
झापा, ६ असोज । झापा र सुनसरीबाट लागुऔषध सहित नौ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
असोज ५ गते झापाको मेचिनगर नगरपालिका–६ स्थितमा लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा इलाम सुर्योदय नगरपालिका–६ का २८ बर्षीय अनिल प्रधानलाई २ ग्राम ब्राउन सुगर सहित र भद्रपुर नगरापालिका–९ का ३१ वर्षिय सरेन किश्कु, मेचीनगर–१४ का २९ वर्षिय रबिन ढोली, कमल गाउँपालिका–२ का २४ वर्षिय साहिल दर्नाल, भद्रपुर–९ का २९ वर्षिय सामेल मगरलाई ४१० मिलिग्राम ब्राउन सुगर सहित प्रहरी चौकी घोडामाराले पक्राउ गरेको छ ।
त्यसैगरी विशेष सूचनाको आधारमा सुनसरीको इलाका प्रहरी कार्यालय लौकहीलबाट खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका–१ स्थितबाट को. ६ प ३०६७ नम्बरको मोटरसाईकलमा सवार रहेका इटहरी उप(महानगरपालिका–१७ का २४ वर्षीय समिम मिया र रामधुनी नगरपालिका–३ का २८ वर्षीय अमित चौधरीलाई ५ ग्राम २५० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय लौकही र लागू औषध नियन्त्रण व्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले ईनरुवा नगरपालिका–५ का ३० वर्षिय रबिन पोखरेल र सिन्धुपालचोक मेलम्ची नगरपालिका–१० का २९ वर्षिय बिकास अधिकारीलाई २१ ग्राम ८७० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भइरहेको छ ।


