
बिर्तामोड, १२ फागुन । फागुन १४ गते हुने बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनमा स्वतन्त्र व्यवसायिक प्यानलको पक्षमा पशुपति युवा समूह र पशुपति इन्भेस्टमेन्ट ग्रुप प्रालिले समर्थन जनाएको छ ।
अर्जुन मैनाली नेतृत्वको स्वतन्त्र प्यानलका उम्मेदवारहरु र पशुपति ग्रुपबीच बिर्तामोडमा भएको अन्तरक्रियाबाट स्वतन्त्र प्यानललाई समर्थन जनाएको पशुपति युवा समूहका पूर्व अध्यक्ष राजकुमार कार्कीले जानकारी दिए । व्यवसायीको हितमा काम गर्न स्वतन्त्र प्यानललाई समर्थन गरेको जनाइएको छ । कार्कीले वाणिज्य संघको वेथिती सुधारका लागि र व्यवसायीको पक्षमा काम गर्ने उम्मेदवारहरु स्वतन्त्र प्यानलमा पाएको बताए ।
इन्भेस्टमेन्ट ग्रुप प्रालिका अध्यक्ष रोशन बोहराले मैनाली र उनको प्यानललाई जिताउनको सहयोग गर्ने बताए । वाणिज्य क्षेत्रको परिवर्तनमा पशुपति युवा समुहको समर्थन स्वतन्त्र प्यानललाई भएको अध्यक्ष घनेन्द्र डाँगीले बताएका छन् । अन्तरक्रियाको सञ्चालन राजेन्द्र मैनालीले गरेका थिए ।



