
बिर्तामोड, १२ फागुन । पूर्वको प्रमुख व्यापारिक केन्द्र बिर्तामोडमा यति बेला उद्योग बाणिज्य संघको चुनाव संघारमा आइपुगेको छ ।
यहाँका उद्योगी, व्यापारी नयाँ तथा कुशल नेतृत्व पाउन उत्सुक तथा आतुर देखिएका छन् । बाणिज्य संघको चुनाव माघ १४ हुँदैछ । आज राति १२ बजेदेखि मौन अवधि शुरु हुँदैछ ।
चुनाव मिति नजिकिए सगै चुनावी सरगर्मी बढ्नुका साथै उम्मेदवारी दर्ता गराएकाहरू प्रचार प्रसार मत माग्न अन्तिम कसरतमा छन् । लोकतान्त्रिक प्यानल र स्वतन्त्र गरी दुई पक्ष चुनावी मैदानमा होमिएका छन् ।
लोकतान्त्रिक प्यानलबाट उम्मेदवारी दिएका – दिनेश श्रेष्ठको हुन्
लोकतान्त्रिक प्यानलबाट सदस्य पदमा उम्मेदवारी दिएका श्रेष्ठ २०६१ सालदेखि बिर्तामोडमा रहेर व्यवसाय गर्दै आएका एक स्थानीय व्यवसायी हुन् । उनको जन्म २०२९ सालमा मोरङ २ उर्लाबारीमा भएको थियो । उनी बिर्तामोड शनिश्चरे रोडमा “ए वन फेशन वेयरका सञ्चालक हुन् । श्रेष्ठले उद्योग बाणिज्य संघको चुनावमा पहिलो पटक उम्मेदवारी दर्ता गराएका हुन् ।
‘लगानीका आधारमा होइन, मुनाफा आधारमा कर लगाईनु पर्छ’
आर्थिक मन्दी, बैंकको चर्को ब्याज दर, व्यापार नभएर चौपट भएको अवस्था, भाडा तिर्न नसकेर व्यवसायबाट पलायन हुन पर्ने, दिनदिनै व्यवसायी तथा व्यापारीले आत्मदाह गर्नु परेको अवस्थामा पुग्दासम्म पनि सरकार व्यवसायीहरुको अवस्था प्रति गम्भीर नभएको बताउँदै सरकार र स्थानीय सरकार समक्ष व्यवसायीहरुको पीर मर्का तथा आवाज पु¥याउन आफूले भूमिका निर्वाह गर्न उम्मेदवारी दर्ता गराएका बताउँछन् ।
श्रेष्ठले विगत चार बर्षदेखि बिर्तामोड स्थित नेवा संस्था नेवाःपासाः मुन पुचको कुशलता पूर्वक नेतृत्व सम्हाल्दै आएका उनले नेवार भाषा संस्कृति जगेर्नामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।


