jhapaonline add

झापा, ६ असोज । झापा र सुनसरीबाट लागुऔषध सहित नौ जनालाई प्रहरीले पक्राउ गरेको छ । असोज ५ गते झापाको मेचिनगर नगरपालिका–६ स्थितमा लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा इलाम सुर्योदय नगरपालिका–६ का २८ बर्षीय अनिल प्रधानलाई २ ग्राम ब्राउन सुगर सहित र भद्रपुर नगरापालिका–९ का ३१ वर्षिय सरेन किश्कु, मेचीनगर–१४ का २९ वर्षिय रबिन ढोली, कमल गाउँपालिका–२ का २४ वर्षिय साहिल दर्नाल, भद्रपुर–९ का २९ वर्षिय सामेल मगरलाई ४१० मिलिग्राम ब्राउन सुगर सहित प्रहरी चौकी घोडामाराले पक्राउ गरेको छ । त्यसैगरी विशेष सूचनाको आधारमा सुनसरीको इलाका प्रहरी कार्यालय लौकहीलबाट खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका–१ स्थितबाट को.…

Read More

झापा, ६ असोज । युरोपका कतिपय देशहरूमा रामेन चाउचाउमा अत्यधिक मात्रामा खुर्सानीबाट निकालिएको रसायन ‘क्याप्सेइसिन’ पाइएको भन्दै प्रतिबन्ध लगाइएको छ। स्वास्थ्यका लागि के यो रसायन साँच्चै खतरनाक हो त? हालसालै डेन्मार्कको खाद्यान्न आयोगले दक्षिण कोरियाली ब्रान्डको तयारी रामेनमा रहेका केही मसलाहरूले ‘चरम विषाक्तता’ निम्त्याउन सक्ने भनेपछि यसबारे समाचारहरू बनेका थिए। अर्को घटनामा स्वास्थ्य समस्याबाट ग्रसित अमेरिकाका एक युवकले पिरो खाना खाने प्रतियोगितामा भाग लिएपछि उनको मृत्यु भएको भन्दै समाचारमा चर्चा भएको थियो। यी सबै चिन्ताको विषय ‘क्याप्सेइसिन’ हो, जुन खुर्सानीहरूलाई पिरो बनाउने एक सक्रिय तत्त्व हो। तर के डेन्मार्कका अधिकारीहरू सतर्क हुनु सही हो? के अत्यधिक पिरो खाँदा त्यो मानिसका लागि…

Read More

झापा, ६ असोज । अभिनेता राजेश हमाल यतिखेर फिल्म ‘नरसिंहाः अवतार’ को तयारीमा जुटेका छन्। सात वर्षपछि कमब्याक गर्न लागेको फिल्मको लागि हमाल यतिबेला कडा मेहनत गरिरहेका छन्। यस फिल्ममा उनी अविनाश पात्रको रुपमा देखिँदैछन्। फिल्मभित्र जुन पात्र समाजको लागि ‘रोलमोडल’ हुन्छन्। राजेश केही समयदेखि यसै पात्रको गेटअप र लुक्सको लागि तयारी गरिरहेका छन्। राजेशको नयाँ लुक्स बाहिरिएको छ। एक कार्यक्रममा देखिएका राजेश फिल्म नरसिंहाको अविनाशको लुक्समा देखिए ।

Read More

झापा, ६ असोज । दशैंका लागि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ यही असोज १२ देखि खुला हुने भएको छ। यस वर्ष घटस्थापना असोज १७ गते परेको छ। शनिबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रतिनिधिबीच भएको बैठकले यस्तो निर्णय गरेको हो। अग्रिम टिकट खुलाउनुअघि यातायात व्यवस्था विभागसँग छलफल गर्ने निर्णय पनि बैठकले गरेको छ। बिपी राजमार्ग सडक सुरक्षाका लागि साना सवारी मात्र सञ्चालन गर्न र रात्रि सवारी सञ्चालन रोक्न गृह मन्त्रालय र नेपाल प्रहरीलाई अनुरोध गर्ने र विभागले त्यसको अनुगमन गरी यातायात मन्त्रालयलाई रिपोर्ट गर्ने निर्णय भएको यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरीदत्त पनेरूले जानकारी…

Read More

झापा, ६ असोज । मनसुनको न्यून चापीय रेखाको सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। कर्णाली प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज राति कर्णाली प्रदेशका थोरै स्थानहरूमा…

