
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
फिक्कल, ९ फागुन । इलामको माङसेबुङ गाउँपालिकामा रु दुई करोड ३३ लाख ६७ हजारको लागतमा चारवटा सिँचाइ आयोजना सुरु भएको छ । माङसेबुङ गाउँपालिका–१ का चार टोलमा सुरु भएको सिँचाइ आयोजनाको शिलान्यास भएको छ । माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले चारवटै योजनाको संयुक्तरूपमा मङ्गलबार अपराह्न शिलान्यास गरेका हुन् । गाउँपालिकामा सञ्चालित साना सिँचाइ कार्यक्रमअन्तर्गत तोभाङमा दुई, नाङरुङमा एक र खोलागाउँ टोलमा एक सिचाँइ योजनाको शिलान्यास भएको माङसेबुङ गाउँपालिका–१ का वडाध्यक्ष भूपाल योङहाङले जानकारी दिए । चौरानब्बे घरधुरी किसान प्रत्यक्ष लाभान्वित हुनेगरी स्थानीय लम्फेवा खोलाबाट दुईवटा, फुङखोलाबाट एक र फेवाखोलाबाट एक सिँचाइ कुलो निर्माण सुरु भएको हो । तोभाङमा रु ९३…
झापा, ३ फागुन । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबिच छलफल भएको छ । अहिलेको सत्तारूढ गठबन्धनका बारेमा कांग्रेस महासमिति बैठकमा भइरहेको टीका टिप्पणी र छलफलले त्रसित प्रधानमन्त्री प्रचण्डले एमालेसँग गठबन्धन गरेर आफ्नो कुर्सी सुरक्षित गर्नका लागि ओलीसँग सम्बन्ध बढाएको टिप्पणीसमेत हुनथालेको छ । एमाले र माओवादी दुवै पार्टीमा रहेका एक समूहले कम्युनिस्ट पार्टीबिचमा एकता र गठबन्धन हुनुपर्ने भन्दै लबिङ गर्दै आएका छन् । सत्ता स्वार्थका कारण अलग भएका कम्युनिस्ट पार्टी अहिले पुनः सत्ता स्वार्थकै कारण मिल्न खोजेको देखिन्छ । संघीय र प्रदेश सरकार कुनैमा पनि…
इलाम, ९ फागुन । चर्चित सांगीतिक ब्यान्ड नेपथ्यले इलाममा लाइभ कन्सर्ट गर्ने भएको छ । आगामी चैत ३ गते इलामको सूर्योदय नगरपालिकास्थित करफोक माध्यमिक विद्यालयको खेलमैदानमा नेपथ्यले कन्सर्ट गर्न लागेको हो । न्युपी थर्पा छोलिङ गुम्बा निर्माण सहयोगार्थ न्युपी थर्पा छोलिङ गुम्बाको आयोजनामा लाइभ कन्सर्ट गर्न लागिएको हो । करिब पाँच हजार दर्शक उतार्ने आयोजकको भनाइ छ । कन्सर्टका लागि टिकट बिक्री शुरु भइसकेको जनाइएको छ ।
झापा, ९ फागुन । स्थानीय बजारमा सुनको माग घट्दा आयातमा उल्लेख्य गिरावट आएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको छ महिना (साउन–पुस) मा सुनको आयातमा ५९.३ प्रतिशतले कमी आएको छ । सुनको मूल्य बढेसँगै आन्तरिक बजारमा खपत न्यून हुँदा आयातमा कमी आएको हो । उपभोक्ताको क्रयशक्ति न्यून हुँदा बजारमा माग पनि कम भएपछि त्यसको असर आयातमा पर्न गएको हो । विभागका अनुसार आव २०७९–८० मा ४३ अर्ब ८९ करोड ९८ लाख ९१ हजार रुपियाँको आयात भएको थियो । चालु आवको छ महिनामा भने सुनको आयात आधाभन्दा बढीले घटेको छ । चालु आवको सुरुदेखि नै सुनको आयातमा कमी…
झापा, ९ फागुन । पोखराको सूर्यदर्शन सहकारी बचत तथा ऋण सहकारी संस्थाका पीडितले उजुरी दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि नेपाल प्रहरीले अनुसन्धान अघि बढाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको ‘ग्रिन सिग्नल’ पाएपछि ग्यालेक्सी टिभीका पूर्वसञ्चालकसमेत रहेका रविमाथि अनुसन्धान अघि बढाइएको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पनि त्यसमा प्राविधिक रूपले सघाइरहेको छ । सूर्यदर्शन सहकारी ठगी प्रकरणलाई लिएर गत माघ २२ गते सहकारीपीडितले पूरक निवेदन दिएका थिए । त्यसपछि प्रधानमन्त्री र गृहमन्त्री दुवैले त्यसमाथि चासो बढाएका छन् । सूर्यदर्शन सहकारीको ठगी प्रकरणसम्बन्धी मुद्दा जिल्ला अदालत कास्कीमा विचाराधीन रहेका बेला प्रहरीमा पनि ठगीविरुद्ध उजुरी…
