
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, १ पुस । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले अबको एक हप्ता भित्रमा उद्योग व्यवसाय दर्ता गर्नेले काठमाडौंको झन्झट बेहोर्नु नपर्ने बताउनुभएको छ । कोशी प्रदेश योजना आयोगले विराटनगरमा आयोजना गरेको प्रथम आवधिक योजना कार्यान्वयनको समिक्षात्मक गोष्ठीमा बोल्दै मुख्यमन्त्री कार्कीले त्यस समय भित्रै कोशी प्रदेशमै उद्योग दर्ताको लागि व्यवस्था मिलाइने बताइने बताउनुभएको हो । ‘अब उद्योग दर्ताका लागि काठमाडौंको झण्झट बेहोर्नु पर्ने अबस्था हुँदैन । उहाँले भन्नुभयो, हातहतियार सम्बन्धी विषेश उद्योग बाहेक अरु उद्योग अब प्रदेशमा दर्ता हुन्छ ।’ सरकार र निजीक्षेत्र एक सिक्काका २ पाङ्रा रहेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेशलाई निजी क्षेत्र मैत्रि बनाइने बचाउनुभयो । मुख्यमन्त्री…
बिर्तामोड, १ पुस । झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले मंसिर मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । सहकारी विभागको निर्देशन बमोजिम संस्थाले हरेक महिना वित्तीय तथा अन्य विवरण प्रकाशित गर्दै आएको र सोही अनुसार मंसिर महिनासम्मको पनि अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको संस्थाका कार्यकारी प्रमुख कमल बस्नेतले जानकारी दिए । संस्थाले शनिबार प्रकाशित गरेको मंसिर मसान्तसम्मको विवरण अनुसार सेयर पुँजी ३२ करोड ९९ लाख ५९ हजार २ सय रुपैयाँ रहेको छ । त्यस्तै, कुल संस्थागत पुँजी ७ करोड ५ लाख ८४ हजार ९ सय ९ रुपैयाँ, जगेडा कोष ६ करोड ४२ लाख…
विराटनगर, १ पुस । मुख्यमन्त्री केदार कार्कीले कोशी सरकार मातहतका अस्पताललगायतका सरकारी कार्यालयहरुमा कार्यविधि बनाएर दोभाषे राख्ने बताएका छन् । राष्ट्रिय बहिरा महासंघ नेपाल, कोशीले मुख्यमन्त्री कार्कीलाई ज्ञापन पत्र बुझाएपछि उनले उक्त प्रतिबद्धता जनाएका हुन् । प्रदेश सरकार मातहतका अस्पतालहरुमा राखेका दोभाषेलाई जिल्ला बहिरा संघ मातहत राखेर परिचालन गर्न माग गरेपछि मुख्यमन्त्री कार्कीले कार्यविधि बनाएर प्रदेश मातहतका सरकारी कार्यालयलगायत प्रत्येक साार्वजनिक कार्यक्रममा दोभाषे राख्ने व्यवस्था गर्ने बताएका छन् । प्रतिस्थापन विद्येक मार्फत आएको बजेटमा बहिरा समुदायका लागि बजेट व्यवस्थापन गरेर मुख्यमन्त्री कार्कीले अभिभाकको भूमिका निर्वाह गरेको जनाएका हुन् । प्रदेश सरकारले नेपालको इतिहासमा नै स्वर्णीम हुने गरी बहिरा समुदायलाई लक्षित…
कनकाई, १ पुस । झापाको कनकाई नगरपालिकाले यहाँका अतिविपन्न परिवारलाई न्यानो कपडा (ब्ल्यांकेट) वितरण गरेको छ । आज नगरका तीन वटा वडाका ६० जना अतिविपन्न परिवारलाई जाडोमा न्यानो प्रदान ब्ल्यांकेट वितरण गरिएको हो । नगरको वार्षिक कार्यक्रम अनुसार नगरका नौ वटै वडाका अतिविपन्न परिवारलाई बर्सेनि ब्ल्यांकेट वितरण गरिँदै आएको नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पाखरेलले जानकारी दिनुभयो । आज वडा नं. १, ६ र ७ का २०÷२० जना अतिविपन्न परिवारलाई ब्ल्यांकेट वितरण गरिएको हो । वडा नं. १ मा सो वडाका वडाध्यक्ष सुशीलकुमार पोखरेलको अध्यक्षता एवम् नगर उपप्रमुख आशा शर्मा शिवाकोटीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा वडाध्यक्ष पोखरेलले स्वागत…
झापा, १ पुस । दुग्ध विकास संस्थान (डिडिसी) ले मौज्दात रहेको दुग्ध पदार्थका आधारमा सहुलियतपूर्ण ऋण उपलब्ध गराइदिन कृषि तथा पशुपन्छी मन्त्रालयमा निवेदन दिएको छ । दुग्ध पदार्थ अत्यधिक मौज्दात रहेका कारण लामो समयदेखि किसानको भुक्तानी गर्न नसकेको डिडिसीले सो भुक्तानीका लागि ऋणको आवश्यकता रहेको भन्दै कृषि मन्त्रालयमा निवेदन दिएको छ । डिडिसीका महाप्रबन्धक सञ्जीव झाका अनुसार डिडिसीसँग ७२ करोड रुपियाँ बराबरको दुग्ध पदार्थ मौज्दात रहेको जानकारी कृषि मन्त्रालयलाई जानकारी गराएको छ । मौज्दात रहेको दुग्ध पदार्थ धरौटी राखेर ऋण उपलब्ध गराइदिन आग्रह गरिएको उनले बताए। त्यसबापत कम्तीमा ३० करोड रुपियाँ सहुलियत ऋण उपलब्ध गराइदिन आग्रह गरिएको महाप्रबन्धक झाले बताउनुभयो…
