झापा, ८ फागुन । झापाको मेचीनगर नगरपालिकाबाट लागुऔषध ब्राउनसुगरसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
मेचीनगर–६ मेचीपुल स्थितमा लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले मेचीनगर–५ घैलाडुब्बाका २८ वर्षीय मनिष राईलाई लागुऔषधसहित पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेको बा २७ प ३८७२ नम्बरको पल्सर मोटरसाइकल चालक उनीमाथि शंका लागेर चेकजाँच गर्दा बाँया काखी मुनि सेतो रंगको प्लाष्टिकले पोका पारेर लुकाई राखेको लागूऔषध प्लाष्टिकबाहेक तौल गर्दा ३ ग्राम फेला परेको थियो । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box