Read More

झापा, ५ भदौ । नेपाल पञ्चांग निर्णायक समितिले २०८१ सालको बडादसैँ सम्बन्धित साइतहरूबारे निर्णय सार्वजनिक गरेको छ। पर्यटन मन्त्रालयअन्तर्गतको यस समितिले यस वर्षको बडादसैँअन्तर्गत टीकाको उत्तम साइत असोज २६ गते शनिबार बिहान बिहान ११ः३६ मा उत्तम साइत रहेको जनाएको छ। टीका लगाइमाग्ने पूर्व फर्किने गरी बसाइँको व्यवस्थापन गर्नुपर्ने विधि पनि समितिले तय गरेको छ। यद्यपि, सामान्यतः देवीको प्रसाद लगाउन साइतको आवश्यकता भने नपर्ने भनी समितिले स्पष्ट पारेको छ। विजया दशमीका दिन बिहान ८ः३३ बजे देवी विसर्जनको साइत रहेको पनि समितिले भनेको छ। त्यस्तै तुलजाभवानी यात्रा बिहान ११ः५७ बजे र स्थिरासन दिउँसो १२ः५६ बजेको साइत तोकेको छ। खड्गयात्रा पनि विजया दशमीकै दिन हुनेछ। असोज…

Read More

झापा, ५ भदौ । देशको विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । इलाम रोङ गाउँपालिका–१ सिरिसेस्थित सडकमा मे. १ च ५९९९ नम्बरको पिकअप गाडीको ठक्करबाट सोही ठाउँ बस्ने ६४ वर्षीया भीममाया राईको शुक्रबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको श्रीनिधी अस्पताल फिक्कल हुँदै बिएण्डसि अस्पताल झापामा थप उपचारको क्रममा मृत्यु भएको हो । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यसैगरी, चितवन भरतपुर महानगरपालिका–२ लिलाचोकस्थित सडकमा शहीदचोकबाट पोखरा बसपार्कतर्फ जाँदै गरेको बा प्र ०६–००२ प ३१४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए राती दुर्घटना हुँदा मोटरसाइकल चालक नवलपरासी गैँडाकोट नगरपालिका–५ काङग्रेसचोक…

Read More

भोजपुर, ५ भदौ । भोजपुरको स्थानीय टुँडिखेलमा जारी अन्डर–१६ अन्तर विद्यालय स्तरीय बिहानी कप फुटबल प्रतियोगिता अन्तर्गत आज भएको फाइनल खेलमा बोखिमलाई हराउँदै दिङला विजेता बन्न सफल भएको छ । दोस्रो संस्करणको रुपमा असोज दुई गतेबाट सुरु विद्यालय स्तरीय फुटबल प्रतियोगिताको फाइनल खेलको निर्धारित समयमा चार गोल गर्दे दिङलाको षडानन्द मावि बिहानी कप फुटबलको विजेता बनेको हो । बिहानी फुटबल क्लब भोजपुरको आयोजना तथा जिल्ला फुटबल सङ्घको संयोजनमा सञ्चालित प्रतियोगिताको विजेता दिङलाले नगद ४४ हजार चार सय ४४ सहित ट्रफी, मेडल र प्रमाण पत्र पाएको छ भने उपबिजेता बनेको बोखिमले नगद २२ हजार दुई सय २२ सहित ट्रफी, मेडल र…

Read More

ताप्लेजुङ, ५ असोज । ताप्लेजुङमा सञ्चालित प्रथम अन्तर्राष्ट्रिय रेडपाण्डा ट्रेल म्याराथन प्रतियोगिताको सर्वोत्कृष्ट उपाधि पाँचथरका विशाल राइले हात पार्नुभएको छ । रेडपाण्डा दिवसको अवसरमा ताप्लेजुङको फुङलिङमा शनिबार सम्पन्न प्रतियोगितामा राइले निर्धारित दुरी ४ घण्टा १६ मिनेटमा पार गर्दै सर्वोत्कृष्ट उपाधि हात पार्नुभएको हो । उहाँले एक लाख रुपैंया पुरस्कार प्राप्त गर्नुभएको आयोजकलेa जनाएको छ । प्रतियोगितामा पुरुषतर्फ प्रथम बझाङका करण रावल र महिलातर्फ प्रथम ताप्लेजुङका कुमारी गुरुङले हात पर्नुभयो । निर्धारित ४८ किलो मिटर दुरी रावलले चार घण्टा १७ मिनेटको पार गर्नुभएको थियो भने महिलातर्फका गुरुङले सोही दुरी ६ घण्टा १२ मिनेटमा पार गर्नुभएको थियो । पुरुषतर्फ द्वितीय ताप्लेजुङका रमेश…

Read More

झापा, ५ असोज । झापाको कन्काई नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका १० स्थित टेग्रामा पानीमा डुबिरहेको अवस्थामा आज दिउँसो एउटा बेवारिसे शव फेला परेको हो । उत्तानो परेको, अनुहार पानीमा डुबेको करिब ४० वर्षको जस्तो देखिने पुरुषको शव माछा मार्नेहरूले देखेपछि प्रहरीलाई खबर गरेका गरेका थिए । इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक सुशील थापा मगरको अनुसार केही दिन अघि कन्काई नदीमै डुबेर २ जनाको मृत्यु भएको थियो ।

Read More