झापा, १ पुस । अजय क्षेत्रीको स्वरमा नयाँ सेलो ‘बुहारी आप्पा आम्मालाई’ गीतको भिडियो सार्वजनिक भएको छ । दार्जिलिङ्गमा जन्मिएर नेपाली गीत संगीतमा सक्रिय गायक अजयले तामाङ सेलो गीतमा स्वर भरेका छन् । सुसन लामाको शब्द तथा संगीत र फडिन्द्र राईको एरेन्ज गीतमा रहेको छ । हरि रोय र पुष्पक रोयको छायाँकन, के के प्रधानको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । साथै गीतमा बसन्त दर्जीको डान्स कोरियोग्राफी समेत रहेको छ । ‘बुहारी आप्पा आम्मालाई ’गीतको भिडियोमा बुद्धि तामाङ र सिकिम्मकी चेली स्यामाश्री शेर्पाको नृत्य रहेको छ । गीतको भिडियोलाई डम्फु मिडियाको अफिसियल च्यानलमार्फत हेर्न सकिन्छ ।
बिर्तामोड, १ पुस । झापाको बिर्तामोडमा बेवारिसे अवस्थामा चार वर्षीय बालक फेला परेको छ । शनिबार बेलुका बिर्तामोड–५ अदुवापुल नजिकै ती बालक फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बुबाको नाम राजेश मोते, आफ्नो नाम ४ वर्षीया दिपिशा मोते बताउने बच्चा फेला परेकाले इलाका प्रहरी कार्यालय अनारमनीमा ल्याई राखिएको छ । बालिकालाई चिन्नुहुने निजको आफन्तले इलाका प्रहरी कार्यालय अनारमनीमा सम्पर्क राख्न प्रहरीले अनुरोध गरेको छ ।
बिर्तामोड, १ पुस । झापाको बिर्तामोड नगरपालिकाबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनी झापाबाट खटिएको प्रहरी टोलीले शनिबार बेलुका बिर्तामोड–१ पश्चिम बस स्टेन स्थितमा हाइस गाडीबाट काठमाडौं ज्याकेट पार्सल गर्न आएका मेचीनगर–१२ कालीझोडाका ३० वर्षीय राजु विश्वकर्मालाई शंका लागी चेकजाँच गर्दा पार्सल गर्न आटेको ज्याकेटमा दुलो बनाई ज्याकेट भित्र लुकाई छिपाई राखेको २८ ग्राम ३७० मिलिग्राम ब्राउन सुगर फेला थियो । लागुऔषधसहित पक्राउ परेका उनलाई सोधपुछ गर्दा उक्त सामान र ज्याकेट इलामको इलाम नगरपालिका–१ का २० वर्षीय दिपक दाहालको हो भनी बताएको हुँदा दिपक दाहाललाई समेत खोजतलास गर्ने क्रममा बिर्तामोड नगरपालिका–१ मा…
झापा, १ पुस । जलस्रोतको दोस्रो धनी देशको रूपमा परिचित रहे तापनि नेपालीहरू खानेपानीको समस्याबाट आक्रान्त छन् । दुर्गम भेगको त कुरै छाडौं, काठमाडौं उपत्यकामा नै पानीको कुल मागको केवल एक तिहाई मात्र आपूर्ति हुने गरेको छ। उपत्यकामा दैनिक करिब ४३ करोड लिटर पानीको माग भए पनि काठमाडौं उपत्यका खानेपानी लिमिटेडले दैनिक १३ करोड लिटर पानी मात्र उत्पादन र बिक्री वितरण गर्ने गरेको छ। सुख्खा याम अर्थात् चैत र वैशाखमा पानीको उत्पादन घटेर दैनिक ११ करोड लिटरमा झर्ने गरेको छ। त्यसमाथि भूमिगत पानीको स्रोतसमेत सुक्दै गएपछि आगामी दिनहरूमा पानीको झनै चर्को अभाव झेल्नुपर्ने अवस्था आएको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका…
झापा, १ पुस । मुलुक अधिकांश वस्तुमा परनिर्भर छ। स्वदेशमा उत्पादन हुने कृषि तथा पशुजन्य वस्तु पनि विदेशबाट आयात गर्दा परनिर्भरता बढिरहेको छ। कृषि तथा पशुजन्य वस्तु उत्पादन बढाएर आत्मनिर्भर बन्ने घोषणा गरेको सरकारले किसानलाई प्रोत्साहन होइन, निरुत्साहित गरेको छ। सरकारबाट बिमा प्रिमियमको अनुदान पाउने आशामा कृषि तथा पशुपालन गरिरहेका किसानले सहयोग नपाउँदा निराश छन्। सरकारले पशु तथा कृषि बिमाको प्रिमियमबापतको डेढ अर्ब रूपैयाँ पनि दिएको छैन। मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा करिब २४ प्रतिशत योगदान रहेको कृषि क्षेत्र उपेक्षामा पर्दा कृषि पेसामा आकर्षण बढ्न सकेको छैन। सरकारबाट पाउनुपर्ने अनुदानको रकम नपाउँदा निराशा बढेको छ। दुध बेचेका किसानले पैसा…