न प्ररित गर्दै आएका छन् ।
विभिन्न सामाजिक संघ संस्थामा रहेर अब्बल नेतृत्व निर्वाह गरिसकेका घिमिरे बिर्तामोड उद्योग वाणिज्य संघको भूमिकामा समेत नौलो नाम नरहेकाले उनले रचनात्मक काम गर्न सक्ने धेरैले अपेक्षा गरेका छन् । रोटरी क्लव, वीरता जेसीज जस्ता सामाजिक संघ संस्थामा रहेर मानवीय सेवाका काम गर्दै समाजमा छुट्टै पहिचान बनाएका सञ्जीवले व्यवसायी माथि परेका समस्या समाधानका लागि खेलेको भूमिका नै उनको चुनाव आफ्नो पक्षमा पार्ने आधार बनेको छ ।
आफू संघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएसंगै बिर्तामोडका व्यवसायीलाई राजस्वमा देखिएका समस्या र हलका उपाय, व्यवसायिक शिक्षा, व्यवसायिक तालिम, नयाँ व्यवसायिलाई प्रोत्साहनका कार्यक्रम सञ्चालनका लागि नयाँ भिजन अघि सारेका छन् । वरिष्ठ उपाध्यक्ष पदका उम्मेद्वार सञ्जिवले कोभिड पछि देखिएको व्यापार मन्दीबाट व्यवसायमा परेको असरलाई कम गर्न र व्यवसायीका समस्यालाई परेका समस्यालाई सहज बनाउन पहल गर्ने योजना अघि सारेका छन् ।
त्यस्तै महिला उद्यमी तथा व्यवसायीको क्षमता विकासमा जोड दिँदै तालिम तथा प्रशिक्षण प्रदान गर्ने, कृषि क्षेत्रलाई व्यवसायीकरण गर्न कृषि थोक वजार क्षेत्रमा आध’निक र व्यवस्थित कृषि वजारको अवधारणालाई कार्यान्वयनमा ल्याउन पहल गर्ने जस्ता योजना अघि सारेका छन् । उनले कृषि तथा वन जन्य उत्पादन तथा प्रशोधन –अलौंची, जडिबुटी, पहाडे कागज, तरकारी तथा फलफुल०केन्द्रका रुपमा बिर्तामोडलाई विकसित गर्न र राष्ट्रिय तथा अन्तराष्ट्रिय वजारमा पहाँच पु¥याउन त्य क्षेत्रमा थप सुविधा वृद्धि गर्न पहल गर्ने लगायतका योजना सञ्जिवका रहेका छन् ।
१२ वर्षअघिबाट सानो किराना पसलबाट व्यवसाय शुरु गरेका सञ्जिवले दुईवटा उद्योग सञ्चालन गरिरहेका छन् । जसमध्ये निर्यातमाा अलैंची प्रशोधन उद्योग देशकै उत्कृष्ठ उद्योगका रुपमा परिचित छ । त्यस्तै स्नायाक प्याकेजीङ उद्योग पनि राम्रो उद्योग रहेको छ । युवा पुस्ताका लागि नै उनी भरोषा र प्रेरणादायी व्यवसायी हुन् ।
उनी अलैंची व्यवसायी महासंघका केन्द्रीय सदस्य हुन् भन् रोटरी क्लव अफ बिर्तामोडको लगातार तीन वर्ष सेक्रेटरी, वीरता जेसीजको उपाध्यक्ष, समेत भएर काम गरेको लामो अनुभव रहेको छ सञ्जिवको । रहेक क्षेत्रमा उत्कृष्ठता हाँसिल गरेका सञ्जिवले यस पटक बिर्तामोड उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा वाजी मार्ने ब्यवसायीको दावी छ ।