झापा, ८ फागुन । झापाको मेचीनगर नगरपालिकाबाट लागुऔषध ब्राउनसुगरसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मेचीनगर–६ मेचीपुल स्थितमा लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले मेचीनगर–५ घैलाडुब्बाका २८ वर्षीय मनिष राईलाई लागुऔषधसहित पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेको बा २७ प ३८७२ नम्बरको पल्सर मोटरसाइकल चालक उनीमाथि शंका लागेर चेकजाँच गर्दा बाँया काखी मुनि सेतो रंगको प्लाष्टिकले पोका पारेर लुकाई राखेको लागूऔषध प्लाष्टिकबाहेक तौल गर्दा ३ ग्राम फेला परेको थियो । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
झापा, ८ फागुन । झापाको बुद्धशान्ति गाउँपालिकामा आगलागी हुँदा करिब १० लाख बराबरको क्षति भएको छ । आज बुद्धशान्ति–६ चुल्ठे पाखा गाउँस्थित ५६ वर्षीय सूर्य सुनुवारको घरमा आगलागी हुँदा उक्त क्षति भएको हो । सुनुवारको सिमेन्ट ढुङगाको वाल, काठको खम्बा, टिनको छानो भएको २ कोठे निर्माणाधीन घर र काठको खम्बा टिनको छानो भएको २ कोठे खाना पकाउने भान्सामा तरकारी पकाउने क्रममा चुल्होबाट अचानक आगलागी भई उक्त २ वटा घर, घर भित्र राखेको अन्नपात, भाडाकुडा, लत्ताकपडा, काठको सामान बनाउन प्रयोग हुने मेसिनहरु, महत्वपर्ण कागजात, घर बनाउन राखेको करिब २० किबी चिलाउनेको काठ, बजारमा बेच्नको लागी बुनेर तयार गरेको करिब ४० वटा…
झापा, ८ फागुन । हरेक कार्यक्रममा अतिथि स्टेजमा हुन्छन्, अतिथिका लागि सारसज्जावट छुट्टै हुन्छ । सोमबार प्रजातन्त्र दिवसको अवसरमा विराटनगरमा आयोजित कोशी प्रदेशभरिका स्वास्थ्य महिला स्वयंसेविका सम्मान कार्यक्रमको झलक फरक थियो । स्टेजमा स्वयंसेविका र दर्शक दीर्घामा अतिथि देख्दा कार्यक्रम हलमा पस्ने जो कोहीले फरक अनुभूति गरिरहेका थिए ।महिला स्वयंसेविकाहरू सम्मानित हुँदा बखत भक्कानिइरहेका थिए । ‘स्वास्थ्य महिला स्वयंसेविका’ जसले गर्भधाणदेखी शिशुको हेरचाहसम्म ‘फ्रन्टलाइन’मा रहेर काम गरिरहेका हुन्छन् । शिशुलाई आवश्यक भिटामिनदेखि आमाको स्वास्थ्य अवस्थासम्मको ख्याल गरिरहेका हुन्छन् । तर उनीहरू राज्यले समेत बेवास्ता गरिरहेको अवस्थामा कोशी प्रदेश सरकारले गरेको सम्मानले उत्साहित बनाएको बताउँछन् । मुख्यमन्त्री केदार कार्कीले आफू मुख्यमन्त्री…
बिर्तामोड, ८ फागुन । झापाका राजनीतिक दलहरुले झापालाई फुटबल हब बनाउन आफूहरु एकबद्ध भएको बताएका छन् । झापा गोल्ड कपको छैटौँ संस्करणको तयारीका सन्दर्भमा सचिवालयमा आज आयोजित छलफलमा सहभागी दलका नेताहरुले फुटबल र खेलाडीको उन्नयन र श्रीबृद्धिका लागि केन्द्रीय नेतृत्वमा पहल गर्ने बताए । छलफलमा नेकपा एकाले झापाका कार्यबहाक अध्यक्ष प्रेम गिरीले डोमालाल राजवंशी रंगशालाको दिगो व्यवस्थापनका लागि सर्वपक्षीय ढंगले अघि बढ्न आह्वान गरे । नेपाली कांग्रेसका सचिव कृष्ण हुमागाईंले प्रतियोगिताको दिगोपना, सबैको सहभागिता र अपनत्वमा जोड दिए । नेकपा माओवादी केन्द्रका संयोजक राजु आचार्यले गोल्ड कप राम्रो र हाम्रो बनाउँदै आगामी संस्करणहरु थप रचनात्म हुने विश्वास व्यक्त गरे ।…
दमक, ८ फागुन । नेकपा (एकीकृत समाजवादी) झापा क्षेत्र नं ५ को अगुवा नेता तथा कार्यकर्ताहरुको भेला सम्पन्न भएको छ ।एकीकृत समाजवादी दमक नगर कमिटीको व्यवस्थापनमा मंगलबार दमकमा क्षेत्रीय स्तरको अगुवा नेता तथा कार्यकर्ताहरुको भेला सम्पन्न भएको हो । पार्टीको आसन्न १०औं महाधिवेशनलाई लक्षित गरेर देशव्यापी सञ्चालनमा आएको संगठन सुढृढिकरण अभियानका कार्यक्रम अन्तर्गत क्षेत्रीयस्तरका भेला र बैठकहरु आयोजना गरिएको हो । क्षेत्र नं ५ मा दमक, गौरादह, कमल र गोरिगञ्ज पालिकाहरु छन् । क्षेत्रीय बैठकमा पार्टी सदस्यता विस्तार र नबीकरणका कार्यलाई तीब्र गतिमा अघि बढाउने छलफल भएको छ । त्यसैगरी, वडा कमिटी, नगर–गाउँपालिका कमिटी, प्रदेश क्षेत्र कमिटी, निर्वाचन क्षेत्र कमिटी,…