
झापा, ८ फागुन । झापाको बुद्धशान्ति गाउँपालिकामा आगलागी हुँदा करिब १० लाख बराबरको क्षति भएको छ ।
आज बुद्धशान्ति–६ चुल्ठे पाखा गाउँस्थित ५६ वर्षीय सूर्य सुनुवारको घरमा आगलागी हुँदा उक्त क्षति भएको हो । सुनुवारको सिमेन्ट ढुङगाको वाल, काठको खम्बा, टिनको छानो भएको २ कोठे निर्माणाधीन घर र काठको खम्बा टिनको छानो भएको २ कोठे खाना पकाउने भान्सामा तरकारी पकाउने क्रममा चुल्होबाट अचानक आगलागी भई उक्त २ वटा घर, घर भित्र राखेको अन्नपात, भाडाकुडा, लत्ताकपडा, काठको सामान बनाउन प्रयोग हुने मेसिनहरु, महत्वपर्ण कागजात, घर बनाउन राखेको करिब २० किबी चिलाउनेको काठ, बजारमा बेच्नको लागी बुनेर तयार गरेको करिब ४० वटा नाङग्लो समेत आगलागीबाट जलेर पुर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


