
झापा, ६ असोज । अभिनेता राजेश हमाल यतिखेर फिल्म ‘नरसिंहाः अवतार’ को तयारीमा जुटेका छन्। सात वर्षपछि कमब्याक गर्न लागेको फिल्मको लागि हमाल यतिबेला कडा मेहनत गरिरहेका छन्।
यस फिल्ममा उनी अविनाश पात्रको रुपमा देखिँदैछन्। फिल्मभित्र जुन पात्र समाजको लागि ‘रोलमोडल’ हुन्छन्। राजेश केही समयदेखि यसै पात्रको गेटअप र लुक्सको लागि तयारी गरिरहेका छन्। राजेशको नयाँ लुक्स बाहिरिएको छ। एक कार्यक्रममा देखिएका राजेश फिल्म नरसिंहाको अविनाशको लुक्समा देखिए ।

Facebook Comments Box
