
बिर्तामोड, १ पुस । झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले मंसिर मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।
सहकारी विभागको निर्देशन बमोजिम संस्थाले हरेक महिना वित्तीय तथा अन्य विवरण प्रकाशित गर्दै आएको र सोही अनुसार मंसिर महिनासम्मको पनि अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको संस्थाका कार्यकारी प्रमुख कमल बस्नेतले जानकारी दिए ।
संस्थाले शनिबार प्रकाशित गरेको मंसिर मसान्तसम्मको विवरण अनुसार सेयर पुँजी ३२ करोड ९९ लाख ५९ हजार २ सय रुपैयाँ रहेको छ । त्यस्तै, कुल संस्थागत पुँजी ७ करोड ५ लाख ८४ हजार ९ सय ९ रुपैयाँ, जगेडा कोष ६ करोड ४२ लाख ९४ हजार ५ सय ५ रुपैयाँ र कर्जा लगानी २ अर्ब ६३ करोड ५६ लाख १५ हजार ८ सय १५ रुपैयाँ रहेको छ ।
संस्थामा १ अर्ब ४९ करोड १७ लाख ५३ हजार ३ सय ४९ रुपैयाँ निक्षेप र संस्थासँग १२.४३ प्रतिशत तरलता रहेको छ । संस्थामा हाल सम्म ६१ हजार ३ सय ७९ जना सदस्य आवद्ध छन् ।
झापा, इलाम, पाँचथर र मोरङ जिल्लामा गरी ५० वटा सेवा केन्द्र मार्फत सदस्यलाई सेवा प्रदान गर्दै आएको संस्थाका अध्यक्ष सुवास भट्टराई, कार्यकारी प्रमुख कमल बस्नेत र लेखा विभाग प्रमुख कमला प्रधानद्वारा हस्ताक्षरित वित्तीय विवरणमा उल्लेख छ ।



