
इलाम, ९ फागुन । चर्चित सांगीतिक ब्यान्ड नेपथ्यले इलाममा लाइभ कन्सर्ट गर्ने भएको छ । आगामी चैत ३ गते इलामको सूर्योदय नगरपालिकास्थित करफोक माध्यमिक विद्यालयको खेलमैदानमा नेपथ्यले कन्सर्ट गर्न लागेको हो ।
न्युपी थर्पा छोलिङ गुम्बा निर्माण सहयोगार्थ न्युपी थर्पा छोलिङ गुम्बाको आयोजनामा लाइभ कन्सर्ट गर्न लागिएको हो । करिब पाँच हजार दर्शक उतार्ने आयोजकको भनाइ छ । कन्सर्टका लागि टिकट बिक्री शुरु भइसकेको जनाइएको छ ।
Facebook Comments Box


